Friday, December 14, 2012

अपहरणपछि हत्या गर्ने ८ जनालाई ७८ वर्ष कैद

बाँकेको जयबागेश्वरी उमाविमा अध्ययनरत विद्यार्थी कपिल द्विबेदी र लिलाधर भट्टको अपहरण गरी हत्या गर्ने आठजनालाई जिल्ला अदालत बाँकेले सर्वस्वसहित ७८ वर्ष कैद सजाय भएको छ। बाँके इन्द्रपुर ३ का मेराज अहमद साइ, इव्राहिम मनियार, कैलाश गड्रिया, राजितराम कुर्मी, रामशोभित बर्मा, इन्साफ अली शेष, रज्जव अली साइ र इन्द्रपुर ४ का बर्षाती भन्ने नजिर खाँलाई शुक्रवार जिल्ला अदालत बाँकेका न्यायधीश शेखर प्रसाद पौडेलको इजलासले ७८ बर्ष कैद सजाय तोकेको हो। हत्याका मुख्य अभियुक्त साईले बालक द्विवेदीको परिवारबाट १० लाख फिरौती समेत लिएका थिए। उनलाई फिरौती लिए वापतको १० लाख पीडित परिवारलाई दिलाई दिनु पर्ने फैसला भएको छ। पीडित परिवारलाई क्षतिपुर्ति वापत सबै प्रतिवादीबाट एक लाख भराई पाउने समेत फैसलामा उल्लेख छ। फिरौती दिनेक कार्यमा मध्यस्थता गरेको आरोप लागेका अधिकारकर्मी सिपि सिंहलाई अदालतले सफाई दिएको छ। अपहरण र हत्यामा सहयोग गरेको अभियोग लागेका प्रहरी हवल्दार शाकिर अलि बेहनालाई ४४ वर्ष कैद सजाय तोकिएको छ। फैसला सुने पछि अदालत परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कपिलकी आमा ऋचाले न्याय पाएको बताइन्। २०६७ साल असोज महिनामा अपहरण गरी हत्या गरेको अभियोग लागेका अन्य ६ जना फरार छन्।

No comments:

Post a Comment