Monday, December 31, 2012

विश्वकै सेक्सी डिजेले नयाँ वर्षमा राजधानी तताउँदै

विश्वकै सेक्सी डिजे मारी फरारीले अंग्रेजी नयाँ बर्षमा राजधानी तताउँने भएकी छन् ।


अंग्रेजी नयाँ वर्षमा विश्वकै सेक्सी डिजेसँग रमाउँने मौका नेपालीले पाएका हुन् । राजधानीको ह्यात होटलमा हुने एक विशेष कार्यक्रममा सेक्सी डिजेले सानदार प्रस्तुती पस्कने छन् । अंग्रेजी नयाँ वर्षको धमाका मञ्चाउन हिमालयको देशमा आएकी सेक्सी डिजेले विश्वप्रसिद्ध सेक्सी बस्नुको वास्तविकता देखाइदिने छन् ।


सेक्सी डिजेलाई नयाँ वर्षमा राजधानी भित्र्याउँने ओडिसी इन्टरटेनमेन्टले डिजेलाई भेट्ने डिनरको टिकट ४ हजार ९ सय ९९ राखेको छ । जर्मनबाट नेपाल आइपुगेकी डिजेलाई हेर्न र रमाउँन भने प्रत्येक नेपालीले पाँच हजार रुपयाँ बिर्सनु पर्ने छ ।


सेक्सी डिजेलाई राजधानी भित्र्याउँने ओडीसीले उनका साथमा युरोपबाटै केही डान्सरहरुलाई समेत ल्याएको छ । नेपालमा रक गायक ब्रायन एड्म्स, सँगै भर्खरै मात्र पाकिस्तानी युवा गायक आतिफ आश्लमलाई नेपाल भित्र्याएर मनोरञ्जन दिइ रहेको ओडीसीले यस पटक विश्वकै सेक्सी डिजेलाई राजधानी भित्र्याएको हो ।

No comments:

Post a Comment