Wednesday, December 26, 2012

सन्नी लिओनको नयाँ वर्षमा लाइभ परफर्मेन्स

पुस ९ (एजेन्सी) - भारतीय क्यानेडियाली पोर्नस्टार सन्नी लिओनले नयाँ वर्ष २०१३ मा नयाँ दिल्लीमा प्रस्तुती दिने भएकी छिन्। यो उनको पहिलो लाइभ परफर्मेन्स हुनेछ। हालै बलिउड डेब्यु गरेकी ३१ वर्षीय यी हिरोइनले होटल ललितमा डिसेम्बर ३१ रातिदेखि भोलिपल्टसम्मै प्रस्तुती दिनेछिन्।
बलिउडमा जिस्म २ बाट छिरेकी यी हिरोइन अहिले एकता कपुरको रागिनी एमएमएसमा काम गरिरहेकी छिन्।
'भारतमा यो सन्नी लिओनको पहिलो लाइभ डान्स परफरमेन्स हो। हामी स्टुडियो १६९ को रातो कार्पेट पार्टीमा उनलाई उभ्याउन चाहन्छौं र नयाँ वर्षलाई भव्यरुपमा स्वागत गर्न चाहन्छौं,' स्टुडियो १६९ की संचालक सिल्पा गुप्ताले भनिन्। यो स्टुडियोले फेसन सोहरु गराउँदै आएको छ। 

No comments:

Post a Comment