Wednesday, December 12, 2012

८ बच्चा जन्माएर सिंहिनीले रेकर्ड तोड्यो (फोटो फिचरसहित)

मानिसले विभिन्न विश्व कीर्तिमान बनाएको र तोडेको त तपाई हामीले सुन्दै आएका छौं । जिम्बाबेमा एक पोथी सिंह (सिंहिनी)ले विश्व रेकर्ड तोडेको छ । डेली मेलका अनुसार पाशा नाम गरेको सिंहले ८ बच्चा जन्माएर विश्व रेकर्ड तोडेका हो । हरारे शहरमा रहेको सिंह पार्कमा रहेको सिंहले नोभेम्बर ४ मा एकै बेतमा ८ बच्चा जन्माएको हो । उक्त सिंहले अघिल्लो वेतमा २ बच्चा जन्माएको थियो । पार्कले यसै साता मात्र सिंहले ८ बच्चा जन्माएको घोषणा गरेको हो । हाल सिंहका बच्चाहरुलाई पार्कका कर्मचारीहरुले हेरचाह गरिरहेका छन् । पार्कका एक कर्मचारीले भनेका छन्-’उनीहरुलाई हामी बोटलबाट दुध चुसाइरहेका छौं र हामी उनीहरुलाई हरेक मिनेट नियालिरहेका छौं ।’ पार्कका व्यवथापकीय प्रमुखले विश्वमा अहिलेसम्म सिंहले एकै बेतमा ८ बच्चा नजन्माएको दावी गरे ।

No comments:

Post a Comment