Thursday, December 27, 2012

नेपालमा छाडा सेक्स विक्दैछ

  नेपालमा छाडा सेक्स विक्दैछ
अमेरिकाबाट भर्खरै नेपाल आउनुभएको छ, कस्तो चल्दैछ अमेरिकाको बसाइ ?
 एकदमै ठीक चलिरहेको छ । केफएसी र टाकबेलको म्यानेजरको रुपमा काम गर्दैछु ।
 नेपाल सधैंका लागि नर्फकने तपाई ?
 रहर छ र संभव पनि छ । तर, अर्को वर्षदेखि धेरै नेपाल र कम अमेरिकामा बस्ने तयारीमा छु ।
 सरोज खनालले नेपाली सिनेमालाई र दर्शकलाई धोका दियो भन्छन् नि ?
 मैले मात्र धोका दिएको हो भन्न मिल्दैन । समय र परिस्थितिले धोका दिएको हो । म एकदमै उचाइमा पुगेको हो । म वास्तवमा अमेरिका कार्यक्रमका लागि गएको थिएँ । र, त्यहाँ रहँदा रहँदा घुम्दै घुम्दै बसें म ।
 अबको योजना के छ ?
म सिनेमा बनाउँछु, यही काम गर्छु ।
सिनेमा बनाउने चर्चा छ नि तपाईको ?
हो, म सिनेमा बनाउने तयारीमा छु । तर, कथाबस्तु तयार भइरहेको कारणले अन्य कुरा केही पनि नखोलौ ।
मानव नामक सिनेमामा अभिनय गर्नुभयो, कस्तो सिनेमा हो मानव ?
यो मसलेदार सिनेमा नै हो । अहिले जे परिपाटी चलिरहेको छ, मानव यस्तै कथावस्तुमा निर्माण भएको छ ।
अब कस्तो सिनेमामा अभिनय गर्ने रहर छ तपाईलाई ?
मैले मात्र सोचेर हुँदैन । मैले बनाउने सिनेमामा त म खोजेको भूमिका गरौंला । तर, अरुको सिनेमामा सबै मैले भनेको कहाँ हुन्छ र ।
कस्तो पाउनुभयो अहिलेको नेपाली सिने क्षेत्र  ?
अहिले छाडा प्रवृति निक्कै बढेको पाए मैले । पहिलाको भन्दा धेरै राम्रो हुनुपर्ने हो तर सिनेमाको गुणस्तर झनै खस्किएको रहेछ । अमेरिकामा सेक्स खुल्ला छ, हामी परिवारसँग बसेर त्यहाँको सिनेमा हेर्न सक्छौं । तर, नेपाली सिनेमा परिवारसँग बसेर पनि हेर्न नसक्ने भएछ ।
अब तपाईलाई नेपालको कुन नायिकासँग रोमान्स गर्न मन लागेको छ ?
म नयाँ अनुहारहरु नामले खासै चिन्दिँन । तर, नयाँ नायिकासँग अब मेरो जोडी सुहाउँछ भन्ने पनि लाग्दैन । यसैले नयाँ नायिकासँग रोमान्स गर्ने चाहना छैन ।
तपाईको समयमा कुन नायिकाको बढि याद आउँछ ?
म गौरी मल्ललाई धेरै संझन्छु । उहाँको अभिनयको म पनि फ्यान हुँ । सौन्दर्य र चर्चाको हिसावले करिश्माको पनि धेरै याद आउँछ ।
नेपाली सिनेमामा अहिले यौनजन्य सिनेमा हाबी हुँदै छन्, तपाई यसबारे के भन्नुहुन्छ ?
यो मलाई समयको मागजस्तो लाग्दैन । चपली हाइट र लुट चलेपछि सबै यसका पछि लागे । छाडा शब्द राख्दैमा सिनेमा एडभान्स हुन सक्दैन । अब यो एकबर्ष भन्दा बढी जान्छ जस्तो मलाई लाग्दैन ।
आजको समयमा सरोज खनाल नेपाली सिनेमामा भएको भए के यस्ता दृश्य दिन्थ्यो होला ?
म यस्तो दृशय कहिले पनि दिन्न थें । यो छाडा हो भन्ने लाग्छ मलाई ।
यस्ताखालका सिनेमा निर्माण हुनुमा कसको बढी दोष देख्नुहुन्छ तपाई ?
सबैभन्दा बढी त निर्माता निर्देशकको नै हात छ । दुबैजनाले भनेपछि कलाकार अभिनय गर्न बाध्य भैहाल्छन् नि ।
सिनेमा निर्देशन गर्ने सोच छ या छैन ?
म अहिले तत्काल यसका लागि परिपक्क छैन । सिनेमा निर्देशन गर्नु र अभिनय गर्नुमा धेरै फरक छ ।
दर्शकले सरोज खनाललाई सम्झिए कि बिर्सिएजस्तो लाग्छ ?
 अहिलेसम्म सम्भिmरहनुभएको छ मलाई दर्शकले । मलाई एकदमै खुशी लाग्यो । धेरै दर्शकले तपाई गएपछि नेपाली सिनेमा नै हेर्न छोडे पनि भन्नुभयो, मेरो आँखा पनि रसाए ।
दर्शकको यति धेरै माया पाउँदा सिनेमा क्षेत्र छोडेर गल्ती गरेजस्तो लाग्यो या के लाग्यो ?
मैले सिनेमा क्षेत्र छोडेर निक्कै ठूलो गल्ती गरेको हो । मेरो कर्ममा नै यस्तो लेखेको रहेछ त म के गर्नु । मैले गर्नु नपर्ने कुरा गरेको हो त्यतिबेला ।
अहिले सिनेमामा पनि धारको बहस छ, के तपाइलाई लाग्छ त्यस्तो ?
सिनेमाको कुनै पनि धार हुदैन । सिनेमा राम्रो बनाउनुपर्छ, चल्छ ।
राजनीतिमा आउने सोचाइ छ या छैन ?
राजनीतिमा मेरो आवश्यकता पर्यो भने म अवश्य आउँछु । अहिले म कुनै पनि पार्टिप्रति आबद्ध छैन । व्यक्तिको हिसावले अहिलेका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई मलाई मन पर्छ । तर, उहाँलाई पनि सफल हुन दिएनन् । बाबुराम जी असफल हुनुमा जनता, आफ्नै पार्टी र अन्य पार्टीको दोष छ जस्तो लाग्छ मलाई ।
बाबुराम असफल हुनुमा जनता किन दोषी ?
हैन, नेपालमा धेरै पार्टी भएर नै देश विगि्रएको हो । म त भन्छु, चुनावमा एउटा मात्र पार्टीलाई वहुमत दिनुहोस् । उसले काम गर्न सकेन भने अर्को पटकको चुनावमा अस्तित्व नै नरहने गरी हराउनुपर्छ । यहाँ धेरै पार्टी हुँदा सबै सत्ताको लुछाचुडीमै दौडिएका छन् । जसले गर्दा कसैले पनि सत्तामा पुगेर काम गर्न पाउँदैन

No comments:

Post a Comment