Saturday, July 13, 2013

यौन भिडियो बनाएपछि विवाह


यौन भिडियो बनाएपछि विवाह

भक्तपुर नगरपालिका १० चोछेको गल्लीमा बस्दै आएकी काभ्रेकी १२ वर्षीया बालिकालाई जरबजस्ती गर्ने केटा भर्‍याङ छेउमा लुकेर बसेको हुन सुक्ने बालिकाले बताइन । उनी सात कक्षामा भक्तपुरको एक विद्यालयमा अध्ययनरत छिन् । प्रहरीले बालिकालाई जबरजस्ती गरेको आरोपमा भक्तपुर नगरपालिका १४ बोलाछेका २२ बषर्ीय रञ्जन प्रजापतिलाई नियन्त्रणमा लिई मंगलबार सात दिनको म्याद थप गरेको छ । प्रजापतिलाई जबरजस्ती करणी र अप्राकृतिक मैथुनमा अन्तर्गत मुद्धा चलाएको छ ।

प्रहरी निरिक्षक अर्जुनकुमार श्रेष्ठका अनुसार प्रजापति शुक्रबार सार्वजनिक अपराधको कारबाही भोगेर तीन हजार धरौटीमा छुटेका थिए । सिद्धपोखरीको माछा चोरी गरेको आरोपमा उनलाई यस अघि पक्राउ गरेको थियो । त्यस अघि एक रेष्टरेन्टमा कार्यरत युवतीको सामान चोरेको आरोपमा पक्राउ परेका थिए । बालिकाको आफन्तले दोषीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् ।

पीडित बालिकाको बुबा फलफुल व्यापार गर्छन । भर्‍याङ मुनी व्यापारका सामान राखेका थिए । सौचालय जान लागेकी छोरीलाई सामान भए नभएको हेर्न अराएका थिए । ‘बुबाले भर्‍याङमुनीको सामान छ कि छैन हेर्न पठाउनु भएको थियो । त्यही बेला सौचालय गएर कोठामा जादै थिए,’पीडित बालिकाले भनिन,’सुरेश भन्ने मान्छे यही बस्छन, उनलाई चिन्छौ कि चिन्दैनौ भनेर सोध्यो, मैले यो नाम गरेको मान्छे बस्दैन भन्ने बित्तिकै मुख छोपेर भूइमा लडाए अनि जबरजस्ती गर्‍यो ।’ बालिकाको गुप्ताङग रक्तताम्य भएपछि आफन्तले उपचारको लागि भक्तपुर अस्पताल पुर्‍याएका थिए । प्रहरीले घटनाको जानकारी पाएपछि पीडितसंग सोधपुछ थालेको थियो । पीडित बालिकाले आफूलाई जबरजस्ती गर्ने युवक २०- २२ बर्षको, रातो कपाल भएको, सेतो पाइन्ट लगाएको जस्ता हुलिया दिएकी  थिइन । त्यसको आधारमा प्रहरीले अनुसन्धान गर्दा प्रजापति घटना संलग्ना रहेको आरोपमा पक्राउ गरेको हो ।

भक्तपुरमा बलत्कारको घटना बढेको प्रहरी तथ्याङक छ । काभ्रेकी यी बालिका सहित माघमा मात्रै चार वटा यस्ता घटना भएको छ । भक्तपुर प्रहरीको तथ्याङक अनुसार चालू आर्थिक बर्षको साउनदेखि सोमबारसम्म ११ वटा जबरजस्ती करणीको घटना भएको छ । गत एक बर्षमा ११ वटा करणीको घटना भएकोमा यस बर्ष सात महिनामा ११ वटा घटना भएको छ । त्यस्तै ०६६/६७ र ०६७/६८ मा ५/५ वटा घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय बाहेक बैबाहिक बलत्कारको घटना सिधै अदालतमा समेत मुद्धा पर्ने गरेको छ ।  मोरङ घर भएकी एक युवतीले जिल्ला अदालतमा दिएको उजुरीमा बिबाह गर्नु अघि सेक्स भिडियो बनाएकै आधारमा जबरजस्ती विवाह गर्नु परेको र विवाह पछि पनि पशुवत करणीको समाना गर्नु परेको भन्दै सम्बन्ध बिच्छेदको माग गर्दै मुद्धा दायर गरेकी छिन् ।

No comments:

Post a Comment