Monday, December 24, 2012

महिलाका लागि पहिलो रोजाइमा सुन्दरता, सेक्स तेश्रो स्थानमा

एक अध्ययनले महिलाहरुको लागि आफ्नो जिवनमा सबैभन्दा महत्वको कुरा आफ्नै जिउको सुन्दरता रहेको तथ्य पत्ता लगाएको छ ।
अध्ययन अनुसार महिलाहरुको लागि आफ्नो सुन्दरता पहिलो प्राथमिकतामा रहन्छ, त्यसपछि मात्र खाना र तेश्रो स्थानमा बल्ल सेक्स पर्दछ ।
बेलायतमा गरिएको सर्भेक्षण अनुसार महिलाले सबैभन्दा पहिले यो सोच्छन् की उनी कति चिरिच्याँट भए । त्यसपछि मात्र उनीहरुको दिमागमा पुरुषहरुको अनुहार याद आउँछ । तर उनीहरुको प्राथमिकतामा सेक्स खासै पर्दैन । महिलाहरुले सेक्सलाई भन्दा भोजनलाई प्राथमिकता दिन्छन् ।
महिलाहरुका लागि पुरुष भन्ने चिज अन्तिम छनोटको कुरा हो । महिलाहरुका अनुसार खानपिन गर्न छाडेर पुरुषहरुका पछाडि लाग्नु मुर्खता हो । चारमा एक जना महिलाले सोँच्छन् की लभको चक्करमा फस्नुभन्दा आफ्नो जिउ सिँगार्नु महत्वपूर्ण हुन्छ ।
एक तिहाइ भन्दा बढि अर्थात् ३७ प्रतिशत महिलाले आफुले भोजनमा बढि ध्यान दिने बताए । उता ५७ प्रतिशत महिलाले आफुले भोजन र सेक्सका बारेमा सबैभन्दा बढि सोँच्ने गरेको जवाफ दिए ।
२९ प्रतिशत महिलाका लागि आफ्नो सुन्दरतामा ध्यान नदिनु भनेको आफ्नो प्रेमीलाई धोका दिनु हो ।

No comments:

Post a Comment