Monday, December 24, 2012

छोरीको देवरसँग भागिन् पाँच सन्तानकी आमा

बाँच्नु मात्र पर्छ के-के देख्न पाइन्छ भन्ने बुढापाकाको उक्ति नै छ । दोलखाका एक बृद्धले छोराको सालीलाई पाँचौ श्रीमतीका रुपमा भित्राएको खबर सेलाउन नपाउँदै भारतमा पनि झण्डै यस्तै भएको छ । भारतमा पाँच बच्चाकी आमा छोरीको देवरसँग प्रेममा परेकी छिन । यति मात्र हैन, उनीहरुले भागेर विवाह समेत गर्न भ्याएका छन् । पञ्चायत बस्यो, तर, आमाले आफ्नो श्रीमानलाई हैन, छोरीको देवरलाई नै पि्रय मानिन् । अन्त्यमा पञ्चायतको केही लागेन र १५ हजार भारु जारी तिराएर यस्तो बेमेल सम्वन्धलाई स्वीकृति दियो । आलमपुर थाना क्षेत्रमा रहेको एक परिवारले छोरीको विवाह खरकौदो गाउँमा गरिदिए । छोरीको देवर पनि आउन जान सुरु भयो । आमालाई छोरीको देवरमा मन पर्‍यो । लुकिछिपी १० महिना प्रेम गरेपछि उनीहरु भागे । अब छोरी जेठानी भएकी छिन् भने उनकी आमा देउरानी ।

No comments:

Post a Comment