Friday, December 28, 2012

कसैले छोड् भन्दैमा सहमति नभई छाड्दिँन : प्रधानमन्त्री


कसैले छोड् भन्दैमा सहमति नभई छाड्दिँन : प्रधानमन्त्री
१३ पुस, कास्की । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरुबीच सहमति नहुँदासम्म आफूले पद नछाड्ने दोहोर्याउनुभएको छ । कास्कीको सिल्दूजरे गाविसमा शुक्रबार भएको कार्यक्रममा उहाँले कसैले छोड् भन्दैमा आफूले नछाड्ने बताउनुभएको हो । ‘दलहरुबीच पदको लडाइ चलिरहेको छ, तर सहमति जुटेको छैन’ प्रधानमन्त्रीले भन्नुभयो-’सहमतिको लागि म बाधक बन्दिँन ।’
आफूलाई सहमति बाधक बनेको भनेर लाग्ने गरेको आरोप झुटो भएको प्रधानमन्त्रीले दावी गर्नुभयो ।प्रधानमन्त्री भट्टराईले देशमा शान्ति, संविधान, सहमति र समृद्धिका लागि आफ्नो प्रयास जारी रहेको भन्दै विकास निर्माणका कामका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
उपल्लो मादी जलविद्युत्त आयोजनाको शिलान्यास
प्रधानमन्त्री भट्टराईले कास्कीको सिल्दूजुरे र नामार्जुङ् गाविसको बीचमा पर्ने उपल्लो मादी जलविद्युत आयोजनाको शिलान्यास गर्नुभएको छ । चीनको थि्र गर्जेज कम्पनी र नेपालको निजी क्षेत्रको लगानीमा बन्ने आयोजना २५ मेगावाट क्षमताको हुनेछ ।
जलविद्युत्त आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्रीले विकास योजनाहरुको सुरक्षामा सरकार पूर्ण प्रतिवद्ध रहेको भन्दै ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो ।

No comments:

Post a Comment