Monday, December 24, 2012

बैंकबाट चोरीएको २ करोड ६ लाख बैंककै ड्राइभरको कोठामा भेटियो

दाङ,पुष ९ । बैंक अफ काठमान्डुको तुल्सीपुर शाखाबाट चोरी भएको रकम बैंककै गार्ड चालक अमर बोहराको कोठामा फेला परेको छ । बैंकबाट गएको शुक्रबार लुटिएको २ करोड ६ लाख रुपैंया बोहराको कोठाबाट प्रहरीले बरामद गरेको हो । प्रहरीले चोरीमा संलग्न रहेको संखामा चालक बोहरा सहित ३ जनालाई पक्राउ गरेको छ । दाङका प्रहरी प्रमुख लोकेन्द्र बहादुर मल्लले चालक बोहराको कोठाबाट बोरामा पैसा बरामद गरीएको जानकारी दिनुभयो । घटना अनुसन्धानकै क्रममा रहेकाले अहिले केहि भन्न नमिल्ने मल्लको भनाइ छ । काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान टोलिले अनुसन्धान थाले लगत्तै कर्मचारीको मिलेमतोमा बैंक लुटिएको पुष्टी गरेको थियो । प्रहरीले यसअघिनै बैकमा भएको लुटको घटना संकास्पद भएको थियो ।
Employees Found to be behind in Bank of Kathmandu Robbery
<iframe width="560" height="315" src="http://www.youtube.com/embed/XCQTGaVSJb0" frameborder="0" allowfullscreen></iframe>

No comments:

Post a Comment