Friday, December 28, 2012

साहुको ऋण तिर्न नसक्दा वनवास गएका चेपाङ परिवारको ७ बर्ष पछि उद्दार


साहुको ऋण तिर्न नसक्दा वनवास गएका चेपाङ परिवारको ७ बर्ष पछि उद्दार
साहुले सम्पत्ति हडपेपछि सात वर्षदेखि कहालीलाग्दो ओडारमा बस्दै आएका धादिङ जोगिमाराका  सुमानसिंह चेपाङको परिवारलाई दानीहरूले गाउँ फर्काएका छन् । ३० हजार रुपैयाँ ऋण तिर्न नसक्दा भएको जायजेथासमेत छाडेर बनबास जान बाध्य सुमान परिवारको ऋण मंगलबार साहुलाई चुक्ता गरिएको छ ।रुपन्देहीको शंकरनगर– २ का पूर्णबहादुर केसीले ३० हजार नगदसहित खाने र पकाउने भाँडा सहयोग गरेपछि चेपाङ गाउँ फर्किएका हुन् । सुमानलाई जोगिमारा–२ जवाङस्थित पहिलेकै जग्गामा पुनस्र्थापना गरिएको
केसीबाहेक विभिन्न व्यक्ति र संस्थाले सुमानलाई गरेको सहयोग राशि १ लाख ५१ हजार रुपैयाँ पुगेको छ । उनलाई भाँडाकुँडा र लत्ता कपडा पनि सहयोग गरिएको छ । ऋण तिर्न नसक्दा सुमानको परिवारले सात वर्षदेखि ओडारमा कष्टकर जीवन बिताइरहेको समाचार प्रकाशित भएपछि विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेका हुन् ।सुमानको श्रीमती, तीन छोरी र एक छोरा गरी ६ जनाको परिवार छ । उनलाई काठमाडांैका अनिल र प्रमिला महर्जनले ३० हजार नगदसहित लत्ताकपडा सहयोग गरेका छन् । ललितपुरका प्रचण्ड शाहले २५ हजार, रामहरि र कल्पना श्रेष्ठले ५ हजार, दीपेन्द्रबहादुर थापाले ५ हजार, कर्ण लामाले ५ हजार सहयोग गरेका छन् । त्यस्तै, नरबहादुर बीसी, देवकुमारी बीसी, सोभित केसी, रानी केसी र बिन्दु केसीले ३० हजारसहित लत्ताकपडा उपलब्ध गराएका छन् ।स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था धादिङले ८ हजार नगदसहित लत्ताकपडा सहयोग गरेको छ । काठमाडौंको कुलेश्वर निवासी उज्ज्वल राणाले १२ हजार बराबरका लत्ताकपडा र खाद्यान्न दिएका छन् । कुलेश्वरकै मनकुमार श्रेष्ठबाट ३० हजार नगद प्राप्त भएको छ ।सुमानलाई सहयोग बाँडिरहँदा बाटोमा हिँड्दै गरेका तनहँुका यमबहादुर खाँणले ५ सय र सुमानसिंहकै साहु नरबहादुर चेपाङले समेत १ हजार रुपैयाँ सहयोग गरेका थिए ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले एक त्रिपालसहित भाँडावर्तन, लत्ताकपडा र श्री सबुज गण गजुरीले कम्मलसिहत लत्ताकपडा सहयोग गरेका छन् ।जिविस धादिङका सामाजिक विकास अधिकृतले घर बनाउँदा आवश्यक जस्तापाता दिने प्रतिबद्धता जनाएका छन् । सुमानले भोगेको जस्तो समस्या २१ औं शताब्दीमा कसैले भोग्नु नपरोस् भनी सहयोग गरेको दाताहरूले बताएका छन् ।सुमानका साहु नरबहादुरले आफूले जग्गा छाडेर नजाऊ भन्दा सुमानले ब्याज बढ्दै जान्छ, तिर्न सक्दिनँ भनेर हिँडेको दाबी गरेका छन् । सुमानले पनि सावाँ–ब्याज तिर्न नसक्ने भएपछि जग्गा सुम्पेर हिँडेको स्वीकार गरे । दाजु शंखमानले भने २३ हजार रुपैयाँमा ३ कठ्ठा १९ धुर जग्गा आफ्नो नाममा पास गरेर आफूलाई गाउँबाट लखेटेको गुनासो सुमानको छ ।सुमानका दुई छोरीले आफूखुसी विवाह गरिसकेका छन् भने १३, १२, ३ वर्षीया छोरी र ६ वर्षका छोरा उनीहरूसँगै बस्छन्

No comments:

Post a Comment