Monday, December 31, 2012

गल्ति कसको ? मोडल, पत्रकार वा पत्रिकाको ?

गत बिहिबार रिपब्लिका मिडियाले प्रकाशन गर्ने साप्ताहिक पत्रिका शुक्रबारको मध्यपृष्ठको ब्लोअपमा राखिएको दिपशिखा खड्काको तस्विरले निकै हंगामा मचाएको छ । फोटो पत्रकार राजिव श्रेष्ठले खिचेको उक्त तस्विरमा मोडल तथा नायिका दिप शिखा खड्काले शरिरको माथिल्लो भागमा पारदर्शी लुगा लगाएकी छिन् शरिरको भित्री भागमा कुनै पनि भित्री बस्त्र छैन । उनको स्तन र नितम्बहरु स्पष्टसँग देख्न सकिन्छ । उनको फेसबुक एकान्टबाट पत्ता लागेको नम्बरमा मिडियाएनपीका सम्पादकले गरेको फोनमा उनी आफू बच्ने कुरा गरिन् । मैले राजिव श्रेष्ठसँग उक्त तस्विर खिचाएकी हुँ । तर पत्रिकाको लागि भने होईन । पत्रपत्रिकाले तस्विर राजिव श्रेष्ठबाट किनेका हुन् । त्यसैले पत्रिकामा यो तस्विर आउनुमा मेरो कुनै गल्ति छैन । अनि विदेशी मोडलहरुले पनि आफ्नो नितम्ब छोप्छन् तपाईको त स्पष्ट रुपमा देखिन्छ नि भन्ने प्रश्नमा उनले सहज रुपमा भनिन् यो त्यती ठुलो कुरा केही पनि होईन ।
धेरै लामो समयसम्मको पत्रकारिता गरिरहेका र नेपालका पाका पत्रकार भनेर चिनिने पत्रकार किशोर नेपाल सम्पादक रहेको उक्त पत्रिकाले छापेको तस्विर नेपाली समाजमा परिवारसँग हेर्न सकिदैन । म पत्रकार किशोर नेपाललाई एउटा प्रश्न गर्न चाहान्छु । तपाईका त नाति नातिना पनि छन् होला कलिला ति बालबालिकाहरुको अगाडी तपाईले त्यो पत्रिको पृष्ठ हेर्दा उनिहरुको बाल मस्तिष्कमा कस्तो असर पर्ला ?
नेपाली मोडलहरुको ग्लामरस तस्विर खिच्ने फोटो पत्रकार राजिव श्रेष्ठले चाहे नग्न नै तस्विर खिचुन त्यसमा हाम्रो कुनै आपत्ति छैन यदि त्यो मुलधारका पत्रिका प्रकाशित भएन भने । केही छिटफुट रुपमा अनलाईनमा राख्न सकिएला । तर एउटा नाम चलेको पत्रिकाको मुख्यपृष्ठमै यो तस्विर सार्वजनिक भएपछि यो पत्रिकालाई आम पाठकहरुले कसरी हेर्ने ?
एकदशकअगाडी जनआस्था नामक श्यास्वेत पत्रिकामा नायिका श्रीषा कार्कीले आत्महत्या गरेकी थिईन् । त्यस्तै गरी केही समयअगाडी नायिक नम्रता श्रेष्ठको यौनटेप सार्वजनिक भएको थियो । एउटा राष्ट्रिय स्तरको दैनिक पत्रिकाले उक्त टेपका दृष्यहरु र बोलका शव्दहरु जस्ताको जस्तै प्रकाशित गरेको थियो । त्यसबेला उक्त पत्रिकाको सम्पादकलाई बिबिसी नेपाली सेवाले एउटा प्रश्न सोधेको थियो । ‘श्रीर्षा कार्कीले आफ्नो नग्न तस्विर पत्रिकामा सार्वजनिक भएको कारणले गर्दा आत्महत्या गरेकी थिईन्, यदि नम्रता श्रेष्ठले पनि आत्महत्या गरिन भने त्यसको जिम्मेबार कस्ले लिने ?
सस्तो लोकप्रियताको लागि पत्रिकाले छापेका तस्विर वा समाचारले कसैको ज्यान गएमा त्यसको जिम्मेवारी कसले लिने यो ठूलो बहसको विषय हुन सक्छ ?

No comments:

Post a Comment