Friday, November 30, 2012

मंसिरभित्र सहमति नभए बैशाखमा चुनाव हुन्नः प्रधानमन्त्री


१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरुबीच मंसिर मसान्तसम्ममा सहमति नभए बैशाखमा चुनाव हुन नसक्ने बताउनु भएको छ ।

आर्थिक पत्रकार समाज सेजनको १५ औं स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री भट्टराईले चुनाव गराउनेतर्फ केन्द्रीत हुन दलहरुलाई आग्रह गर्नुभयो । ‘अर्को संविधानसभाको निर्वाचन सुनिश्चित गर्न, स्वचन्त्र निश्पक्ष बनाउन केके कुरामा केन्द्रीत भएका बहस गर्नुपर्छ त्यसमा केन्द्रीत हुनुपर्छ’ उहाँले भन्नुभयो-’ अब ढिलो हामीले गर्नु हुँदैन । मंसिर मसान्तसम्ममा हामीले सहमति गरेनौं भने वैशाखमा निर्वाचन गर्न सकिँदैन ।’

प्रचण्डको गालामा झापड हान्ने कुँवर को हुन्(थप्पड प्रकरण )

प्रचण्डमाथि सार्वजनिक कार्यक्रममै झापड हान्ने पदम कुँवर बाग्लुङको राजकोट गाउं विकास समिति वडा नम्बर २ का वासिन्दा हुन् । राजनीतिक रुपमा कुँवरको परिवार नै माओवादी रहेको पुष्टी भएको छ । पदम कुँवर स्वयं माओवादीको युवा संगठन वाईसीएलको गाउं कमिटीका अध्यक्ष रहिसकेका हुन् ।
गत असारमा एकीकृत माओवादी विभाजन भएपछि यिनी नव गठित नेकपा माओवादीतर्फ लागेका हुन् भने अहिले उनी जनस्वयं सेवक ब्युरो बाग्लुङका सदस्य रहेका छन् । पदमका बुवा प्रेमबहादुर एकीकृत माओवादीको जिल्ला नेता थिए भने अहिले उनी नेकपा–माओवादीको बाग्लुङ जिल्ला कमिटीको सचिवालय सदस्य रहेका छन् ।
त्यस्तै साधना उपनाम गरेकी पदमकी दिदी प्रतिभा कुँवर माओवादी युद्धमा घाईते भएकी लडाकु हुन् । पदमका दाजु कमरेड सुन्दर माओवादी लडाकुका कम्पनी कमाण्डर थिए । उनले केही समय पहिले स्वेच्छिक अवकाश लिएका छन् । नेकपा–माओवादी बाग्लुङ जिल्ला ईञ्चार्ज आजाद केसीका अनुसार कुँवर परिवार नेकपा मसाल हुंदै एकीकृत माओवादीमा समाहित भएको हो । २५ बर्षीय पदम कुंवर बैदेशिक रोजगारीमा जाने तयारीमा रहेको समेत थाहा भएको छ । उनले काठमाडौंको एउटा पाँचतारे होटलमा तालिम लिईरहेका छन् । कुंवरका निकटवर्तीहरुले उनी केही अघिदेखि नै नेपाली राजनीति र एकीकृत माओवादीका नेताहरुप्रति आक्रोशित देखिदै आएका थिए ।

भारतको पटनामा छठ पूजा भागदौड मच्चियो, कम्तीमा १८ को मृत्यु


भारतको पटनामा छठ पूजा मनाउने क्रममा भागदौड मच्चिँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । पटनाको अदालत गञ्ज घाटमा ठूलो संख्यामा श्रद्धालुहरु अस्ताउँदा सूर्यलाई अर्घ दिन जम्मा भएका बेला भागदौड मच्चिएको थियो । बासको पुल भाँच्चिएपछि भागदौड मच्चिएको थियो ।घटनास्थलमा विद्युतको व्यवस्था नभएको र अध्यारोका कारण समस्या भएपछि मानिसहरु एकअर्कामाथि लड्न पुगेको अनुमान गरिएके छ । घाइतेहरुलाई पटना मेडिकल कलेज अस्पताल गरिएको छ ।

सुष्मा र शशी मध्ये कसको जवानी बिक्ला ?


शुक्रबार २ महत्वकांक्षी चलचित्र ‘मेरो जीवन साथी’ र ‘चन्द्रावती’ प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका २ सिनेमाले ओरालो लागेको नेपाली सिनेमालाई केही आशा जगाउने विश्वास गरिएको छ ।
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मेरो जीवन साथी’लाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । राजेश हमाल, रेखा थापा, सुष्मा कार्की, रेश महरठ्ठा, रागिनी खड्गी लगायतका कलाकारको मुख्य भुमिका रहेको यो चलचित्रलाई सुर्य कार्कीले निर्माण गरेका हुन् । अर्जुन पोखरेलले संगीत भरेका यस चलचित्रका गीतसंगीतले बजारमा राम्रो चर्चा पाइरहेका छन् । मंसिर जीवन साथी खोज्ने महिना भएकाले पनि दर्शकले यो चलचित्रलाई मनपराउन सक्छन् । चलचित्रमा नायक राजेश हमाल र नायिका सुष्मा कार्कीबिच उत्तेजक बेड सिन समेत समावेश गरिएको छ । नायक हमालका फ्यानहरुका लागि यो नौलो स्वाद हुने अड्कल निर्माणपक्षको छ ।
यस्तै काठमाण्डौको क्यू सिस्टम अनुसार चलचित्र ‘चन्द्रावती’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ । राजु गिरीले निर्देशन गरेको यो चलचित्रलाई संजय बुलुनले निर्माण गरेका हुन् । चलचित्रमा राजेश हमाल, युना उप्रेती, आयुष रिजाल, शशी खड्गा लगायतका कलाकारको अभिनय छ । सस्पेन्स तथा थि्रलर कथावस्तुमा तयार भएको यो सिनमालाई चलचित्र सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । चलचित्रमा समावेश नायिका शशी खड्का र नायक आयुष रिजाल बिचको सेक्स दृश्यले बजारमा राम्रै चर्चा पाइसकेको छ । चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् । चलचित्रका गीतसंगीत पनि दर्शकलाई हलसम्म तान्ने अर्को राम्रो माध्यम बन्ने पक्का छ ।

काठमाडौंमा बेचिने मासुको बास्तविक दृश्य


स्वस्थ र सफा मासु मात्रै खाने गरौ, खुल्ला तथा अव्यवस्थित तवरले बेचिएका मासु नखाऔँ। स्वच्छ र सफा मासुको उपलब्धता उपभोक्ता अधिकार। कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतका पशुसेवा विभाग तथा सामुदायिक पशु सेवा विभागले तयार गरेका यी नारा अङ्कित होर्डिङ बोर्ड र पोष्टरहरू सम्बन्धित सरकारी कार्यालय र महानगरपालिकाका भित्ताभित्तामा टाँगिएका छन्। यी प्रचार सामग्री देख्दा सरकार साँच्चै जनतालाई स्वच्छ र सफा मासु खुवाउन कटिबद्ध छ जस्तो देखिए पनि पशु बधशाला तथा मासु जाँच ऐन- २०५५ र नियमावली- २०५७ को कार्यान्वयनमा देखिएको निष्त्रि्कयताले सरकारी उदासीनता झ्ल्कन्छ। राजधानीमा अहिलेसम्म एउटा पनि पशु बधशाला छैन। विष्णुमतीको किनारमा बध गरी फोहोर पानीले धोएर भूईंमा थुपारिएको मासु रिक्सामा राखेर पसलसम्म पुर्‍याउँदा कति स्वस्थकर होला? राँगाको मासु भन्दै रोगाएर मरेका भैँसी, खसी भनेर बाख्राको मासु, भ्याक्सिन लगाएर चाँडै हुर्काइएका र एण्टीबायोटिक्ससहितका कुखुराको मासु खुलेआम बिक्री हुँदा पनि जिम्मेवार निकायहरू मौन छन्।

नेपालमा बढ्दैछ पत्नी पिडित पुरुषहरु ।