Friday, December 28, 2012

यात्रुबाहक बस पल्टिँदा १३ जनाको मृत्यु,१९ जना घाइते(अपडेट

यात्रुबाहक बस पल्टिँदा १३ जनाको मृत्यु,१९ जना घाइते(अपडेट) सुर्खेत,पुष १३ । सुर्खेतको गमखोलामा यात्रुबाहक बस पल्टिँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १९ जना घाईते भएका छन् । शुक्रबार बिहान सुर्खेतको भेडाबारीबाट बीरेन्द्रनगरका लागि छुटेको ना २ ख ५७ ४१ बस बिहान दशरथपुर ६ गमखोलामा पल्टिएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा सुर्खेत ५ गुमीका राजेन्द्र गुरुङ, दीपेन्द्र गुरुङ, गुमी ४ का केशर श्रीस,सर्जन श्रीस,त्यस्तै सुर्खेतको कल्याण ८ की चन्द्रकला रावत,दशरथपुर ३ की ममता खड्का,दशरथपुर ५ का कुमार पौडेल,दशरथपुर ७ का मानबहादुर गाहा, दैलेख घर भएका प्रसाद,लेखफर्सा ९ का थमन मिदुन, साटाखानीकी दीपा ढकाल ,चितवनका राम रानाभाट र एक जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनाग्रस्त बस सडकबाट झण्डै ५० मिटर तल खसेको छ । नेपाली सेना, प्रहरी र स्थानीयबासिन्दाले उद्दारको काम गरिरहेका छन् । दुर्घटनामा परी घाईते भएका १९ जनाको स्थानिय अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनास्थल बीरेन्द्रनगरबाट २५ किलोमिटर पूर्वमा पर्छ । ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने घटनास्थल पुग्नुभएका प्रहरी निरीक्षक विश्व निरन्जन प्रधानले जानकारी दिनुभयो ।

No comments:

Post a Comment