Thursday, December 13, 2012

हात्तीको गोबरबाट बनाइन्छ विश्वकै महंगो कफी (फोटोफिचर र भिडियो सहित)



विश्वको सबैभन्दा महंगो कफी कुन होला ? अरेबिका वा रोबुस्टा मध्ये एक हुनुपर्छ भन्ने सहज उत्तर सबैले देलान् । तर होइन । हात्तीको गोबर अर्थात् लादीबाट बनाइने कफी विश्वकै सबैभन्दा महंगो कफी हो ।

सुन्दा पनि घिनै लाग्ने कुरा के लेखेको होला ? भन्नुहोला । तर साँचो कुरा यहीँ हो । हात्तिको गोबरबाट निकालिएको कफी नै विश्वको सबैभन्दा महंगो कफी हो, जुन थाइल्याण्डमा तयार गरिन्छ ।

उत्तरी थाइल्याण्डको पर्वतीय क्षेत्रमा उत्पादन गरिने यो कफीमा विशेष स्वाद हुन्छ । जसका कारण यो कफी निकै महंगो पर्छ । हात्तीको गोबरबाट बनेको यो कफी यति महंगो हुन्छ की एक कप कफी खाँदा तपाइँले ३० पाउण्ड अर्थात् ४ हजार २ सय रुपैयाँ भन्दा बढि पैसा तिर्नुपर्छ ।
हालका लागि यो कफी केवल थाइल्याण्ड, माल्दिभ्स र अबुधावीमा मात्र बिक्रिवितरण हुँदै आएको बताइएको छ । कालो हात्तीदाह्रे कफी भनिने यो अमूल्य कफी धूलोमा किन्दा एक किलोको ११ सय डलर सम्म पर्छ ।
यो कफी बनाउने विधि पनि अचम्मको छ । सुरुमा हात्तीलाई अरु आहारासँगै कफीका गेडा पनि खुवाइन्छ । हात्तीको पेटमा कफीको बाहिरी बोक्रा पच्छ, तर भित्री गेडा भने मलसँगै मलद्वारबाट बाहिर निस्कन्छ ।
हात्तीको मलमा रहेका ती कफीका बियाँ बटुलिन्छ अनि ती बियाँलाई प्रशोधन गरी धूलो कफी तयार गरिन्छ । हात्तीको पेट तथा आन्ध्रामा हुने पाचन रसका कारण त्यस्तो बियाँबाट बनाइने कफी विशेष स्वादको हुने बताइन्छ ।

No comments:

Post a Comment