Monday, December 3, 2012

नेपालकी समाजसेवी पुष्पा बस्नेत बनिन् सीएनएन हिरो २०१२

काठमाडौं,मंसिर १८ । यस बर्षको सीएनएन हिरो २०१२ (CNN Hero of the Year 2012 Pushpa Basnet) नेपालकी समाजसेवी पुष्पा बस्नेत भएकी छन् । अमेरिकाको लसएन्जल्समा नेपाली समय अनुसार आइतबार सांझ प्यासिफिक समय ६:०० बजे आयोजित भव्य समारोहमा विश्वभरका १० समाजसेवीमध्येबाट पुष्पालाई ‘सीएनएन हिरो’ घोषणा गरिएको हो । सीएनएन टेलिभिजनबाट पुरस्कारस्वरूप पुष्पाले ट्रफीका साथ २ लाख ५० हजार डलर पाएकी छन् । उनले आफुले प्राप्त गरेको रकम महिला र आफ्ना अभिभावावक संगै जेल जीवन बिताउन बाध्य बालबालिकाको हितमा खर्च गर्ने बताएकी छन् । संसारकै प्रतिष्ठित पुरस्कारहरूमध्येमा पर्ने ‘सीएनएन हिरोका लागि करिब १ सय मुलुकका १० हजारभन्दा बढी समाजसेवीको नाम सिफारिस भएको थियो । करिब आठ महिना अघि इन्टरनेटबाट सुरु भएको छनोट प्रक्रिया अन्तर्गत करिब दुई महिना अघिको उत्कृष्ट १० को सुचि छनौटको चरणमा उनी ‘सीएनएन हिरो’को उत्कृष्ट १० मा छनौट भएकी थिइन् ।

No comments:

Post a Comment