Friday, December 14, 2012

प्रचण्डलाई झाप्पु हान्ने पदम कुँवरको नाकको अप्रेशन

प्रचण्डलाई झाप्पु हान्ने पदम कुँवरको नाकको अप्रेशन गर्नु पर्ने भएको छ ।
रिंगटा लागिरहने, राति निन्द्रा नलाग्ने, तथा वान्ता लाग्ने भएपछि उनलाई आज साँझ चावहिलस्थित समाज डेन्टल हस्पिटलमा चेकजाँच गर्न लगिएको र त्यहाँ डा. सुवास घिमिरेले उनको नाकको अप्रेशन गर्नु पर्ने बताएको उनका भिनाजु भीम भारतीले जानकारी दिएका छन् ।
अस्पतालका प्रशासन शाखामा कार्यरत कृष्णा घिमिरेले दिएको जानकारी अनुसार रगतको मात्रै रिपोर्ट आउन बाँकी रहेको र उनको अप्रेशन गर्नुपर्ने भएको बताए । पदमले अप्रेशन गर्दा एक दिन अगाडीदेखि केही नखाई बस्नुपर्ने हुन्छ त्यसपछि भने उनको अप्रेशन हुन्छ अस्पतालले भनेको छ ।
मंसिर १ गते एकीकृत नेकपा माओवादीद्वारा आयोजित चियापान कार्यक्रममा आक्रोशमा आएर अध्यक्ष प्रचण्डलाई गालामा एक झापड हानेपछि एमाओवादी कार्यकर्ताले कुटेर उनलाई गम्भीर घाइते बनाएका थिए ।
एमाओवादीका कार्यकर्ताको कुटाईबाट उनको नाक तथा अनुहारबाट घटनास्थलमै रगत बगेको थियो ।
उक्त घटनापछि उनलाई प्रहरीले पक्राउ गरी २५ दिनसम्म नियन्त्रणमा राखेको थियो भने एक दिन उनी २८ हजार धरौटी तिर्न नसकेर केन्द्रीय काराघार सुन्धारा बसेका थिए । पछि उनलाई छुटाउन देश विदेशबाट सहयोग जुटेपछि भोलिपल्ट प्रचण्ड स्वमय्ले २८ हजार तिरिदिएपछि उनी छुटेका थिए ।
२८ हजार धरौटी तिर्न नसक्दा जेल समेत जान बाध्य भएका पदम परिवारलाई यतिबेला भने नाकको अप्रेशन गर्न लाग्ने रकमले पिरोलेको छ ।
पदमले आफूलाई सहयोग गर्न चाहनेका लागि आफ्नो खाता नम्बर समेत दिएका छन् । उनलाई सहयोग गर्न चाहनले काठमाडौँमा रहेको प्रभु फाइनान्सको खाता नम्बर ०१६००४५७ एसए (01600457SA) (पदम बहादुर कुँवर) मा सहयोग गरिदिन हुन अनुरोध गरेका छन् ।

No comments:

Post a Comment