Thursday, December 13, 2012

माइक टाइसनको लिंग परिवर्तन !

माइक टाइसनको लिंग परिवर्तन !
हजुर, माइक टाइसने लिंग परिवर्तन गरे । पढ्दा तपाईलाई अचम्म लागेन ? अमेरिकाका पूर्व हेभिवेट च्याम्पियन माइक टाइसनले लिंग परिवर्तन गरेको खवर यतिबेला अफि्रकाभर चर्चाको बिषय बनेको छ ।
बेलायतको एक वेबसाइटले मजाक उडाउन बनाएको एक समाचारको शिकार यतिबेला अफ्रिकाका धेरै मिडिया भएका छन् । जसरी केही साता पहिले द अनियन नामक वेबसाइटले यस्तै मजाक उडाउन उत्तर कोरियाली नेता किमलाई ‘ बर्षको सेक्सी पुरुष’ घोषणा गरेको समाचार चिनियाँ सरकारी पत्रिकाले साँच्चै ठानेर प्रकाशन गरेको थियो ।
न्यूजविकिष्ट नामक वेबसाइटले मजाकस्वरुप टाइसनले लिंग परिवर्तन गरेको खवर छापेको थियो । तर अफि्रकाका धेरै अनलाइन र दैनिक पत्रिकाहरुले नै त्यसलाई सत्य मानेर धमाधम लिंग परिवर्तनको खवर छापे । आइतवार जिम्बाबे स्टाण्डर्डले लिंग परिवर्तनको खवर छाप्यो, मंगलवार स्पाईघाना वेबसाइटमा आयो ।
जिम्बाबे स्टाण्डर्डमा छापिएको खवरअनुसार टाइसनलाई महिनावारीको पहिलो अनुभव ठूलो सपना थियो । त्यसैले उनले लिंग परिवर्तनसँगै आफ्नो नाम पनि परिवर्तन गरेर ‘मिसेल’ राखे । टाइसनले आफ्नो बक्सिङ करिअरमा समेत महिनावारीको सपना बिर्सन नसकेको बताएका थिए ।
यो खवर छापिएपछि फेसबुकमा हजारौंको लाइक आयो, अनि सवैले धडाधड साभार गर्न थाले ।
ठिक यही तरिकाले केही साताअघि चिनियाँ सरकारी पत्रिका पनि झुक्किएको थियो । द अनियनले ब्यंग्य गर्दै उत्तर कोरियाली शासक किम जोङलाई बर्षको सेक्सी पुरुष घोषणा गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको आधिकारिक पत्रिकाको वेबसाइटले त्यसलाई साँच्चै ठान्दै लामै लेख प्रकाशित गरेको थियो । केही दिन अघि अष्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले संसार ध्वस्त हुने भन्दै दिएको ब्यंग्य भिडियो सन्देशलाई पनि धेरै संचारमाध्यमले सत्य ठान्दै प्रकाशन गरेका थिए ।

No comments:

Post a Comment