Wednesday, January 9, 2013

विना कारण रोक्यो सेन्सरले ‘किन किन’

विना कारण रोक्यो सेन्सरले ‘किन किन’

चलचित्र ‘किन किन’ को सेन्सर रोकिएको छ । वुधबार बेलुका चलचित्र हेरिसकेपछि सेन्सर बोर्डका कर्मचारीले कुनै पनि निर्णय नदिएको निर्देशक उकेश दाहालले बताए । उनका अनुसार विहिबार मन्त्रालय आउनु भन्दै सेन्सर बोर्डका कर्मचारी बाहिरिएका थिए ।चलचित्र सेन्सर बोर्डका कर्मचारीले कुनै पनि कुराको जानकारी नगराई सिनेमा रोकेपछि आफु अन्यौलामा परेको उकेशको भनाई छ । उकेशका अनुसार सेन्सर बोर्डका कर्मचारीहरुले सिनेमा हेरेपनि कुनै जवाफ दिएका छैनन् ।

राजेश हमाल, करिश्मा मान्धर, राज तिमिल्सिना, शशी खड्काका साथमा नव नायिका अरुणिमा लामाले अभिनय गरेको यो चलचित्रले ‘तन बुढो भए पनि मन बुढो हुदैन’ भन्ने बिषयलाई उठान गरेको छ ।

चलचित्रमा नायिका अरुणिमा लामा र नायक राजेश हमालबिच थुप्रै उत्तेजक दृश्यहरु समावेश गरिएको छ । चलचित्र सेन्सर बोर्डले सिनेमा हेरेपछि अपराधी जस्तो व्यवहार गर्दै मन्त्रालयमा आउने आदेश दिदा आफु अचम्ममा परेको निर्देशक दाहालको भनाई छ । पछिल्ला दिनमा चलचित्र सेन्सर बोर्डले विनाकारण कडाई गर्दै चलचित्रकर्मीलाई दुख दिने काम गरेको छ । यसले सिनेमा बनाउनेहरु अन्यौलामा परिरहेका छन् ।

No comments:

Post a Comment