Monday, December 31, 2012

बिहानै देह सुख

बिहानै देह सुख
बिहानै देह सुख! मानिसको चाहनाको कुनै सीमा छैन। हिजोआज मर्निङवाकमा जानेहरू साथीसहित होटलका कोठामा जाने गरेका छन्। दिउँसो र बेलुका होटलमा छापा मार्ने चलन बाक्लो भएपछि जोडाजोडीले अवैध शारीरिक सम्बन्धका लागि बिहानको समय चुनेका हुन्। संवाददाता धनबहादुर खड्का र अम्मर जिसीले प्रातकालीन यौन लीलाको खोजीनिती गरेका छन्।
.....
‘कोठा खोज्नुभाको हो सर? कति घण्टालाई हो?'
सोमवार बिहान सुन्धाराको एक होटलका बोर्डमा आँखा डुलाउँदै गर्दा एकजना किशोरले पछाडिबाट साउती गरे।
'केटी पाइन्छ भाइ?' हामीले आफ्नो रिपोर्टिङको ध्येय अनुसार प्रश्न गर्‍यौँ।
'त्यो त साहुजीलाई सोध्नुपर्छ,' ती किशोर खुर्रर कुदेर होटलतिर लागेे। एकछिनमा आएर भनेे, 'तपाईंले नै केटी बोलाउनुभएको छैन?' छैन भन्ने संकेतले टाउको हल्लाएपछि उनी निराश हुँदै धरहरातिरबाट आइरहेको ट्याक्सीभित्र हेर्न थाले।
राजधानीका मुख्य क्षेत्रका होटलमा निगरानी बढाएको प्रहरी प्रशासन अचेल छापा मार्न जाँदा कहिलेकाहीँबाहेक रित्तो हात फर्किने गरेको छ। प्रहरीका आँखामा राजधानीको ठमेल, सुन्धारा, पुरानो बसपार्क र चाबहिललगायत क्षेत्रमा समेत केही समयदेखि 'यौन जोडी' देखिन छाडेका थिए। यसको अर्थ पछिल्लो समय यस्ता क्रियाकलाप हुनै छाडेछन् भन्ने लाग्न सक्छ धेरैलाई।
हरेक कुराको विकल्प खोज्न माहिर अहिलेको पुस्ताले 'जहाँ इच्छा, त्यहाँ उपाय' लागु गरिहाल्छ। अरूका लागि जे भए पनि प्रवीण थापाको यौनप्यास मेट्न प्रहरीको निगरानी बाधा बनेको छैन। सोमवार बिहान सुन्धारामा भेटिएका उनी शुरुमा नजिकै बसोबास भएकाले टुँडिखेलमा एक्सरसाइज गरिसकेर चिया पिउन उक्त होटल पुग्ने गरेको बताउँदै थिए। जब हाम्रो चिनजानका होटल मालिकले हामीतिर इंगित गर्दै 'उहाँ पनि तपाईंजस्तै चिया पिउने साथी हो' भने त्यसपछि उनी खुल्दै गए। न्युरोडको एउटा कपडा पसलमा काम गर्ने उनी हप्ताको दुई दिनजति यौन तलतल मेटिने 'चिया पिउन' आउँछन्। ताहाचलमा आमाबुवा र एकजना भाइसँग बस्ने उनी एक्सरसाइज गर्न भन्दै घरबाट निस्किन्छन् र उस्तै बहाना बनाएर आउने गर्लफ्रेन्डसँग 'सेक्सरसाइज' गरेर घर फर्किन्छन्। नियमित आउने भएपछि तीन सय रुपैयाँमै दुई घण्टाका लागि रुम पाउँछन् उनी। यसअघि उनी शनिवार दिउँसो गर्लफ्रेन्डलाई सुन्धारा बोलाउँथे।
उनीसँग गफिँदै गर्दा स्पोर्ट्स ड्रेसमा एक अधबैँसे पुरुष 'ऊ आई' भन्दै होटलमा छिरे। काउन्टरमा बसेका युवकले जबाफ फर्काए, '६ बजे नै आइसक्नुभयो, हजुर किन ढिला?' ती भलाद्मी 'सरी' भन्दै उसले भनेको रुम नं ३०१ तिर लागे। यही कारण घामको तातो लागेपछि मात्रै छापा मार्ने ड्युटीमा पुग्ने प्रहरीको र झिसमिसेमै धन्दा सकेर बाटो तताउनेहरूको जम्काभेटै हुँदैन।
ट्याक्सीका चालकहरू सडकमा बालिएको आगो ताप्दै गफिँदै थिए। ‘कति ढिलो गरेका हुन्, आज त धेरै ढिला पो गरे त,' एकजना बोले। अर्काेले थपे, 'हामीलाई पो जाडो लाग्या छ र ढिलो भो, उनीहरू तातेकै होलान्।' यो संवादले उनीहरूले यौनप्यास मेटाएर फर्किने ग्राहकलाई पर्खेको प्रस्ट्याउँथ्यो। थप कुरा सुन्ने निहँुमा सँगै आगो ताप्न पुग्दा एक अधबैँसे ट्याक्सी ड्राइभरले हामीलाई जिस्क्याए, 'अरूलाई तताउने उमेरमा के आगो तापेर बसेको भाइहरू? माल चाहिएको हो भने भन्नुस्।'
यतिन्जेल धरहराको टुप्पोमा घाम पुगिसकेको थियो। पसिनैपसिना भएर मर्निङवाकवालाहरू पनि सडकमा बाक्लै देखिन थाले। होटलबाट निस्किँदा बाई गर्दै छुटेकाहरू पाँच फिट बाटो क्रस गर्दा अपरिचित भइसकेका थिए। त्यसैले केटा उत्तरको बाटोबाट कुद्यो भने केटी दक्षिणको बाटो समात्थिन्। मुख्य सडकमा आइपुग्दा त दौडिँदै, ढाड मर्काउँदै, हातखुट्टा तन्काउँदै वरपर नियाल्दै गरेका देखिन्थे।
गर्मी मौसममा चार बजेदेखि नै सुरु हुने होटलतिरको मर्निङवाक अहिले पाँच बजेपछि मात्रै हुन्छ। अहिले होटल व्यवसाय चलाउने माध्यम नै यही बनेको छ, केही बाहेकका सबै होटलहरूलाई। ‘उनीहरूलाई कोठा दिनु हाम्रो व्यवसाय हो,' एक व्यवसायी भन्छन्, ‘उनीहरू जेसुकै गरुन्। हाम्रा लागि पाहुना हुन्, स्वागत गर्नुपर्छ।' आफूहरूले केटीको व्यवस्था गरिदिने काम नगरेकाले श्रीमान्श्रीमती पनि हुन सक्ने तर्क गर्छन् उनीहरू।
होटल सञ्चालकका अनुसार यौन प्यास मेट्ने यो नयाँ आइडिया चाहिँ होइन, तर अहिले व्यापक भएको छ। कर्ल गर्लसँग सरसंगत गर्ने पुरुषलाई उनीहरूले बिहानै बोलाउन थालेका छन्। यसकारण यो व्यापक भएको ठान्छन्, होटल सञ्चालक। तर, सञ्जीव लामालाई बिहान यौनप्यास मेटाउने आइडिया आफ्नै रहरले सुझाएको हो। अनामनगरबाट सधैँ गर्लफ्रेन्डसँग भृकुटीमण्डपसम्म सँगै कुदेर आउने उनलाई एक वर्षअघि एक दिन सँगै हिँड्दा यौन भावना जागृत भएको थियो। उनले गर्लफ्रेन्डलाई फकाएर बागबजारको एक होटलमा लगेका थिए। अहिले त्यसले निरन्तरता पाएको छ। उनी भन्छन्, 'बिहान कसैले शंका पनि गर्दैन, प्रहरीले छापा पनि मार्दैन।'
यौनकर्मी पनि कम फरवार्ड छैनन् भन्छन्, खेम तामाङ। क्रिकेट खेलाडी उनी टुँडिखेलमा एक्सरसाइज गर्दै गर्दा साथी बन्न पुगेकी सपना यौनकर्मी भएको तीन दिनपछि थाहा पाए। 'राम्री नै थिई, सस्तोमै कुरा मिल्यो,' उनले भने। त्यसपछि हप्ताको एक दिन एक्सरसाइजको सट्टा बिहानै सुन्धाराको होटलमा सेक्सरसाइज गर्न थाले उनी। उनी भन्छन्, 'उनीहरूलाई त प्रहरीले नै भन्छ कि क्या हो! शुक्रवार सधैँ भेट्ने उसले अबदेखि आइतरवार भेटौँ भनी। कुरा बुझ्दै जाँदा शुक्रवार र शनिवार बिहान पनि प्रहरीले निगरानी बढाउने सुइँको उसले पहिल्यै पाइछ।' दुई हप्तादेखि उनले गर्लफ्रेन्ड भेटेका छन्। त्यसैले गएको सोमवार ती यौनकर्मीलाई होइन, आफ्नै गर्लफ्रेन्डलाई पर्खिरहेका थिए, पुरानो बसपार्कमा।
बाआमाले बिहानभरि जति ढोका ढकढक्याए पनि कलेज जानका लागि नब्युँझिने स्कुले ठिटाठिटी पनि अचेल बिहानै उठ्न थालेका छन्। पाँच बजे नै कलेजको बाटो तताउने उनीहरू यौनप्यास मेटेर कलेज पुग्न भ्याउँछन्। बिहानको झिसमिसेमा चाबहिलस्थित एक होटलबाट कलेज ड्रेसमै निस्किएको थियो एक जोडी। मास्क लगाएर निस्किएका उनीहरू मोटरसाइकलमा हुइँकिए। उक्त होटलका सञ्चालकका अनुसार विद्यार्थीहरूले ‘रुम रेन्ट' भने अगाडि तिरेर छिर्छन्। होटलका एक स्टाफ भन्दै थिए, ‘यस्ता जोडी त कति आउँछन्, कति। कसले हेक्का राख्छ र? पहिलापहिला त अझ धेरै हुन्थे। अचेल त पुलिसले र्‍याक गर्छ नि, त्यो भएर धेरै घटेका छन्।'
'प्रहरीको मात्रै कहाँ हो र? आँखा त परिवारको पनि छल्नुपर्छ नि,' मंगलवार बिहान ललितपुरको युएन पार्कमा भेटिएका कुबेर प्रसार्इंले भने। उनका अनुसार कक्षा १२ पढ्दै गरेकी उनकी गर्लफ्रेन्ड दिउँसो कलेज जान्छिन्। कलेजबाट अलि ढिलो गर्‍यो कि 'बाआमाले मार्छन्' भन्दै तर्किन्छन्। त्यही भएर शंखमूल बस्ने उनी एक्सरसाइज गर्न युएन पार्क आइपुग्छिन्। दुवैजना त्यहीँ भेटेर बुद्धनगरस्थित कुबेरको कोठामा पुग्छन्। तनको चाह पूरा भएपछि वरिपरिकालाई छक्याउन हातमा किताव बोकेर बाहिरिन्छन्। दुई महिनादेखि यो क्रम हप्ताको एक दिन चल्छ।
गर्लफ्रेन्ड कीर्तिपुरस्थित गर्ल्स होस्टेलमा बस्ने भएकाले कीर्तिपुर क्याम्पसमै पढ्ने कुमार काफ्लेलाई बिहान भेट्ने आइडिया सोच्न तीन महिना लाग्यो। 'उनको मोबाइल बिग्रेकाले नयाँ मोबाइल दिन एकदिन बिहानै रुममा बोलाएको थिएँ, मन र तन दुवै शान्त भयो,' उनले भने, 'गजबको उपाय फुर्‍यो त्यसपछि।' अचेल उनकी गर्लफ्रेन्ड होस्टेलबाट 'एक्सरसाइज गर्न जान्छु' भन्दै उनीकहाँ पुगेर फर्किन्छन्।
पशुपतिको छेउछाउतिर मर्निङवाकमा निस्किनेहरू यौनको क्रय र विक्रयमा लिप्त हुन्छन्। मंगलवार १४ जनालाई प्रहरीले रंगेहात समात्यो। महानगरीय प्रहरीका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहका अनुसार मित्रपार्कस्थित एक घरमा छ महिनादेखि बिहानैदेखि यौनधन्दा सुरु हुने गरेको सुराकका आधारमा राति १०:४० बजे छापा मारिएको थियो। पक्राउ पर्नेमा १८ देखि ३४ वर्षसम्मका यौनकर्मी छ जना ग्राहक र एक सञ्चालक छन्।
सामाजिक मर्यादा कायम राख्न भन्दै प्रहरीले वेश्यावृत्तिविरुद्ध कारबाही बढाएको छ। सूचना र नियमित अनुगमनका क्रममा यौनकर्मीहरू पक्राउ पर्छन्। अनुगमन प्रायः बेलुकामात्रै हुन्छ। बिहान सूचना आएमात्र प्रहरीले बेलुका छापा मार्छ। एक्सरसाइजको समयमा हुने सेक्सरसाइजबारे जानकारी पाएकाले निगरानी बढाएको प्रहरी स्रोतले जनाएको छ। यो हप्ता पनि सयौँको संख्यामा धन्दासँग आबद्धहरू र यौनकर्मीहरू समातेको डिएसपी सिंहले बताए। देशभरि नै यौनधन्दाविरुद्ध प्रहरीले ‘विशेष अपरेसन' पनि थालेको छ। ‘प्रहरी अपरेसनकै कारण धन्दावालहरूले पनि नयाँ तरिका अपनाएका सुनिन आएको छ,' डिएसपी सिंह भन्छन्।
हिजोआज प्रहरीले लगातार छापा मार्ने गरेकोमा पनि यौनकर्मी र होटल, लज सञ्चालकहरू प्रहरी प्रशासनदेखि रुष्ट छन्। उनीहरू आफ्नो रोजीरोटीमा पुलिसले धावा बोलेको गुनासो गर्छन््। यसलाई बन्द गर्नेभन्दा पनि व्यवस्थित बनाउनुपर्ने बताउँछिन्, एक जना यौनकर्मी रीता लामा। भन्छिन्, ‘हाम्रो त रोजीरोटी नै खोसिएको छ। बाटाबाटामा त गरेका छैनौँ नि। हामीलाई पनि गरिखाने बाटो चाहियो नि।' उनी एकपटक पक्राउ पनि परिसकेकी छिन्। उनीसँगै पक्राउ परेका ग्राहकको भनसुनमा चार दिनमै छुटिन् उनी।
होटल व्यवसायीले त पुलिसलाई लगातार छापा मारेर सोझा ग्राहक पनि भड्काइदिएको आरोप लगाएका छन्। 'रिझाउन र भिजाउन' सके प्रहरी 'लाइनमा आउने' व्यवसायीहरूको आरोप छ। एक व्यवसायी भन्छन्, ‘पुलिसलाई पनि टन्न ख्वाउनपिलाउन सके सताउने थिएनन्। पक्राउ गर्न आएकाहरू पनि खर्चपानी टारेपछि गेट बाहिरैबाट फर्कन्छन्। कमाइको हालत यस्तो छ, कहाँबाट पाल्ने पुलिसहरूलाई।'
‘आफ्नै घरमा होटल चलाएका छौँ, आफ्नै परिवार स्टाफ छन्, हामीले यस्तो गरे त आफ्नै गाउँघरको लाज हुन्न र?,' भक्तपुर साँगा क्षेत्रका एक होटल व्यवसायी केही दिनअघि भन्दै थिए, ‘आफ्नै घरमा कसरी गर्न सक्छौँ यौनधन्दा? होटलमा आउने जोडीहरूलाई हामीले कसरी छेक्न सक्छौँ?' डिएसपी सिंह भने निगरानीको आधारमा छापा मारिने भएकाले निर्दाेषलाई दुःख नदिएको दाबी गर्छन्। भन्छन्, ‘केही होटल सञ्चालकहरूले गुनासो गरेका छन्। तर, हामीले निर्दोषलाई सताएका छैनौँ। पर्याप्त प्रमाणका आधारमा छापा हानिएको छ। हामी पनि कसैलाई मर्का पार्न चाहन्नौँ।' विशेष गरी बिदाका दिनमा धन्दा अलि बढी चल्ने भएकालेे शुक्रवार र शनिवार बिहानैदेखि निगरानी बढाइएको उनले बताए।

जोन मेयरसंग विवाह गर्न सक्छिन केटी पेरी

जोन मेयरसंग विवाह गर्न सक्छिन केटी पेरी
जोन मेयरसंग विवाह गर्न सक्छिन केटी पेरी
लण्डन, पुस १७, हलिउडकी प्रसिद्ध गायिका केटी पेरी एक पटक फेरी छिट्टैनै बिबाहको बन्धनमा बाँधिन सक्छिन् । बताइए अनुसार उनले छिटैनै आफ्ना ब्याइफ्रेन्ड जोन मेयरका साथमा बिबाह गर्नेछिन् ।

शोबिज स्पाई को एक समाचारमा सूत्रहरूलाइ उद्धृत गर्दै बताइए अनुसार, हालै मात्र ब्रिटेनका हास्य कलाकार रसेल ब्राण्डसंग सम्बन्ध विच्छेद गरेकी पेरीलाइ मेयरले बिबाहका लागी प्रस्ताव राख्नेछन, किनभने उनी घर बसाउनका लागी निकै उत्सुक रहेका छन् ।

सूत्रहरूले बताए अनुसार अहिले जोन पूर्ण रूपमा केटी प्रति लट्टु भएका छन् । उनीहरू दुबै एक अर्कालाइ मन पराउँदछन् । एक अर्काप्रति उनीहरू दुबै उपयुक्त पनि छन् । उनीहरू विवाहपछि संगीत, लेखन र यात्राका बारेमा पनि कुरा गर्न सक्दछन् ।

एक सूत्रले बताए अनुसार जोनलाइ केटीको स्वभाव निकै मन पर्दछ ।

‘खुसी नै खुसी’ गीतमा राजेश र सुष्माको किस (भिडियो सहित

‘खुसी नै खुसी’ गीतमा राजेश र सुष्माको किस (भिडियो सहित exclusive nepali song, exclusive nepali Trailer, exclusive song, featured, first look, first look nepali movie, full song, hot sushma karki, mero jeevan sathi, mero jeevan sathi film, mero jeevan sathi movie, mero jeevan sathi online, mero jeevan sathi online watch, mero jeevan sathi pic, mero jeevan sathi song, mero jeevan sathi video, nepal, nepali, nepali celebrity, nepali cinema, nepali entertainment, nepali film, nepali movie, nepali movie exclusive, nepali movie online, nepali song, rajesh hamal, rajesh hamal fan, rajesh hamal film, rajesh hamal hot, rajesh hamal kiss, rajesh hamal kiss pic, rajesh hamal kiss video, rajesh hamal movie, rajesh hamal phot gallery, rajesh hamal photo, rajesh hamal pic, sexy sushma karki, sushma karki, sushma karki and rajesh hamal kiss, sushma karki hot, sushma karki kiss, sushma karki kiss pic, sushma karki movie, sushma karki photo, sushma karki photo gallery, sushma karki pic, sushma karki sexy, sushma karki sexy film, sushma karki sexy movie, sushma karki song, sushma karki video

फेरी अर्को कहाली लाग्दो घटना सर्लाहीमा नव विवाहिता महिला मृत

फेरी अर्को कहाली लाग्दो घटना सर्लाहीमा नव विवाहिता महिला मृत

विश्वकै सेक्सी डिजेले नयाँ वर्षमा राजधानी तताउँदै

विश्वकै सेक्सी डिजे मारी फरारीले अंग्रेजी नयाँ बर्षमा राजधानी तताउँने भएकी छन् ।


अंग्रेजी नयाँ वर्षमा विश्वकै सेक्सी डिजेसँग रमाउँने मौका नेपालीले पाएका हुन् । राजधानीको ह्यात होटलमा हुने एक विशेष कार्यक्रममा सेक्सी डिजेले सानदार प्रस्तुती पस्कने छन् । अंग्रेजी नयाँ वर्षको धमाका मञ्चाउन हिमालयको देशमा आएकी सेक्सी डिजेले विश्वप्रसिद्ध सेक्सी बस्नुको वास्तविकता देखाइदिने छन् ।


सेक्सी डिजेलाई नयाँ वर्षमा राजधानी भित्र्याउँने ओडिसी इन्टरटेनमेन्टले डिजेलाई भेट्ने डिनरको टिकट ४ हजार ९ सय ९९ राखेको छ । जर्मनबाट नेपाल आइपुगेकी डिजेलाई हेर्न र रमाउँन भने प्रत्येक नेपालीले पाँच हजार रुपयाँ बिर्सनु पर्ने छ ।


सेक्सी डिजेलाई राजधानी भित्र्याउँने ओडीसीले उनका साथमा युरोपबाटै केही डान्सरहरुलाई समेत ल्याएको छ । नेपालमा रक गायक ब्रायन एड्म्स, सँगै भर्खरै मात्र पाकिस्तानी युवा गायक आतिफ आश्लमलाई नेपाल भित्र्याएर मनोरञ्जन दिइ रहेको ओडीसीले यस पटक विश्वकै सेक्सी डिजेलाई राजधानी भित्र्याएको हो ।

खै किन चुलबुले भए अरुणिमा र निता ? (फोटो फिचरसहित)




खै किन चुलबुले भए अरुणिमा र निता ? (फोटो फिचरसहित)
छोरीलाई जन्म दिएको ३ महिनामै सार्वजनिक कार्यक्रममा देखिएकी नायिका अरुणिमा लम्साल पुनः पर्दामा देखिने तयारी गर्दैछिन् । उनले अभिनय गरेको चलचित्र ‘उर्बशी’ को छायांकन सकिएको छ । मनिष पन्थको निर्देशनमा तयार भएको यो सिनेमामा लम्साल आधुनिक युवतीको भुमिकामा देखिदै छिन् ।

यस्तै चलचित्रमा अरुणिमासँगै नायिका निता ढुंगानाको समेत अभिनय हेर्न सकिन्छ । चलचित्रमा निता चुलबुले युवतीको भुमिकामा देखिदैछिन् । चलचित्रमा यि दुइका अलवा किशोर खतिवडा, मुकेश आचार्य लगायतका कलाकारको अभिनय छ । चलचित्रको सम्पादन समेत अन्तिम चरणमा पुगेको जानकारी निर्देशक पन्थले अनलाइनखबरलाई गराएका छन् । मनिष हाल चलचित्र ‘डिभोर्स’को छायांकनमा व्यस्त छन् । चलचित्रको शिर्ष भुमिकामा देखिएकी निता ढुंगाना र नायिका अरुणिमा लम्सालका केही तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।

गल्ति कसको ? मोडल, पत्रकार वा पत्रिकाको ?

गत बिहिबार रिपब्लिका मिडियाले प्रकाशन गर्ने साप्ताहिक पत्रिका शुक्रबारको मध्यपृष्ठको ब्लोअपमा राखिएको दिपशिखा खड्काको तस्विरले निकै हंगामा मचाएको छ । फोटो पत्रकार राजिव श्रेष्ठले खिचेको उक्त तस्विरमा मोडल तथा नायिका दिप शिखा खड्काले शरिरको माथिल्लो भागमा पारदर्शी लुगा लगाएकी छिन् शरिरको भित्री भागमा कुनै पनि भित्री बस्त्र छैन । उनको स्तन र नितम्बहरु स्पष्टसँग देख्न सकिन्छ । उनको फेसबुक एकान्टबाट पत्ता लागेको नम्बरमा मिडियाएनपीका सम्पादकले गरेको फोनमा उनी आफू बच्ने कुरा गरिन् । मैले राजिव श्रेष्ठसँग उक्त तस्विर खिचाएकी हुँ । तर पत्रिकाको लागि भने होईन । पत्रपत्रिकाले तस्विर राजिव श्रेष्ठबाट किनेका हुन् । त्यसैले पत्रिकामा यो तस्विर आउनुमा मेरो कुनै गल्ति छैन । अनि विदेशी मोडलहरुले पनि आफ्नो नितम्ब छोप्छन् तपाईको त स्पष्ट रुपमा देखिन्छ नि भन्ने प्रश्नमा उनले सहज रुपमा भनिन् यो त्यती ठुलो कुरा केही पनि होईन ।
धेरै लामो समयसम्मको पत्रकारिता गरिरहेका र नेपालका पाका पत्रकार भनेर चिनिने पत्रकार किशोर नेपाल सम्पादक रहेको उक्त पत्रिकाले छापेको तस्विर नेपाली समाजमा परिवारसँग हेर्न सकिदैन । म पत्रकार किशोर नेपाललाई एउटा प्रश्न गर्न चाहान्छु । तपाईका त नाति नातिना पनि छन् होला कलिला ति बालबालिकाहरुको अगाडी तपाईले त्यो पत्रिको पृष्ठ हेर्दा उनिहरुको बाल मस्तिष्कमा कस्तो असर पर्ला ?
नेपाली मोडलहरुको ग्लामरस तस्विर खिच्ने फोटो पत्रकार राजिव श्रेष्ठले चाहे नग्न नै तस्विर खिचुन त्यसमा हाम्रो कुनै आपत्ति छैन यदि त्यो मुलधारका पत्रिका प्रकाशित भएन भने । केही छिटफुट रुपमा अनलाईनमा राख्न सकिएला । तर एउटा नाम चलेको पत्रिकाको मुख्यपृष्ठमै यो तस्विर सार्वजनिक भएपछि यो पत्रिकालाई आम पाठकहरुले कसरी हेर्ने ?
एकदशकअगाडी जनआस्था नामक श्यास्वेत पत्रिकामा नायिका श्रीषा कार्कीले आत्महत्या गरेकी थिईन् । त्यस्तै गरी केही समयअगाडी नायिक नम्रता श्रेष्ठको यौनटेप सार्वजनिक भएको थियो । एउटा राष्ट्रिय स्तरको दैनिक पत्रिकाले उक्त टेपका दृष्यहरु र बोलका शव्दहरु जस्ताको जस्तै प्रकाशित गरेको थियो । त्यसबेला उक्त पत्रिकाको सम्पादकलाई बिबिसी नेपाली सेवाले एउटा प्रश्न सोधेको थियो । ‘श्रीर्षा कार्कीले आफ्नो नग्न तस्विर पत्रिकामा सार्वजनिक भएको कारणले गर्दा आत्महत्या गरेकी थिईन्, यदि नम्रता श्रेष्ठले पनि आत्महत्या गरिन भने त्यसको जिम्मेबार कस्ले लिने ?
सस्तो लोकप्रियताको लागि पत्रिकाले छापेका तस्विर वा समाचारले कसैको ज्यान गएमा त्यसको जिम्मेवारी कसले लिने यो ठूलो बहसको विषय हुन सक्छ ?

लिन्डसे लोहानले अब पोर्न फिल्ममा काम गर्ने

लण्डन, पुस १६, अभिनेत्री लिन्डसे लोहानले कथित रूपमा एक वयस्क फिल्ममा काम गर्न स्वीकार गरेकी छन् । एक वेबसाइट सूत्रलाइ उद्धृत गर्दै बताइए अनुसार लोहानको अभिनय करिअरको अन्त हुँदैछ र अब उनका साथमा प्रतिष्ठित मानिसहरू काम गर्न चाहँदैनन् ।
समाचारमा जनाइए अनुसार लोहान नादिया सुलेमानद्वारा तयार `ओक्टोमम` नामको एक वयस्क फिल्ममा काम गर्न लागेकी छन्, जसलाइ अमेरिकी फिल्म जगतमा पोर्न फिल्म भनेर मानिन्छ । यस समाचारका कारण कयौं विवादहरूमा पर्दै आएकी लोहानलाइ आफुलाइ राम्रो बनाउनका लागी आजकल वकिलहरूलाइ मोटो फीस दिनु परिरहेको छ । यहि कारणले पनि पैसाको कमी पुरा गर्नका लागी उनले यस प्रकारको फिल्ममा खेल्न लागेको हुन सक्ने अनुमान अहिले गरिन थालेको छ

शर्लिनको अर्को विवादास्पद अभिव्यक्ति एक शर्तमा रेप हुन तयार !

पुस १६, फेमस मेन्स म्यागेजीन प्लेब्वाइका लागी न्यूड फोटोशूट गरिसकेकी बलिउड मोडल तथा अभिनेत्री शर्लिन चोपडा एक पटक फेरी आफ्नो अभिव्यक्तिका कारण विवादमा परेकी छन् । यस पटक शर्लिनले कुनै हट फोटोसूटका कारण विवादमा परेकी भने हैनन्, उनले आफ्नो ट्वीटरमा व्यक्त गरेको विवादास्पद अभिव्यक्तिका कारण विवादमा परेकी हुन् ।

केही दिन अघि दिल्ली ग्याङगरेप पिडितका साथ भएको अत्याचार र उनको मृत्युबाट दुखी भएकी शर्लिन चोपडाले ट्वीटमा यदि उनलाइ रेप गरेपछि देशमा सबै युवतीहरू सुरक्षित हुने ग्यारेन्टी गरिन्छ भने, उनी रेप गराउन तयार भएको बताएकी थिइन् ।

बास्तवमा शर्लिनले यो ट्वीट आफ्नो चरित्रमाथी औला उठाउनेहरूका लागी व्यङ्ग्य गर्दै भनेकी हुन् । तर शर्लिनको यस ट्वीट पछि धेरै मानिसहरूले यो सन्दर्भलाइ बुझेनन् । उनको ट्वीटको जवाफमा एज यूजरले त कमेन्ट गर्दै भनेका छन, कि “शर्लिन तपाइँ आफ्नो रेप गराउन किन यति धेरै उत्सुक हुनुभएको हो ?”

जे होस, उनले ट्विटरमा विवादास्पद अभिव्यक्ति दिएपनि हालै भएको घटनाप्रति उनी कति दुखित भएकी रहिछन् भन्ने कुरा त आफुलाइ नै रेप गरेर भएपनि अरूलाइ बचाउँन खोज्ने उनको अभिव्यक्ति प्रसंसनीय नै छ नि हैन र

बिकिनीमा जेनिफरले के के देखाइन ? (फोटो फिचर सहित)




पुस १६, अमेरिकन फिटनेस मोडल जेनिफर निकोल ली हिजोआज मियामीमा छुट्टि मनाउँदै छिन् ।  मियामीको बीचमा जेनिफरले निकै मस्ती गरेकी छन् । साथै उनले यस मस्तीका क्रममा हट अन्दाज प्रस्तुत गरिन् । मियामीमा जेनिफर रेड बिकिनी लगाएर निकै हट देखिएकी थिइन् ।
यति मात्र नभै उनले बीचमा गीत सुनेर इन्जोय समेत गरिरहेको देखिन्थ्यो । उनका छुट्टिका क्रममा देखिएको हट अन्दाजहरू हेर्नुहोस ।

Sunday, December 30, 2012

दैलेखमा श्रीमानले आफ्नै श्रीमतीलाई जिउँदै जलाएर हत्याको प्रयास, अवस्था गम्भीर


दैलेखमा श्रीमानले आफ्नै श्रीमतीलाई जिउँदै जलाएर हत्याको प्रयास, अवस्था गम्भीर
दैलेख, पौष १४ । दैलेख नारायण नगरपालिका वडा नं. १ नमुनामा बस्ने बादी समुदायका कुमार नेपालीले आफ्नी श्रीमती मनकला बादीलाई जलाएर हत्या गर्ने प्रयास गरेका छन् । भारत र नेपालमा महिलामाथि भएका हिंसाका घटनाको तीब्र विरोध भईरहेको बेला नेपालको दैलेखमा आज यस्तो घटना भएको छ । मनकलाको शरीरमा आगो लागेको देखेपछि छिमेकीहरुले आगो निभाई उपचारको लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पु¥याई उपचारको ब्यवस्था मिलाएको जनाइएको छ ।मनकलाको कम्मरदेखि तलको भाग पुरै जलेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले जानकारी दिएका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।श्रीमतीलाई आगो लगाउने कुमार नेपालीलाई पक्राउ गरी सोधपुछ भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । केही दिन अघि बर्दियामा शिवा हासमीमाथि यसै गरी आगो लगाएर हत्याको प्रयास भएको थियो । शरीरको ९० प्रतिशत भाग जलेकी हासमीको काठमाडौमा उपचारको क्रममा निधन भएको थियो ।काठमाडौको अनामनगरमा एक महिलाको शंकाष्पद मृत्यु र विमानस्थलमा विदेशबाट फर्किएकी युवतीमाथि गरिएको दुब्र्यबहार र यौन शोषणविरुद्धमा नेपालका महिला अधिकारबादीहरुले आन्दोलन चर्काईरहेको बेला दैलेखमा महिलामागि आगो लगाईएको छ ।

बेडसिन पश्चात पुजनाको अर्को उत्तेजक रुप (फोटो फिचरसहित)




बेडसिन पश्चात पुजनाको अर्को उत्तेजक रुप (फोटो फिचरसहित)
चलचित्र ‘रक्षा’ मा नायक अशोक फुयाँलसँग बेडसिनको दृश्य दिएर एकाएक चर्चामा आएकी नायिका पुजना प्रधान पुन एकपटक यही चलचित्रको आइटम गीतमा उत्तेजक रुपमा प्रस्तुत भएकी छिन् ।अर्जुन पोखरेलको संगीतमा तयार भएको चलचित्रको एक आइटम गीतको छायांकन आइतबार मह स्टुडियोमा गरिएको हो । ‘आखाले भन्छ हेरौ तिमीलाई’ बोलको गीतमा पुजनाले उत्तेजक आइटम नृत्य गरेकी हुन्

माछा ब्यापारीको गीत अर्को ‘गङनम स्टाइल’ बन्दै

माछा ब्यापारीको गीत अर्को ‘गङनम स्टाइल’ बन्दै
=========================

कोरियाली गायक साईको गङनम स्टाइलले युट्युवमा रेकर्ड ब्रेक गरेलगत्तै एक पाकिस्तानी माछा ब्यापारीको गीतले युट्युवमा तहल्का मच्चाएको छ ।
पाकिस्तानबाट रोजीरोटीको खोजीमा लण्डन पुगेका साहिद नजिरले माछा बेच्न गाएको गीतले अहिले युट्युवमा ९४ लाखले हेरिसकेका छन् । भिडियो डिसेम्बर १० तारिखमा अपलोड गरिएको हो ।
‘कम अ लेडिज, कम लेडिज वान पाउण्ड फिस’ भन्दै पसलमा ग्राहक बोलाउने गीतको ओर्जिनल भर्सन सुन्दा हाम्रो रत्नमपार्कमा लौ आयो सस्तो सस्तो २० रुपैयाँ मोजा, सय रुपैयाँमा पाइन्छ भनेजस्तै सुनिन्छ । उनले माछा सस्तो र राम्रो भएको बखान गर्दै एकपटक हेर्न महिला ग्राहकहरुलाई आग्रह गर्छन् ।
एकदिन यसैगरि गीत गाएर ग्राहक बोलाइरहेका बेला कोलिन मिलरले यो गीत रेकर्ड गर्छन र युट्युवमा अपलोड गर्छन् । यो गीतले चर्चा पाएसँगै उनका दिन पनि फेरिन थाल्छन् । चार सन्तान र एक श्रीमतीको भबिष्य खोज्दै लण्डनमा संर्घष गरिरहेका यी सामान्य मानिस एकाएक सेलिब्रीटी हुन्छन् । उनले यही गीत गाउँदै रियालीटी सो एक्स फ्याक्टरमा पनि अडिसन दिन्छन् । तर खासै माथि उक्लिन सक्दैनन् ।

सेलिब्रिटी बनेका साहिदलाई हालै पाकिस्तानमा स्वागत गरिँदै
तर युट्युवको लोकप्रियताबाट हौसियाका साहिदले यो गीतलाई पुन रेकर्ड गर्दै नयाँ आर्कषक भिडियो बनाउँछन् । नयाँ भिडियो युट्युवमा अपलोड गरेपछि भने उनी साँच्चै सेलिबि्रटी भएका छन् । धेरैले यो गीतलाई गङनम स्टाइलसँग तुलना गरेका छन् । युट्युवले निकै छिटो यो भिडियो टप २० पर्ने प्रक्षेपण गरेको छ ।

ब्लु फिल्मकी नायिकालाई सय बोतल ‘विर्य

ब्लु फिल्मकी नायिकालाई सय बोतल ‘विर्य
पोर्नस्टारका लागि उपहार के हुनसक्छ ? सायद सबैका आ आफ्ना उत्तर होलान् । तर जापानकी एकजना पोर्नस्टार महिलाका लागि उनका तन्नेरी फ्यानहरुले बोतलका बोतल विर्य उपहार दिएका छन् ।

उटा कोहाकु नामकी ती ब्लु फिल्म नायिकालाई उनका फ्यानहरुले १ सय भन्दा बढि विर्यले भरिएका बोतल उपहार पठाएका हुन् । एक ब्राजिली वेबसाइटका अनुसार ती नायिकाले आफुलाई विर्य दान गर्न टि्वटरमार्फ र्सार्वजनिक आग्रह गरेपछि उनका फ्यानहरुले बोतलमा आफ्नो जिवनदायिनी तरल पदार्थ संकलन गरी धमाधम पठाए । टि्वटरमा आग्रह गरेको १० दिनमा उनलाई विर्यले भरिएका १ सय भन्दा बढि प्लास्टिकका बोतल प्राप्त भए । हरेक बोतलमा विर्यदाता तन्नेरीको नाम लेखिएकेा थियो ।

नायिकाले आफुलाई विर्यदान गर्ने तन्नेरीहरुलाई धन्यवाद दिँदै आफुले उक्त विर्यलाई आफ्ना सन्तानलाई जस्तै जतन गर्ने बताएकी छिन् ।

ब्लु फिल्मकी नायिकाले यतिधेरै विर्य किन दान लिएकी होलिन् ? भन्ने जिज्ञासा सबैलाई होला । वास्तवमा उनले आफ्नो आगामी ब्लु फिल्मका लागि विर्य संकलन गरेकी हुन् । सेमेन कलेक्सन टू नाम दिइएको उक्त पोर्न फिल्मको शूटिङ सुरु भैसकेको बताइएको छ ।

नशा मा पूनम पाण्डे (फोटोफिचर सहित)

 नशा मा पूनम पाण्डे (फोटोफिचर सहित)
बलिउडमा भर्खरै डेब्यु गरेकी चर्चित मोेडेल पूनम पाण्डेले आफ्नो पहिलो फिल्म नशा निकै नै हट हुने यसअघि नै बताइसकेकी छिन् । हुनपनि फिल्मको पहिलो दृश्यका रुपमा बेड सिन दिएर उनले यसको झल्को दिइसकेकी छिन् ।नशा फिल्ममा पूनम निकै नै उत्तेजक तथा कामुक रुपमा प्रस्तुत हुने कुरा जगजाहेरै छ । फिल्ममा शुटिङ भएका केही दृश्यमा उनको प्रस्तुतीले पनि यो बताउाछ । यहा नशामा झुमेकी पूनमका केही उत्तेजक पोज समावेश छन्


मलद्धारको क्यान्सर विरुद्ध नांगिए युवतीहरु (फोटोफिचर)




मलद्धारको क्यान्सर विरुद्ध नांगिए युवतीहरु (फोटोफिचर)
महिलाहरुमा हुने मलद्धारको क्यान्सरका बारेमा जनचेतना जगाउन तथा यसको उपचारमा सहयोग पूराउन भन्दै १२ जना बेलायती युवतीहरु नांगिएका छन् । महिलाको मलद्धार क्यान्सरको उपचारमा सहयोग पूराउने एक च्यारिटी संस्थाको सन् २०१३ को क्यालेन्डरका लागि उनीहरुले न्यूड पोज दिएका हुन् ।
यसरी नांगिनेमा मलद्धार क्यान्सर पीडित महिलाकी २२ वर्षीया छोरी इली नार्दो, उनकी भाउजु सराह तथा इलीका अन्य २०।२२ वर्षे साथीहरु रहेका छन् । क्यालेन्डरमा नांगा पोज दिने यी युवतीहरु कुने चर्चित मोडेल होइनन् तर यिनीहरुले जुन सदिक्षाका लागि जोखिम उठाएका छन् त्यो भने प्रसंसायोग्य नै छ । यिनीहरुको यो साहसबाट क्यान्सर पीडित बेलायती महिलाको उपचारमा अवश्य पनि सहयोग जुट्नेछ र क्यान्सरका विषयमा महिलामा जनचेतना बढ्नेछ भन्ने अपेक्षा गरिएको छ ।

पुरुष भएकोमा पछुताए साहरुख

पुरुष भएकोमा पछुताए साहरुख
नायक साहरुख खान आफु पुरुष भएर जन्मिएकोमा पछुताएका छन् । दिल्लीमा सामुहिक बलात्कारको शिकारमा परेकी एक युवतीको निधन भएपछि साहरुखले आफु पुरुष भएकोमा पछुतो मानेका हुन् । युवतीको निधन भएको खबर सुनेलगतै साहरुखले ट्विटरमा लेखेको अंश यस्तो छ :

१.हामीले तपाइलाई बचाउन सकेनौ । तर तपाइ एउटा ठूलो आवाज हो । तपाई बहादुर सानी युवतीले हामीलाई बताइरहनु भएको छ कि बलात्कार एउटा गल्ति मात्र होइन ।

२. बलात्कारलाई कामुकताको प्रतीकको रुपमा हाम्रो संकृती र समाजमा परिभाषित गरिएको छ र मलाई धेरै नै धिक्कार लागेको छ कि म यो समाज र संकृतिको एउटा हिस्सा हुँ ।

३. मलाई धेरै नै धिक्का। छ किनकी म एउटा पुरुष हुँ । म वादा गर्छु कि तपाइको आवाजलाई लिएर लड्ने छु । मैले महिलाहरुको सम्मान गर्छु अनि मात्र मलाई मेरी छोरीको सम्मान मिल्छ

एउटालाई समातेपछि अर्कोलाई बिर्सन्छन् आर्यन


एउटालाई समातेपछि अर्कोलाई बिर्सन्छन् आर्यन
नायक आर्यन सिग्देलका बारेमा राम्रा भन्दा नराम्रा टिप्पणी बजारमा धेरै आउने गर्छन् । प्राय एक्लै बस्न रुचाउने आर्यनका साथी पनि सिमित मात्र छन् । सिनेमाको छायांकन भन्दा अन्य समय एक्लै बस्ने र रमाउने आर्यनको बानीका कारण पनि उनका साथीसंगत कम भएका हुन् ।आर्यनलाई नयाँ साथी पाउने बित्तिकै पुरानालाई चटक्कै बिर्सन्छन् भन्ने आरोप समेत लाग्ने गरेको छ । उनको यही बानीका कारण उनका साथीहरु टाढा भएको देखिन्छ । चलचित्र क्षेत्रमा प्रवेश गर्नु अघि निर्देशक सुदर्शन थापा नजिक रहेका आर्यन अहिले नयाँ क्याम्पको हिरो बनेका छन् । सुदर्शन थापालाई उनले चटक्क बिर्सिएको चर्चा बजारमा समेत चल्ने गरेको छ । सिनेमा क्षेत्रमा प्रवेश गर्दा रेखा थापा र छविराज ओझा निकट मानिएका आर्यन अहिले उनीहरुसँग पानी बारबारको अवस्थामा छन् । रेखासँग टाढिएर सुदर्शनको क्याम्पमा प्रवेश गरेका उनी अधिकांश समय उनीसँग नै हुन्थे ।

तर आज सुदर्शन र आर्यन एकअर्काको आइनोसाइनो नै गर्दैनन् । सुदर्शनसँग टाढिएपछि आर्यन निर्माता तथा कलाकार कल्याण घिमिरेको नजिक भएका छन् । कल्याण र आर्यन अहिले अधिकांश समय सगै हुन्छन् । यतिमात्र होइन आर्यन कल्याणको गाडी नै लिएर हिड्ने गर्छन् । थानकोट घर भएपनि महाराजगञ्जमा बस्दै आएका आर्यनको वरपर कल्याण नै घुमिरहेको देख्न सकिन्छ । आर्यनले कल्याण घिमिरेले निर्देशन गरेको चलचित्र ‘महशुश’ मा अभिनय पनि गरिसकेका छन् ।

कल्याण घिमिरेसँग दोस्ती गासेका आर्यनले आफ्नो पुरानो साथी सुदर्शनलाई भने चटक्कै बिर्सिएका छन् । उनको कल्याणसँगको दोस्ती कहिलेसम्म जाने हो अड्कल काट्न गाह्रो छ । तर एउटालाई समातेपछि अर्कालाई छोड्ने आर्यनको बानीले उनलाई सिनेमा क्षेत्रमा लामो रेशसम्म हिड्न गाह्रो हुने धेरैको विश्लेषण छ ।

सम्भोग गर्न नमान्दा… श्रीमान्ले झोसे श्रीमतीलाई अगुल्टो दैलेख

सम्भोग गर्न नमान्दा… श्रीमान्ले झोसे श्रीमतीलाई अगुल्टो दैलेख, १५ पुस । यौनसम्पर्क गर्न नमानेको झोकमा एक श्रीमान्ले श्रीमतीको योनांग जलाएका छन् । नारायण नगरपालिका–६ नमुना बस्तीका ती व्यक्तिले शुक्रबार राति श्रीमतीलाई जलाइरहेको अवस्थामा छिमेकीले उद्धार गरे । योनी आसपासको भागमा श्रीमान्ले अगुल्टो झोसेको पीडितले बताइन् । जलाउन थालेलगत्तै महिला र उनका छोराछोरीले छिमकीसँग गुहार मागेका थिए । ‘खाना पकाएर श्रीमान्लाई पर्खिरहेकी थिएँ, विनाकारण आगोको मुस्लो झोसिदिए,’ उनले भनिन्, ‘छिमेकीहरू नआएका भए सायद खरानी भइसक्थेँ होला ।’ सहवास गर्न नमानेपछि अगुल्टो झोसेको अनुमान छिमेकीले गरेका छन् । एक छिमेकीले भने, ‘जलेको भाग हेर्दा त्यस्तै देखिन्छ । अन्य भाग पोलिएको छैन । यो सुनियोजित रूपमा योनी जलाउने प्रयास हुनुपर्छ ।’ अहिले घाइतेको जिल्ला अस्पतालको इमरजेन्सी कक्षमा उपचार भइरहेको छ । जिल्ला अस्पतालका डाक्टर पुकार राणाले दायाँ तिघ्राको माथिल्लो भाग जलेको बताए । शीतल गराउने, दुखाइ कम गर्ने र रगतमा संक्रमण हुन नदिन एन्टिबायोटिक र इन्जेक्सन दिइएको डाक्टर राणाले जानकारी दिए । प्रहरीका अनुसार श्रीमान् र श्रीमती दुवैले मादकपदार्थ सेवन गरेका थिए । श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । प्रहरीसँगको प्रारम्भिक बयानमा उनले आफूले नजलाएको दाबी गरेका छन् । ‘सामान्य विवाद सधैँ हुन्थ्यो । चुल्होनजिक बसेकी उनको शरीरतिर अगुल्टो उछ्टिएको हो,’ उनको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक विनोद शर्माले भने । सदरमुकाममा हरेक दिन ज्याला मजदुरीबाट कमाएको पैसाले उनीहरूको दिनचर्या चल्ने गरेको छ । कमारो भारी बोक्नेदेखि बजारका शौचालय र ढलसमेत सरसफाइको काम गर्छन् । उनीहरूका तीन छोराछोरी छन् ।

Saturday, December 29, 2012

पोखरामा १ हजार भन्दा बढी यौनकर्मीहरु, दैनिक करिब १४ लाखको यौन ब्यापार

and meet with two young sisters who are struggling to escape the sex trade.

सौराहामा हात्ती सुन्दरी प्रतियोगिता, सुन्दरी हात्तीले गरिन् क्याटवाक


सौराहामा हात्ती सुन्दरी प्रतियोगिता, सुन्दरी हात्तीले गरिन् क्याटवाक
चितवनको सौराहामा शुक्रबार हात्ती सुन्दरी प्रतियोगितामा चितवन हात्ती महोत्सव अन्तर्गत संचालन भएको थियो । युवतीहरु र्‍याम्पमा उत्रँदा जति रौनकता छरिन्थ्यो । त्यो भन्दा बढी रौनकता आज यहाँ भएको हात्ती सुन्दरी प्रतियोगिताको फाइनलमा देखियो। मानिसले झै जनावरले सिकाए सिक्न सक्छ भन्ने प्रमाण हात्ती सुन्दरीहरुले दिलाइदिए। उनीहरुले आफ्ना निखारिएको सुन्दरता मात्र प्रस्तुत गरेनन्। सभ्य मानिसले गर्ने व्यवहारलाई पनि सहजै देखाइदिए। बाघमारा चौरको हरियो दुबोको कार्पेटमा तीन सुन्दरी हात्तीले क्याटवाक गर्दा दर्शकहरुको वाहावाहीले सौराहा नै गुन्जायमान बन्यो। नेपालीमात्र हैन विभिन्न देशबाट सौराहा घुम्न आएका पर्यटकहरुले पनि हात्ती सुन्दरी प्रतिस्पर्धालाई ‘वाउ फेन्टास्टिक’ भनेर प्रशंसा गरे।
<iframe width="560" height="315" src="http://www.youtube.com/embed/Z1EQTtYmhT0" frameborder="0" allowfullscreen></iframe>

दिल्लीमा बलात्कारमा परेकी युवतीको निधन


दिल्लीमा बलात्कारमा परेकी युवतीको निधन
१४ पुस, काठमाण्डौं । नयाँ दिल्लीमा बसभित्र बलात्कार र आक्रमणको सिकार परेकी २३ बर्षकी युवतिको गएराती निधन भएको छ । उनको आज विहान नेपाली समयअनुसार साढे २ बजे निधन भएको हो । दिल्लीमा भएको संघन कक्षमा उपचार भएपछि एयर एम्बुलेन्सबाट थप उपचारका लागि सिंगापुरको माउन्ट एलिजावेथ हस्पिटल लगिएको थियो । उनको उपचारकै क्रममा आज निधन भएको चिकित्सकहरुले बताएका छन् ।
उनका शरीरका अंगहरु विस्तारै निष्कृय भएर काम गर्न छोडेपछि मृत घोषणा गरेको चिकित्सकहरुको भनाई छ । उनको शवलाई आजै दिल्ली ल्याउने तयारी भइरहेको छ ।
२३ बर्षकी छात्राको मृत्यु प्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मनमोहनसिंहले यो घटनाप्रति आफु निक्कै गम्भिर भएको बताएका छन् । उनले एक सन्देश जारी गर्दै सरकार महिला सुरक्षाको सुनिश्चितताका लागि अग्रसर हुने बताएका छन् ।साथै अहिले रहेको महिला सम्बन्धी कानुनको समीक्षा गर्नका लागि पहल गर्ने बताएका छन् ।

Friday, December 28, 2012

हाकु कालेको नक्कल गर्दै बैंक लुट

हाकु कालेको नक्कल गर्दै बैंक लुट
 दाङको तुलसीपुरस्थित बैंक अफ काठमाडौंको शाखा कार्यालय लुटिएको घटना ‘लुट’ नामक नेपाली चलचित्रसँग मिल्दोजुल्दो छ । ‘लुट’मा हाकु कालेले जस्तै सहरका विभिन्न गल्लीबाट लुटेरा छनोट गरेका थिए– २५ वर्षीय खगेन्द्र बस्नेतले । फरक यति हो, सिनेमाका हाकु काले बैंक लुटेर पनि उम्किन सफल भए तर दाङ बिजौरे–१ का बस्नेत समातिए ।
बिओके लुट्ने समूहका सबै सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ भिँmगइ–९ का अमर बोहरा, सुर्खेत वीरेन्द्रनगर–५ का २० वर्षीय सुशील रोकाय, रामेछाप दुरागाउँ–२ का २१ वर्षीय प्रेम तामाङ र रामेछाप सैपु–९ का २१ वर्षीय मिनुर तामाङ छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई लुटिएको सबै रकमसहित मुलुकका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार बैंकका अपरेसन म्यानेजरसमेत हुन् । बैंकमा दुई वर्षअघिदेखि उनले पटक–पटक गरेर झन्डै एक करोड रुपियाँ हिनामिना गरेका थिए । केन्द्रीय बैंकबाट हुने अनुगमन तथा लेखापरीक्षण गराउँदा कागजमा हिसाबकिताब मिलाउँथे तर पोल खुल्ने डरले उनलाई सधैँ सताउने गथ्र्यो । समस्याबाट उम्कन उनले अनेक उपाय रचे तर त्यसले समाधान दिएन । अन्तत: उनी बैंक नै लुट्ने योजनामा पुगे ।
दुई महिनाअघि नै योजना बुनेका थिए उनले । त्यसका लागि लुटेरा समूह चाहियो । स्थानीय तहका लुटेरा समूह प्रयोग गर्ने विचार पनि गरे । तर, सफल नहुने डरले उनी काठमाडौंतर्फ मोडिए । काठमाडौंमा उनका भाइ सुशील रोकाय आइटी अध्ययन गर्दै थिए । सुशीललाई योजना सुनाए । बैंकबाट ९० लाखदेखि करोड रुपियाँ लुट्ने र आपसमा बाँड्ने प्रलोभन पाएपछि सुशील तत्काल राजी भए र काठमाडौं आई लुटेरा समूहको खोजीमा जुटे । त्यसका लागि उनले प्रकाश, प्रेम, र मिनुरलाई रोजे ।
लुटेपछि सबै रकम चार भाग लगाउने, प्रेम र मिनुर दुवैलाई एक भाग दिने र बाँकी तीन भाग तीनजनाबीच बाँड्ने भनिएको थियो । प्रलोभनमा परेका सबैजना राजी भए । समूह तयार भएको खबर भएपछि योजनाकार खगेन्द्र २९ मंसिरमा काठमाडौं आएर भाइ सुुशीललाई भेटे । उनैको सहयोगमा महाराजगन्जस्थित भाटभटेनी सुपर मार्केट आगाडि जम्मा भएका सबैलाई बानेश्वरस्थित रातो भाले रेस्टुरेन्ट लगियो, बिहान १० बजे ।
योजना बिफ्रिङ गर्नुपर्ने थियो । रेस्टुरेन्टमा नहुने देखिएपछि सुनसान ठाउँको खाजी भयो । छनोटमा पर्‍यो– दक्षिणकाली । खाना खाएलगत्तै सबैजना गाडीमा उतै हुइँकिए । खगेन्द्रले बैंक लुट्ने योजना गाडीमा सुनाए । निजी गाडीमा आएका खगेन्द्र र लुटेरा टोली पुन: काठमाडौं फर्किए । लुटेरा समूहलाई सुन्धारामा छाडी उनी दाङतर्फ लागे । सुशीलसँग रहेका समूहले भृकुटीमण्डपबाट झोला, ज्याकेट किने । प्लास्टिकको नक्कली पेस्तोल महाबौद्धबाट किने र उनीहरू दाङतर्फ लागे ।
दाङको घोराहीस्थित एन्जिला होटलमा बसेका थिए उनीहरू । योजनाबारे थप ब्रिफिङ गर्न ३ पुसको बिहान ८ बजे खगेन्द्र होटल पुगे र बैंकको जानकारी लिन २:४५ बजे बैंक आउन निर्देशन दिए । स्थिति बुझ्न ३ बजे प्रेम र प्रकाश बंैक पुगे, अवलोकन गरे र भाग्ने स्थानको समेत पहिचान गरी फर्किए ।
उनीहरूको ४ पुसमै बैंक लुट्ने योजना थियो तर बैंकका सुरक्षागार्डका लागि केही बन्दोबस्तीका सामग्री वितरण हुने कार्यक्रम भएपछि रद्द भयो । योजना ६ पुसका लागि सारियो । ६ पुसको दिउँसो एक सय, ५०, २० र १० दरका हजार रुपियाँको बन्डल खगेन्द्रले सुशीललाई दिए । भाग्नका लागि बसको टिकट पनि तयार भयो ।

साहुको ऋण तिर्न नसक्दा वनवास गएका चेपाङ परिवारको ७ बर्ष पछि उद्दार


साहुको ऋण तिर्न नसक्दा वनवास गएका चेपाङ परिवारको ७ बर्ष पछि उद्दार
साहुले सम्पत्ति हडपेपछि सात वर्षदेखि कहालीलाग्दो ओडारमा बस्दै आएका धादिङ जोगिमाराका  सुमानसिंह चेपाङको परिवारलाई दानीहरूले गाउँ फर्काएका छन् । ३० हजार रुपैयाँ ऋण तिर्न नसक्दा भएको जायजेथासमेत छाडेर बनबास जान बाध्य सुमान परिवारको ऋण मंगलबार साहुलाई चुक्ता गरिएको छ ।रुपन्देहीको शंकरनगर– २ का पूर्णबहादुर केसीले ३० हजार नगदसहित खाने र पकाउने भाँडा सहयोग गरेपछि चेपाङ गाउँ फर्किएका हुन् । सुमानलाई जोगिमारा–२ जवाङस्थित पहिलेकै जग्गामा पुनस्र्थापना गरिएको
केसीबाहेक विभिन्न व्यक्ति र संस्थाले सुमानलाई गरेको सहयोग राशि १ लाख ५१ हजार रुपैयाँ पुगेको छ । उनलाई भाँडाकुँडा र लत्ता कपडा पनि सहयोग गरिएको छ । ऋण तिर्न नसक्दा सुमानको परिवारले सात वर्षदेखि ओडारमा कष्टकर जीवन बिताइरहेको समाचार प्रकाशित भएपछि विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेका हुन् ।सुमानको श्रीमती, तीन छोरी र एक छोरा गरी ६ जनाको परिवार छ । उनलाई काठमाडांैका अनिल र प्रमिला महर्जनले ३० हजार नगदसहित लत्ताकपडा सहयोग गरेका छन् । ललितपुरका प्रचण्ड शाहले २५ हजार, रामहरि र कल्पना श्रेष्ठले ५ हजार, दीपेन्द्रबहादुर थापाले ५ हजार, कर्ण लामाले ५ हजार सहयोग गरेका छन् । त्यस्तै, नरबहादुर बीसी, देवकुमारी बीसी, सोभित केसी, रानी केसी र बिन्दु केसीले ३० हजारसहित लत्ताकपडा उपलब्ध गराएका छन् ।स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था धादिङले ८ हजार नगदसहित लत्ताकपडा सहयोग गरेको छ । काठमाडौंको कुलेश्वर निवासी उज्ज्वल राणाले १२ हजार बराबरका लत्ताकपडा र खाद्यान्न दिएका छन् । कुलेश्वरकै मनकुमार श्रेष्ठबाट ३० हजार नगद प्राप्त भएको छ ।सुमानलाई सहयोग बाँडिरहँदा बाटोमा हिँड्दै गरेका तनहँुका यमबहादुर खाँणले ५ सय र सुमानसिंहकै साहु नरबहादुर चेपाङले समेत १ हजार रुपैयाँ सहयोग गरेका थिए ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले एक त्रिपालसहित भाँडावर्तन, लत्ताकपडा र श्री सबुज गण गजुरीले कम्मलसिहत लत्ताकपडा सहयोग गरेका छन् ।जिविस धादिङका सामाजिक विकास अधिकृतले घर बनाउँदा आवश्यक जस्तापाता दिने प्रतिबद्धता जनाएका छन् । सुमानले भोगेको जस्तो समस्या २१ औं शताब्दीमा कसैले भोग्नु नपरोस् भनी सहयोग गरेको दाताहरूले बताएका छन् ।सुमानका साहु नरबहादुरले आफूले जग्गा छाडेर नजाऊ भन्दा सुमानले ब्याज बढ्दै जान्छ, तिर्न सक्दिनँ भनेर हिँडेको दाबी गरेका छन् । सुमानले पनि सावाँ–ब्याज तिर्न नसक्ने भएपछि जग्गा सुम्पेर हिँडेको स्वीकार गरे । दाजु शंखमानले भने २३ हजार रुपैयाँमा ३ कठ्ठा १९ धुर जग्गा आफ्नो नाममा पास गरेर आफूलाई गाउँबाट लखेटेको गुनासो सुमानको छ ।सुमानका दुई छोरीले आफूखुसी विवाह गरिसकेका छन् भने १३, १२, ३ वर्षीया छोरी र ६ वर्षका छोरा उनीहरूसँगै बस्छन्

“धन्दा” र “तिमीले दिएको माया” देशभर, “बन्दी” उपत्यकामा

धन्दा” र “तिमीले दिएको माया” देशभर, “बन्दी” उपत्यकाम काठमाडौं : नेपाली दर्शकले आज शुक्रबारबाट तीन नयाँ चलचित्र हेर्न पाउने भएका छन् । ती हुन् ‘धन्दा’, ‘तिमीले दिएको माया’ र ‘बन्दी’ । अघिल्लो साता प्रदर्शनमा आएका ‘रुद्राक्ष’ र ‘हातमा लाग्यो शून्य’ले व्यवसायिक सफलता हात पार्न नसकेको यथार्थ जान्दाजान्दै पनि यी तीन चलचित्र एकअर्का सँग व्यावसायिक प्रतिस्प्रर्धा गर्न उत्रिएका हुन् । ‘धन्दा’को निर्देशन सुर्दशन थापाले गरेका हुन् भने ‘बन्दी’ र ‘तिमीले दिएको माया’को निर्देशक विजय केरुङ रहेका छन् । ‘तिमीले दिएको माया’ सुनिता शर्मा र रेशु ढुंगानाको संयुक्त रूपमा निर्माण गरेका हुन् । प्रेमप्राप्तीका लागी युवा युवतीले गर्ने संघर्षलाई चलचित्रको विषयवस्तु बनाइएको छ । नीता ढुंगाना र सुवास मेचेको, सुनील थापा, रामचन्द्र अधिकारीलगायत कलाकारले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । राम जनकको द्वन्द्वनिर्देशन रहेको चलचित्रमा नृत्य निर्देशन गोविन्द राईले गरेका छन् । चलचित्रमा महेश खड्काले संगीत दिएका छन् भने छायांकन शम्भु सापकोटाको रहेको छ । आजैबाट प्रदर्शनमा आएको चलचित्र ‘धन्दा’ निर्माता बाबुराम दाहालको दोस्रो चलचित्र हो । मानव जीवनमा घट्ने अनेक घटनाको नजिक–नजिक पुगेर चलचित्र निर्माण गरिएको निर्माण पक्षले दावी गरेको छ । अर्पण थापा, समुना के.सी, दिलभूषण पाठक, पुस्कर गुरुङ, कमलमणि नेपाललगायत कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ । यस चलचित्र सुगम पोखरेलको संगीत, दीपक बज्राचार्य र विष्ण्ुा कल्पितको संयुक्त छायांकन रहेको छ । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेको र धेरै बजेट भनेर प्रचार पनि गरिएको चलचित्र देशभरका मेजर स्टेसनबाट प्रदर्शनमा आएको छ । ‘बन्दी’ पनि आजबाट नै प्रदर्शनमा आएको चलचित्र हो । मोफसलमा पहिले प्रदर्शनमा आए पनि त्यति व्यवसाय गर्न नसकेको चलचित्रमा अभिनेता निखिल उप्रेतीसँग विवाह गरेर चलचित्र क्षेत्रबाट पलाएन भएकी अभिनेत्री सञ्चिता लुइँटेल दर्शकहरूमाझ पुन: एकपटक देखा पर्दै छिन् । चलचित्रमा सञ्चिताका साथमा आर्यन सिग्देल दिलीप रायमाझीलगायतकलाकारको मुख्य भूमिकामा अभिनय रहेको छ । कर्मा गुरुङले निर्माण गरेको चलचित्र प्रेम कथा तथा एक्सन बेसमा निर्माण भएको निर्देशक केरुङले जानकारी गराए

यात्रुबाहक बस पल्टिँदा १३ जनाको मृत्यु,१९ जना घाइते(अपडेट

यात्रुबाहक बस पल्टिँदा १३ जनाको मृत्यु,१९ जना घाइते(अपडेट) सुर्खेत,पुष १३ । सुर्खेतको गमखोलामा यात्रुबाहक बस पल्टिँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १९ जना घाईते भएका छन् । शुक्रबार बिहान सुर्खेतको भेडाबारीबाट बीरेन्द्रनगरका लागि छुटेको ना २ ख ५७ ४१ बस बिहान दशरथपुर ६ गमखोलामा पल्टिएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा सुर्खेत ५ गुमीका राजेन्द्र गुरुङ, दीपेन्द्र गुरुङ, गुमी ४ का केशर श्रीस,सर्जन श्रीस,त्यस्तै सुर्खेतको कल्याण ८ की चन्द्रकला रावत,दशरथपुर ३ की ममता खड्का,दशरथपुर ५ का कुमार पौडेल,दशरथपुर ७ का मानबहादुर गाहा, दैलेख घर भएका प्रसाद,लेखफर्सा ९ का थमन मिदुन, साटाखानीकी दीपा ढकाल ,चितवनका राम रानाभाट र एक जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनाग्रस्त बस सडकबाट झण्डै ५० मिटर तल खसेको छ । नेपाली सेना, प्रहरी र स्थानीयबासिन्दाले उद्दारको काम गरिरहेका छन् । दुर्घटनामा परी घाईते भएका १९ जनाको स्थानिय अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनास्थल बीरेन्द्रनगरबाट २५ किलोमिटर पूर्वमा पर्छ । ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने घटनास्थल पुग्नुभएका प्रहरी निरीक्षक विश्व निरन्जन प्रधानले जानकारी दिनुभयो ।

कमेडी सर्कस हेर्नुस

कमेडी सर्कस हेर्नुस

सायद संयोगले खिचिए यी रोचक तस्वीर (फोटोफिचर)



हरेक फोटोग्राफरको एउटै इच्छा हुन्छ आफ्नो क्यामरामा त्यस्ता दृश्य कैद गर्ने जो अविस्मरणीय बनून् । यहीँ चाहनामा कोही क्रेजी फोटोग्राफरहरु एक क्लिक लिनकै लागि घण्टौसम्म एक्लै पर्खेर पनि बस्ने गर्छन् । तर त्यति गर्दा पनि सोँचेजस्तो तस्वीर क्यामरामा कैद नहुन सक्छ । कहिलेकाहीँ भने यस्तो तस्वीर अनायासै खिचिन्छ जुन खिच्ने बेलामा खासै महत्वपूर्ण नमानिएको हुनसक्छ, तर पछि हर्ेदा त्यो तस्वीर निकै महत्वपूर्ण, अविस्मरणीय, रोचक तथा अद्धितिय समेत बन्नसक्छ ।

 हामीले यहाँ इन्टरनेटमा प्राप्त त्यस्ता केही तस्वीर प्रस्तुत गरेका छौँ । यी तस्वीर खिच्नेको नाम थाहा नभएपनि तस्वीर हर्ेदा लाग्छ मात्र संयोग मिलेमा वा भाग्यले साथ दिएमा यस्ता तस्वीर कैद गर्न सम्भव हुन्छ ।

अरनिको राजमार्गमा खुलेका होटल र रेष्टुरेन्टमा बस्दा चुकुल लगाउन नपाउँने नियम


अरनिको राजमार्गमा खुलेका होटल र रेष्टुरेन्टमा बस्दा चुकुल लगाउन नपाउँने नियम बनाइएको छ ।
होटल तथा रेष्टुरेन्टमा हुने यौन दुव्र्यवहारको निवारणका लागि प्रहरीले अरनिको राजमार्गका दायाबाया खुलेका होटल र रेष्टुरेन्टका कोठामा बस्ने कुनै पनि पाहुनाले चुकुल लाउन नपाउँने व्यवस्था गरेको हो ।
प्रहरी र होटल व्यवसायिका बीच भएको बैठकले होटलमा बस्दा चुकुल नलाई बस्नुपर्ने लगायतका १२ बुँदामा सहमति गरेको छ । व्यवसायी र होटल व्यवसायिका बीचमा भएको १२ बुँदे सहमति अरनिको राजमार्गका १४ ओटा होटल तथा रेष्टुरेन्टमा मात्र लागु हुने प्रहरीले बताएको छ । अरनिको राजमार्ग अन्र्तगत जडिबुटीदेखि सूर्यविनयकसम्मका व्यवसायी र प्रहरीका बिचमा भएको छलफल पछि यस्तो निष्कर्ष निस्किएको हो । साथै बैठकले होटल तथा रेष्टुरेन्टमा कार्यरत महिला कर्मचारीलाई बिहान र दिउँसकोको समयमा सरसफाई बाहेक अन्य काम लगाउन नपाउँने समेत निर्णय गरेको छ ।
व्यवसायीले सुरक्षाको संवेदनशीलताई ध्ययन दिदै प्रहरीको प्रस्तावलाई स्वीकार गरेको बताएका छन् । यो सहमतिमा महिलाले खाना पकाउने, वेटर गर्ने लगायतको काम गर्न समेत रोक लगाउँने निर्णय गरेको सार्वजनिक भएको छ ।
केही समययता विभिन्न होटल तथा रेष्टुरेन्टमा महिलामाथि यौन शोषण भएको र हत्या समेत हुने गरेको सार्वजनिक भएपछि अरनिको राजमार्ग अन्तर्गतका होटलमा यस्तो निर्णय लागु गर्ने सार्वजनिक भएको हो । कानुन बन्ने तर कार्यान्वयन नहुने संस्कालाई यो सहमतिले कत्तिको साथ दिन्छ त्यो भने हेर्न बाँकी छ ?

करोड लुट्न प्लास्टिक पेस्तोल

करोड लुट्न प्लास्टिक पेस्तोल
-प्लास्टिकको पेस्तोल प्रयोग गरेर लुटेराले बैंक अफ काठमाडौंको दाङ शाखाबाट एक करोड रकम लुटेको नयाँ तथ्य खुलेको छ। पुस ६ गते कार्यालयमा तीनजनाको समूहमा आएकाले हतियार देखाएर क्यासियर, म्यानेजर र सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए।

केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा डकैतीमा प्रयोग भएको हतियार प्लास्टिकको भएको पुष्टि भएको हो। अनुसन्धानले घटनामा चलचित्र ‘लुट' कै कथानकको शैलीमा बैंक लुटिएको देखाएको छ।
बैंकका अप्रेसन इन्चार्ज खगेन्द्र बस्नेतले बैंक लुट्न काठमाडौंमा प्लम्बर काम गर्ने र विद्यार्थीको समूह बनाएका थिए। लुटपाटका लागि उनीहरुले महाबौद्धमा दुईवटा प्लास्टिकको पेस्तोल किनेको ब्युरोका एसएसपी उत्तमबहादुर कार्कीले बताए।
ब्युरोले बुधबार बैंक डकैतीमा प्रत्यक्ष संलग्न चारजनालाई काठमाडौंमा पक्राउ गरेपछि उनीहरुले बैंक डकैतीमा प्रयोग गरेको हतियार नक्कली भएको खुलेको हो।
पक्राउ परेका अमर बोहरा, प्रकाश परियार, सुशील रोकाया, प्रेम तामाङ र मिनुर तामाङलाई बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो। ब्युरोका अनुसार पक्राउ चारैजना घटनामा प्रत्यक्ष संलग्न थिए।
सुरुमा घटना रहस्यमय देखिए पनि बैंकका कर्मचारी बस्नेतको व्यवहार र बैंकभित्र रहेको क्लोज सर्किट टेलिभिजन बन्द भएकाले प्रहरीले डकैतीमा बैंककै कर्मचारीको संलग्नता आशंका गरेको थियो। प्रहरीले बैंकका अप्रेसन इन्चार्ज बस्नेतलाई दाङमा पक्राउ गरेको थियो। उनकै जानकारीका आधारमा अन्यलाई प्रहरीले बिहीबार काठमाडौंमा पक्राउ गरेको ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार बैंक डकैतीका मुख्य योजनाकार बस्नेत हुन्। सवारीचालक अमर बोहोरा, प्लम्बर प्रकाश परियार, विद्यार्थी सुशील रोकाया, प्रेम तामाङ र मिनुर तामाङले बस्नेतको योजना सफल बनाएका थिए।
हिनामिना लुकाउन डकैती
ब्युरोका अनुसार करिब डेढ वर्षदेखि अप्रेसन म्यानेजर बस्नेतले बैंकको रकम हिनामिना गर्दै आएका थिए। उनले बैंकको करिब २ करोड रकम व्यक्तिगत काममा खर्च गरेकाले सोही हिनामिना लुकाउन दुई महिनाअघिदेखि डकैतीको योजना बनाएका थिए।
दाङमा उनको सम्पर्क पातलो भएकाले उनले आफ्नो योजना सफल बनाउन काठमाडौंमा आएर सहयोगी खोजेका थिए। प्रहरीका अनुसार उनले काठमाडौंमा अध्ययनरत सुशील रोकायामार्फत अन्य सहयोगी जम्मा पारेका थिए।
समूह बनाएपछि बस्नेत मंसिर २९ गते काठमाडौं आए। दोस्रो दिन बिहान १० बजे रोकायाले भेला पारेका परियार, प्रेम र मिनुरस"ग नया" बानेश्वरको रातो भालेमा बसेर बैंक डकैती योजना सुनाएका थिए।
उनले फिल्मी शैलीको योजना सुनाउँदै आपूmले सबै प्रबन्ध गरेकाले सजिलै डकैती गर्न सकिने र प्रहरीले पत्तै नपाउने भन्दै उनीहरुलाई योजनामा संलग्न गराएका थिए। सहयोगीहरु डकैती योजनामा राजी भएपछि उनी सोही रात दाङ फर्किए।
‘काठमाडौंमा योजनाको जिम्मा पाएका सुशीलले पुस १ गते भृकुटीमण्डपबाट झोला र ज्याकेट, महाबौद्धबाट दुईवटा प्लास्टिकको पेस्तोल किने,' ब्युरोका डिएसपी दिनेश आचार्यले अनुसन्धान नतिजा सुनाए, ‘मंसिर १ गते बेलुका बस चढेर सहयोगी घोराही पुगे।'
प्रहरीका अनुसार दोस्रो दिन बिहानै बस्नेत होटलमा आएर डकैती योजनाको ब्रिफिङ गरेका थिए। उनले सबैलाई बेलुका सवा तीन बजे बैंकको रेकी गर्न बोलाएका थिए। योजनाअनुसार प्रेम र प्रकाश बैंक गएर अवलोकन गरी डकैतीपछि भाग्ने वैकल्पिक बाटो हेरेर होटल फर्किएका थिए।
अनुसन्धान अधिकारीका अनुसार मंसिर ४ गते बैंक लुट्ने योजना पक्का भएको थियो। तर, सो दिन बैंकमा गार्डहरुलाई ज्याकेट बाँड्ने कार्यक्रम रहेकाले अन्य शाखाचका सुरक्षाकर्मीसमेत आएका थिए। बस्नेतले योजना ६ गतेलाई सारे।
उनले डकैतीपछि रकम सुरक्षित राख्न परिचित तीर्थराज शर्माको बा ७ च ३६८५ नम्बरको रातो बोलेरो जिप लिएका थिए। योजनाअनुसार ६ गते चारजना तुलसीपुर बसपार्क पुगे। बस्नेत त्यहीँ गएर उनीहरुलाई २५ हजार रुपैंयासँगै काठमाडौं फर्कने चारवटा टिकट दिए।
अनुसन्धान अधिकारीका अनुसार उनीहरु आइएमईबाट पैसा पठाउने र पैसा जम्मा गर्ने बहानामा ६ गते बेलुका साढे पाँच बजे बैंकमा छिरेका थिए। अन्दाजी ६ बजे पेस्तोल झिकेर उनीहरुले बैंक म्यानेजर ऋषि श्रेष्ठ, सुरक्षागार्ड, प्रेम नेपाली र क्यासियरलाई नियन्त्रणमा लिए।
‘उनीहरु पैसा राखेको भल्टमा गए, म्यानेजर र गार्डलाई घोप्टो पारेर हात बा"धे,' डिएसपी आचार्यले भने, ‘क्यासियरले भल्टबाट पैसा निकालेर झोलामा राखिदियो।'
प्रहरीका अनुसार करिब १० मिनेटमै प्रकाश परियार पैसा लिएर गाडीमा पुगेका थिए। उनी सोही गाडीबाट आलुमण्डी पुगेर कपडा फेरेका थिए। उनले झोलामा रहेको एक लाख ५० हजार निकाले। जिपचालक अमर बोहोराले पैसाको झोला आफ्नो कोठामा पु¥याएर जिप पुनः बैंकअगाडि पार्क गरेका थिए।

एक करोड अन्योलमा
सिआइबी अधिकारीका अनुसार डकैतीमा संलग्न चारैजना बैंकबाट बाहिर निस्केर नजिकैको नालीमा नक्कली पेस्तोल फालेर लोकल बस चढी घोराही लागेका थिए। संगै हिँड्दा पक्राउ पर्नसक्ने देखेर उनीहरुले काठमाडौं आउन छुट्टाछुट्टै बसको टिकट काटेका थिए।
सुशील र मिनुर एउटा बसमा, प्रकाश र प्रेम अर्कोमा चढी काठमाडौं हिँडेका थिए। प्रकाश मुङलिनमा झरेर गोरखा पालुङटार गए। अन्य काठमाडौं आए। प्रकाशले लिएको डेढ लाखमध्ये ५० हजार हजुरआमालाई र ६० हजार बाबुलाई दिएर भोलिपल्ट काठमाडौं फर्किएका थिए।
बैंकले डकैतीपछि बैंकमा २ करोड ६ लाख रकम हराएको दाबी गरे पनि प्रहरीले करिब ८७ लाखमात्र बरामद गरेको छ। लुटिएको रकममध्ये ८६ लाख ७९ हजार रुपैयाँ दाङमै अमर बोहोराको कोठामा फेला परेको थियो। ब्युरोले परियारको गोर्खामा रहेको घरबाट ५० हजार फेला पारेको थियो। बाँकी रकम खुल्न सकेको छैन।
अनुसन्धानमा संलग्न डिएसपी आचार्य बस्नेतको साथबाट ९ लाख ६० हजारको चेक फेला परे पनि अन्य रकम नखुलेको बताए। बैंक डकैतीमा प्रयोग भएको ब्यागमा २ करोड रकम अट्न नसक्ने प्रहरीको निष्कर्ष छ। बैंकको दाबीअनुसारको रकम नलुटिएको अनुसन्धान अधिकारीको निष्कर्ष छ।

भुपु स्वास्नीको नाक छुरीले च्वाट्टै


भुपु स्वास्नीको नाक छुरीले च्वाट्टै
सायद अरुसँग पोइल जाने तरखर गरेर आफ्नी श्रीमतीले आफ्नो नाक काटिदिएको वा इज्जतमा दाग लगाइदिएको अनुभुति उनलाई भैरहेको थियो होला र उनी भित्रभित्रै पाकिरहेका थिए होला । सायद सोही रिसको झोँकमा आफ्नो इज्जतको नाक काटिदिने उनै भूतपर्ूव श्रीमतीको साँच्चीकै नाक उनले छुरीले च्वाट्टै काटिदिए ।
कुनै बनाबटी कथाजस्तो लाग्ने यो घटना पाकिस्तानको फैसलावादको वास्तविक घटना हो । एक जना पाकिस्तानी पुरुषले सम्बन्धविच्छेद गरेर गएकी पर्ूव श्रीमतीको नाक काटिदिएका छन् । फैजल रसूल नामका ती पुरुषले भुपु श्रीमती सजिदा बीबीको नाक काटिदिएका हुन् । भुपु लोग्नेद्धारा नाक काटिएकी बीबीको अस्पतालमा उपचार भैरहेको बताइएको छ । ४ वर्षअघि रसूलसँग बिहे गरेकी बीबीले एक वर्षघि डिभोर्स गरेकी थिइन् । रसूलले लागु पदार्थ खाने भएकाले आफुले डिभोर्स गरेको उनको भनाइ छ ।
डिभोर्स गरेकोमा बीबीलाई धम्क्याइरहने रसूले हालै बीबीको अपहरण गरे, हातखुट्टा डोरीले बाँधिदिएर चक्कुले नाक काटिदिए अनि भागे ।

कसैले छोड् भन्दैमा सहमति नभई छाड्दिँन : प्रधानमन्त्री


कसैले छोड् भन्दैमा सहमति नभई छाड्दिँन : प्रधानमन्त्री
१३ पुस, कास्की । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरुबीच सहमति नहुँदासम्म आफूले पद नछाड्ने दोहोर्याउनुभएको छ । कास्कीको सिल्दूजरे गाविसमा शुक्रबार भएको कार्यक्रममा उहाँले कसैले छोड् भन्दैमा आफूले नछाड्ने बताउनुभएको हो । ‘दलहरुबीच पदको लडाइ चलिरहेको छ, तर सहमति जुटेको छैन’ प्रधानमन्त्रीले भन्नुभयो-’सहमतिको लागि म बाधक बन्दिँन ।’
आफूलाई सहमति बाधक बनेको भनेर लाग्ने गरेको आरोप झुटो भएको प्रधानमन्त्रीले दावी गर्नुभयो ।प्रधानमन्त्री भट्टराईले देशमा शान्ति, संविधान, सहमति र समृद्धिका लागि आफ्नो प्रयास जारी रहेको भन्दै विकास निर्माणका कामका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
उपल्लो मादी जलविद्युत्त आयोजनाको शिलान्यास
प्रधानमन्त्री भट्टराईले कास्कीको सिल्दूजुरे र नामार्जुङ् गाविसको बीचमा पर्ने उपल्लो मादी जलविद्युत आयोजनाको शिलान्यास गर्नुभएको छ । चीनको थि्र गर्जेज कम्पनी र नेपालको निजी क्षेत्रको लगानीमा बन्ने आयोजना २५ मेगावाट क्षमताको हुनेछ ।
जलविद्युत्त आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्रीले विकास योजनाहरुको सुरक्षामा सरकार पूर्ण प्रतिवद्ध रहेको भन्दै ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो ।

Thursday, December 27, 2012

एक तिहाइ बेलायती भन्छन् : १० लाख दिए जवानी बेच्छु


एक तिहाइ बेलायती भन्छन् : १० लाख दिए जवानी बेच्छु
हरेक तिन जनामा एक जना बेलायती पैसाका लागि जो सुकैसँग पनि सेक्सका लागि तयार हुन्छन् । धनी देश बेलायतका जनताले पैसाकै लागि आफ्नो जवानी दाउमा राख्लान् भनेर सायद पत्याउनुहुन्न होला । तर यो कुरा सत्य हो की एक तिहाइ बेलायती १० लाख पाउण्ड पैसा पाएमा जो सँग पनि सेक्स गर्न तयार हुन्छन् ।
अध्ययन अनुसार ३५ प्रतिशत बेलायतीले १० लाख पाउण्ड आफ्नो हातमा पारिदिने जो सुकैसँग आफु यौनक्रिडा गर्न तयार हुने बताएका छन् । झण्डै १४ करोड २४ लाख रुपैयाँमा जो सुकैलाई जवानी सुम्पिन तयार हुने बेलायतीहरु सयमा ३५ जना भएपनि अरु ६५ जनाले भने पैसाका लागि आफुले आफ्नो अस्मिता नबेच्ने बताए । आफुले कुनैपनि बहानामा पार्टनरलाई धोका दिन नसक्ने उनीहरुको भनाइ छ ।
अनलाइनबाट गरिएको सर्भे अनुसार ४५ प्रतिशत बेलायतीले फोन सेक्सको मज्जा लिने गरेका छन् । त्यस्तै १४ प्रतिशतले सेक्सको बेला आफ्नो भुपु मायालुलाई सम्भिmने गर्दा रहेछन् भने ५ प्रतिशतले सेक्सकै बेला आफ्नो कार्यालयका सहकर्मीलाई सम्भिmँदा रहेछन् ।
अध्ययन अनुसार बेलायतीहरुले हप्तामा ३ देखि ४ पटकसम्म सेक्स गर्छन् । २ प्रतिशत बेलायतीहरुले अहिलेसम्म आफुले १ सय भन्दा बढि जनासँग सेक्स गरेको बताएका छन् । २२ प्रतिशत बेलायतीले भने अहिलेसम्म सेक्सका बेला कण्डम प्रयोग गरेका छैनन्

कुन देशका महिला सबैभन्दा धोकेबाज ?


कुन देशका महिला सबैभन्दा धोकेबाज ?
विश्वमा सबैभन्दा धोकेबाज महिला कुन देशका होलान् ? कुन देशका पुरुषहरुले प्रेमिकाबाट सबैभन्दा बढि धोका खानु परेको होला ? सायद धोका खानेहरुका लागि आफुले पाएको धोका सबैभन्दा ठूलो लाग्छ र आफ्नै देशका महिलालाई सबैभन्दा धोकेबाज ठान्छ । तर एक अध्ययनले भने अफि्रकी देश घानाका महिलाहरु सबैभन्दा धोकेबाज रहेको देखाएको छ ।
कण्डम उत्पादक कम्पनी ड्युरेक्सले विश्वका ३६ देशका २९ हजार महिलामा गरेको अनलाइन सर्भे अनुसार ६२ प्रतिशत घानाका युवतीहरुले आफ्नो प्रेमी वा पार्टनरलाई धोका दिने गरेका छन् । धोकेबाज युवतीको दोश्रो स्थानमा थाइल्याण्डका तरुनीहरु छन् । सयमा ५९ जना थाइ महिलाहरुले आफुले आफ्नो पार्टनर वा प्रेमीलाई धोका दिने गरेको स्विकार गरे ।
विश्वमा सबैभन्दा धोकेबाज महिलाको तेश्रो स्थानमा भने मलेसियाली महिला परेका छन् । ३९ प्रतिशत मलेसियाली महिलाले आफ्नो पार्टनरलाई धोका दिने गरेको पाइएको छ ।
धोकेबाज महिलाहरुको चौथो स्थानमा रुसी महिला परेका छन् भने पाचौ स्थानमा सिंगापुरे महिला छन् ।
यता प्रेमिप्रेमीका दुबैले एक अर्कालाई धोका दिने मामिलामा भने थाइल्याण्डका तरुनी तन्नेरी एक नम्बरमा छन् । दोश्रो नम्बरमा दक्षिण कोरियाली तन्नेरी छन् भने तेश्रो स्थानमा मलेसियाली छन् ।
यस्तै एसियाली पुरुषमध्ये बढि केटी फेर्ने मामिलामा भने सिंगापुरे र हंगकंगका पुरुषहरु एक नम्बरमा छन् । त्यहाँका पुरुषहरुले आफ्नो जिवनकालमा औषतमा १६ जना केटीहरुसँग मस्ती गर्न भ्याउँछन्

आमासहित दुई बच्चा मृत अवस्थामा फेला


आमासहित दुई बच्चा मृत अवस्थामा फेला
विराटनगर,पुष १२ । मोरङको उत्तर पूर्वि पहाडी गाविस टाँडी ४ मा आमासहित दुई बच्चा मृत अवस्थामा फेला परेका छन् । बिहीबार बिहान तीन वर्षकी छोरी र डेढ वर्षका छोरा झुण्डिरहेको अवस्थामा र आमाको पेटमा छुरा प्रहार गरिएको अवस्थामा भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टाँडी ४ मा बस्ने लंका राईका २५ वर्षीया श्रीमती माया, छोरी चाहना र छोरा आइडिल मृत अवस्थामा भेटिएको हो । मोरङ प्रहरीले घटनाबारे बुझ्न उर्लावारी इलाका प्रहरी कार्यालयका इन्सपेक्टर टुण्डीराज न्यौपानेको कमाण्डमा नौ जना प्रहरी घटनास्थल पठाएको छ ।  श्रीमान् लंका खेतमा काम गर्न गएको बेला उक्त घटना भएको स्थानीयको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

मिनी स्कर्ट नलगाउन युवतीहरुलाई राजाको उर्दी

मिनी स्कर्ट नलगाउन युवतीहरुलाई राजाको उर्दी नेपाल र भारतमा अहिले बलात्कार काण्ड खुबै चर्किरहेको छ । बलात्कारीलाई कडा सजायँ गर्नुपर्ने माग उठिरहेको छ । यहीँ बेलामा स्वाजिल्याण्ड भन्ने देशका राजाले भने बलात्कार रोक्न भन्दै अचम्म लाग्दो नयाँ कानून पारित गरेका छन् । उक्त कानून अनुसार अब त्यस देशका महिलाहरुले मिनी स्कर्ट तथा अरु छोटा वस्त्र लगाउन पाउने छैनन् । र यो कानूनको उल्लंघन गर्नेलाई ६ महिनासम्मको जेल सजाय हुनेछ । तरुनीहरुले मिनिस्कर्ट लगायतका छोटा कपडा लगाउँदा बलात्कारका घटना बढेको दाबी त्यहाँका राजाको छ । विडम्बनाको कुरा त के भने आफ्नो दैनिक जिवनमा मिनीस्कर्ट लगाउन युवतीहरुलाई प्रतिबन्ध लागेपनि राजाको लागि देखाइने अर्धनग्न नाचमा भने मज्जाले मिनीस्कर्ट र छोटा कपडा लगाउन पाइनेछ । स्मरण रहोस् स्वाजिल्याण्डमा वर्षेनी राजाको लागि देशभरका युवतीहरुले दरबार अगाडि जम्मा भएर टपलेस नाच देखाउने परम्परा छ । छातिको भाग सबै छोप्ने तल्लो भागमा पिँडौलासम्म ढाकिने कपडा अब युवतीहरुले लगाउनुपर्नेछ । स्मरण रहोस् युवतीहरुलाई मिनीस्कर्ट लगाउन नपाउने कानून बनाउने स्वाजिल्याण्डका राजाले १३ वटी स्वास्नी जम्मा गरेका छन् । स्वाजिल्याण्डका दुइ तिहाइ युवती यौन उत्पिडनको सिकार हुने गरेका बताइएको छ ।

नेताहरुले मुलुककै खिल्ली उडाएको र उनीहरूलाई सवक सिकाउने बेला आएको


नेताहरुले मुलुककै खिल्ली उडाएको र उनीहरूलाई सवक सिकाउने बेला आएको
राजनीतिक अबस्था प्रति जनतामा निराशा बढिरहेको बिष्लेषण भईहेको समयमा लोकप्रिय कलाकार महजोडीले नेताहरुले मुलुककैको खिल्ली उडाएको र उनीहरूलाई सवक सिकाउने बेला आएको टिप्पणी गरेका छन्। उनीहरुले लोकतन्त्र र गणतन्त्र जस्ता जनप्रिय राज्यको पनि बेईजेत गरेको र सवक सिकाउने बेला आएको छ ।
<iframe width="560" height="315" src="http://www.youtube.com/embed/u_nvkvzmvFU" frameborder="0" allowfullscreen></iframe>

ट्राफिक प्रहरीले मुस्कानसहित सेवा दिने


 काठमाडौं उपत्यकामा सवारी व्यवस्थापनमा खटिएका ट्राफिक  प्रहरीको आचरण र व्यवहारमा फरक पाइने भएको छ । अब विगतमा जस्तो छुचो र रुखो रूपमा नभई मुस्कानसहितको हसिलो अनुहार र सरल व्यवहारका साथ ट्राफिक प्रहरी प्रस्तुत हुनेछन् ।
सवारी व्यवस्थापनमा १८ घन्टासम्म खटिएर काम गर्दासमेत उनीहरुको बारेमा सडक प्रयोगकर्ता र व्यवसायीबाट जनगुनासो र टीकाटिप्पणी हुने क्रम नरोकिपछि सङ्गठन आचार र व्यवहार सुधारको पाटोलाई अघि बढाउने निष्कर्षमा पुगेको हो । त्यसका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले आफ्ना मातहतको जनशक्तिलाई मुस्कानसहितको सेवा प्रदान गर्न निर्देशनसमेत दिइसकेको छ ।
महाशाखाले आफ्नो मातहतका जनशक्तिको आचरण र व्यवहारमा परिवर्तन ल्याउन तालिम तथा अनुशिक्षण कार्यक्रम बिहीबारदेखि सुरु गरेको छ । ‘मुस्कानसहितको सेवा’ नाम दिइएको अनुशिक्षणको उद्घाटन गर्दै महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख नवराज ढकालले प्रहरी सङ्गठनको दूतको रुपमा ट्राफिक प्रहरी सडकमा खटिने हुँदा सङ्गठनको छविलाई उज्ज्वल तुल्याउन उनीहरुको व्यवहार र आचरणले ठूलो योगदान पुर्‍याउने बताउनुभयो ।
महाशाखाका प्रमुख उपेन्द्रकान्त अर्यालले ट्राफिक प्रहरीको आचरण र व्यवहार सुधार्नुपर्ने पाटोका बारेमा धेरै जनगुनासो आएपछि त्यसलाई सुधार्न अनुशिक्षण कार्यक्रमको थालनी गरिएको उल्लेख गर्नुभयो । हाल उपत्यकामा १ हजार १ सय ४६ जना मात्रै ट्राफिक प्रहरी छन् । रासस