Friday, January 18, 2013

इटहरीका होटल-रेष्टुरेन्टमा भएका यौन व्यापार इटहरी

इटहरीका होटल-रेष्टुरेन्टमा भएका यौन व्यापार इटहरी – बाहिरबाट हेर्दा चिया पसल जस्ता छाप्रा ! छाप्रो अगाडी छोटो स्कर्ट, हाफ भेष्ट, आँखामा रंगीचंगी गाजल, ओठमा लाली र मेकअपले पोतिएका अनुहार लिएर केही यूवती ग्राहकको प्रतिक्षा गर्दैछन् । पूर्व पश्चिम र उत्तर दक्षिण राजमार्गले जोडिएको पूर्वाञ्चलको एउटा व्यस्त बजार, ईटहरीको पश्चिम लाइनका छाप्रा अगाडि उभिएका यी महिला छोटो समयमा धेरै कमाउने लोभले यौन ब्यवसायमा लागेका हुन् । एक युवतीका शब्दमा “सबैका अगाडि हुनेखाने भएर हिड्न र आफ्नो घर परिवारका इच्छा आकांक्षा पुरा गर्न” राजमार्ग छेउछाउका होटल, क्याबिन तथा रेष्टुरामा ग्राहकको मनोरञ्जन पूरा गर्न धेरै महिला कार्यरत छन् । भन्न आवश्यक छैन, कोही बाध्यताले यहाँ आउछन त कोहि रहरले ! घरमा बस्न अल्छी लाग्ने र कमाइ नहुँदा कति त आफ्ना चाहना पुरा गर्न साथिभाइको लहै लहैमा लागेर पनि यौन व्यवसायमा लागेका भेटिए ।

No comments:

Post a Comment