Sunday, December 30, 2012

दैलेखमा श्रीमानले आफ्नै श्रीमतीलाई जिउँदै जलाएर हत्याको प्रयास, अवस्था गम्भीर


दैलेखमा श्रीमानले आफ्नै श्रीमतीलाई जिउँदै जलाएर हत्याको प्रयास, अवस्था गम्भीर
दैलेख, पौष १४ । दैलेख नारायण नगरपालिका वडा नं. १ नमुनामा बस्ने बादी समुदायका कुमार नेपालीले आफ्नी श्रीमती मनकला बादीलाई जलाएर हत्या गर्ने प्रयास गरेका छन् । भारत र नेपालमा महिलामाथि भएका हिंसाका घटनाको तीब्र विरोध भईरहेको बेला नेपालको दैलेखमा आज यस्तो घटना भएको छ । मनकलाको शरीरमा आगो लागेको देखेपछि छिमेकीहरुले आगो निभाई उपचारको लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पु¥याई उपचारको ब्यवस्था मिलाएको जनाइएको छ ।मनकलाको कम्मरदेखि तलको भाग पुरै जलेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले जानकारी दिएका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।श्रीमतीलाई आगो लगाउने कुमार नेपालीलाई पक्राउ गरी सोधपुछ भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । केही दिन अघि बर्दियामा शिवा हासमीमाथि यसै गरी आगो लगाएर हत्याको प्रयास भएको थियो । शरीरको ९० प्रतिशत भाग जलेकी हासमीको काठमाडौमा उपचारको क्रममा निधन भएको थियो ।काठमाडौको अनामनगरमा एक महिलाको शंकाष्पद मृत्यु र विमानस्थलमा विदेशबाट फर्किएकी युवतीमाथि गरिएको दुब्र्यबहार र यौन शोषणविरुद्धमा नेपालका महिला अधिकारबादीहरुले आन्दोलन चर्काईरहेको बेला दैलेखमा महिलामागि आगो लगाईएको छ ।

No comments:

Post a Comment