Friday, December 28, 2012

अरनिको राजमार्गमा खुलेका होटल र रेष्टुरेन्टमा बस्दा चुकुल लगाउन नपाउँने नियम


अरनिको राजमार्गमा खुलेका होटल र रेष्टुरेन्टमा बस्दा चुकुल लगाउन नपाउँने नियम बनाइएको छ ।
होटल तथा रेष्टुरेन्टमा हुने यौन दुव्र्यवहारको निवारणका लागि प्रहरीले अरनिको राजमार्गका दायाबाया खुलेका होटल र रेष्टुरेन्टका कोठामा बस्ने कुनै पनि पाहुनाले चुकुल लाउन नपाउँने व्यवस्था गरेको हो ।
प्रहरी र होटल व्यवसायिका बीच भएको बैठकले होटलमा बस्दा चुकुल नलाई बस्नुपर्ने लगायतका १२ बुँदामा सहमति गरेको छ । व्यवसायी र होटल व्यवसायिका बीचमा भएको १२ बुँदे सहमति अरनिको राजमार्गका १४ ओटा होटल तथा रेष्टुरेन्टमा मात्र लागु हुने प्रहरीले बताएको छ । अरनिको राजमार्ग अन्र्तगत जडिबुटीदेखि सूर्यविनयकसम्मका व्यवसायी र प्रहरीका बिचमा भएको छलफल पछि यस्तो निष्कर्ष निस्किएको हो । साथै बैठकले होटल तथा रेष्टुरेन्टमा कार्यरत महिला कर्मचारीलाई बिहान र दिउँसकोको समयमा सरसफाई बाहेक अन्य काम लगाउन नपाउँने समेत निर्णय गरेको छ ।
व्यवसायीले सुरक्षाको संवेदनशीलताई ध्ययन दिदै प्रहरीको प्रस्तावलाई स्वीकार गरेको बताएका छन् । यो सहमतिमा महिलाले खाना पकाउने, वेटर गर्ने लगायतको काम गर्न समेत रोक लगाउँने निर्णय गरेको सार्वजनिक भएको छ ।
केही समययता विभिन्न होटल तथा रेष्टुरेन्टमा महिलामाथि यौन शोषण भएको र हत्या समेत हुने गरेको सार्वजनिक भएपछि अरनिको राजमार्ग अन्तर्गतका होटलमा यस्तो निर्णय लागु गर्ने सार्वजनिक भएको हो । कानुन बन्ने तर कार्यान्वयन नहुने संस्कालाई यो सहमतिले कत्तिको साथ दिन्छ त्यो भने हेर्न बाँकी छ ?

No comments:

Post a Comment