Friday, December 28, 2012

“धन्दा” र “तिमीले दिएको माया” देशभर, “बन्दी” उपत्यकामा

धन्दा” र “तिमीले दिएको माया” देशभर, “बन्दी” उपत्यकाम काठमाडौं : नेपाली दर्शकले आज शुक्रबारबाट तीन नयाँ चलचित्र हेर्न पाउने भएका छन् । ती हुन् ‘धन्दा’, ‘तिमीले दिएको माया’ र ‘बन्दी’ । अघिल्लो साता प्रदर्शनमा आएका ‘रुद्राक्ष’ र ‘हातमा लाग्यो शून्य’ले व्यवसायिक सफलता हात पार्न नसकेको यथार्थ जान्दाजान्दै पनि यी तीन चलचित्र एकअर्का सँग व्यावसायिक प्रतिस्प्रर्धा गर्न उत्रिएका हुन् । ‘धन्दा’को निर्देशन सुर्दशन थापाले गरेका हुन् भने ‘बन्दी’ र ‘तिमीले दिएको माया’को निर्देशक विजय केरुङ रहेका छन् । ‘तिमीले दिएको माया’ सुनिता शर्मा र रेशु ढुंगानाको संयुक्त रूपमा निर्माण गरेका हुन् । प्रेमप्राप्तीका लागी युवा युवतीले गर्ने संघर्षलाई चलचित्रको विषयवस्तु बनाइएको छ । नीता ढुंगाना र सुवास मेचेको, सुनील थापा, रामचन्द्र अधिकारीलगायत कलाकारले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । राम जनकको द्वन्द्वनिर्देशन रहेको चलचित्रमा नृत्य निर्देशन गोविन्द राईले गरेका छन् । चलचित्रमा महेश खड्काले संगीत दिएका छन् भने छायांकन शम्भु सापकोटाको रहेको छ । आजैबाट प्रदर्शनमा आएको चलचित्र ‘धन्दा’ निर्माता बाबुराम दाहालको दोस्रो चलचित्र हो । मानव जीवनमा घट्ने अनेक घटनाको नजिक–नजिक पुगेर चलचित्र निर्माण गरिएको निर्माण पक्षले दावी गरेको छ । अर्पण थापा, समुना के.सी, दिलभूषण पाठक, पुस्कर गुरुङ, कमलमणि नेपाललगायत कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ । यस चलचित्र सुगम पोखरेलको संगीत, दीपक बज्राचार्य र विष्ण्ुा कल्पितको संयुक्त छायांकन रहेको छ । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेको र धेरै बजेट भनेर प्रचार पनि गरिएको चलचित्र देशभरका मेजर स्टेसनबाट प्रदर्शनमा आएको छ । ‘बन्दी’ पनि आजबाट नै प्रदर्शनमा आएको चलचित्र हो । मोफसलमा पहिले प्रदर्शनमा आए पनि त्यति व्यवसाय गर्न नसकेको चलचित्रमा अभिनेता निखिल उप्रेतीसँग विवाह गरेर चलचित्र क्षेत्रबाट पलाएन भएकी अभिनेत्री सञ्चिता लुइँटेल दर्शकहरूमाझ पुन: एकपटक देखा पर्दै छिन् । चलचित्रमा सञ्चिताका साथमा आर्यन सिग्देल दिलीप रायमाझीलगायतकलाकारको मुख्य भूमिकामा अभिनय रहेको छ । कर्मा गुरुङले निर्माण गरेको चलचित्र प्रेम कथा तथा एक्सन बेसमा निर्माण भएको निर्देशक केरुङले जानकारी गराए

No comments:

Post a Comment