Thursday, December 27, 2012

आमासहित दुई बच्चा मृत अवस्थामा फेला


आमासहित दुई बच्चा मृत अवस्थामा फेला
विराटनगर,पुष १२ । मोरङको उत्तर पूर्वि पहाडी गाविस टाँडी ४ मा आमासहित दुई बच्चा मृत अवस्थामा फेला परेका छन् । बिहीबार बिहान तीन वर्षकी छोरी र डेढ वर्षका छोरा झुण्डिरहेको अवस्थामा र आमाको पेटमा छुरा प्रहार गरिएको अवस्थामा भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टाँडी ४ मा बस्ने लंका राईका २५ वर्षीया श्रीमती माया, छोरी चाहना र छोरा आइडिल मृत अवस्थामा भेटिएको हो । मोरङ प्रहरीले घटनाबारे बुझ्न उर्लावारी इलाका प्रहरी कार्यालयका इन्सपेक्टर टुण्डीराज न्यौपानेको कमाण्डमा नौ जना प्रहरी घटनास्थल पठाएको छ ।  श्रीमान् लंका खेतमा काम गर्न गएको बेला उक्त घटना भएको स्थानीयको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

No comments:

Post a Comment