Friday, December 14, 2012

बुटवलमा यौन धन्दामा संलग्न २४ युवायुवती पक्राउ


 बुटवलका विभिन्न होटल र रेष्टुरेण्टमा यौन धन्दामा संलग्न भएको भन्दै प्रहरीले २४ युवायुवतीलाई पक्राउ गरेको छ।
स्थानीयको गुनासो प्रहरीसमक्ष परेपछि प्रहरीले स्थानीय होटल र रेष्टुरेण्टमा गएराति अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्रहरीले होटलका विभिन्न कोठाहरुमा यौन क्रियाकलापमा संलग्न भएका २४ जना युवायुवतीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १४ पुरुष र १० महिला रहेको प्रहरीले बताएको छ ।
बुटवल इलाका प्रहरी र वडा प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले त्यहाँका स्थानीय होटलहरु हट चिल्ली, मनकामना रेष्टुरेण्ट, कोशिश कटेज, सानु रेष्टुरेण्ट, ए–वान रेष्टुरेण्ट लगायतमा यौन क्रियाकलापमा संलग्न भएको अवस्थामा २४ जना युवयुवतीलाई पक्राउ गरेको हो ।
बुटवल इलाका प्रहरी कार्यालयका निरीक्षक रामेश्वर कार्कीका अनुसार होटलका कामदार समेत यौनजन्य क्रियाकलापमा संलग्न भएको पाइएको छ । प्रहरीले अनुसन्धानलाई निरन्तरता दिने समेत बताएको छ ।
कानुनत अवैध रुपमा यौन धन्दा सञ्चालन गर्न नपाइने भए पनि सहरको विस्तार सँगै यौन व्यपार फस्टाउँदै गएको छ ।

No comments:

Post a Comment