Monday, December 24, 2012

राष्ट्रपतिलाई पहिलो गाँस मै ढुंगा, भ्रमण खर्च ६७ लाख


राष्ट्रपतिलाई पहिलो गाँस मै ढुंगा, भ्रमण खर्च ६७ लाख
१० पुस, काठमाण्डौं । घरेलु आलोचना छल्दै जम्बो टोली लिएर राष्ट्रपति डा. रामबरण यादब सोमबार भारतको वाराणसी पुग्नुभयो । तर उहाँलाई पहिलो गाँसमै ढुंगा लाग्यो । त्यहास्थित बनारस हिन्दु विश्वविद्यालयले यसअघि दिने भनेर प्रचार गरिएको उपाधि नै फरक पर्न गयो । राष्ट्रपति यादबलाई ‘डक्टर अफ लेटर्स’ अथात डिलिट उपाधि प्रदान गर्न लागिएको भन्ने उहाँको कार्यालयको दाबी उक्त वि्श्वविद्यालयले खण्डन गरेको छ ।
विश्वविद्यालयका प्रेस विभागका अध्यक्ष प्राध्यापक राजेश सिंहले टेलिफोनमा कुरा गर्दै राष्ट्रपतिलाई कानुनसम्बन्धी उपाधि ‘डक्टर आफ ल’ अर्थात एलएलडी प्रदान गर्न लागिएको जानकारी दिएको खबर कान्तिपुर दैनिकले छापेको छ । उक्त विश्वविद्यालयमा माल्वीय जयन्ती स्टेरिङ कमिटीका सदस्य सचिव भीएन पाण्डेले पनि एलएलडी प्रदान गर्न लागिएको पुष्टि गरेका छन् । उक्त विश्वविद्यालयका कुलपति एवं भारतीय कंग्रेस विदेश विभाग प्रमुख करण सिंहका स्वकीय सचिव मोहन सिंहले पनि त्यही जानकारी दिएका छन् । तर, उक्त विश्वविद्यालय र राष्ट्रपति कार्यालयबीच कसरी खबर आदान प्रदान भयो खुल्न सकेको छैन ।
राष्ट्रपतिको भ्रमण खर्च ६७ लाख
राष्ट्रपतिको भारत भ्रमणका लागि अर्थमन्त्रालयले ६७ लाख रुपैयाँ बजेट निकासा गरेको छ । राष्ट्र प्रमुखको भारत भ्रमणलाई सफल बनाउन परराष्ट्र मन्त्रालयले माग गरे अनुसारकै रकम निकासा गरिएको जानकारी मन्त्रालयका अधिकारीहरुले दिएका छन् ।
राष्ट्रपति डा. यादवको २०६७ मंसिरमा चीन भ्रमणमा भएको खर्चको तुलनामा अहिले भएको भारत भ्रमणको खर्च तीन गुणाबढी भएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment