Friday, December 14, 2012

पाटन अस्पतालमा चिकित्सक र प्रहरीको झडप प्रहरीले बर्सायो लाठी


पाटन अस्पतालमा चिकित्सक र प्रहरीको झडप प्रहरीले बर्सायो लाठी
पाटन अस्पतालका आन्दोलनरत कर्मचारीले लगाएको ताला प्रहरीले खोलेपछि सो अस्पतालमा तनाव उत्पन्न भएको छ ।
दुई महिनाभन्दा बढी समयदेखि आन्दोलनरत कर्मचारीले उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा लगाएको ताला गएराति प्रहरीले खोलेपछि आज पुनः ताला लगाउने क्रममा दुई पक्षबीच झडप हुँदा अवस्था तनावपूर्ण बनेको हो । आन्दोलनकारीले ताला लगाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सम्भावित घटनालाई मध्यनजर गर्दै अस्पताल परिसरमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ । प्रहरीको अवरोधका बीच पुनः उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको आन्दोलनरत अखिल नेपाल स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष चतुरनारायण चौधरीले बताउनुभयो ।

No comments:

Post a Comment