Thursday, December 13, 2012

मान्छे अदृश्य पार्ने कपडा तयार

काल्पनिक सिनेमाहरुमा मात्र देख्न पाइने मान्छे अदृश्य बनाइदिने कपडाको निर्माण सम्भव भएको छ ।
क्यानडाको एक कम्पनी हाइपरस्टिल्थ बायो टेक्नालोजी कर्पोरेसनले अदृश्य कपडा निर्माण गरेको दावी गरेको छ । ह्यारी पोटर श्रृंखलामा देखाइएजस्तै अदृश्य लबेदा ओढेपछि लगाउने ब्यक्ति नदेखिने कम्पनीको दावी छ खासगरि युद्ध मैदानमा तैनाथ सैनिकलाई ध्यानमा राखेर यस्ता कपडा निर्माण गर्न थालिएको कम्पनीले जनाएको छ । जसलाई अमेरिकी रक्षा बिभाग पेन्टागनले सहयोग गरिरहेको छ । बेलायती संचारमाध्यम डेली मेल र अमेरिकी न्यूज पोर्टल सीएनएनले निर्माता कम्पनीले कपडा लगाएर मान्छे अदृश्य बनाएका तस्वीर भिडियोसमेत प्रकाशन गरेका छन्
कसरी हुन्छ यस्तो ?
कम्पनीले यस्ता अदृश्य कपडा निर्माण परियोजना अत्यन्तै गोप्य र संवेदनशील भएकाले निर्माणमा प्रयोग भएको प्रबिधिबारे भन्न नमिल्ने बताएको छ । उसले यतिमात्र भनेको छ- यस्तो कपडाले प्रकाशलाई बंग्याउने भएकाले लगाउने ब्यक्ति अदृश्य हुन्छ ।’कम्पनीका अनुसार कपडाले यसमा पर्ने प्रकाश परावर्तन गर्दैन् । यसको निर्माणमा प्रयोग गरिएको पदार्थले राती अँध्यारोमा देख्न सकिने इन्फ्रारेड चस्मालाई समेत झुक्काउन सक्छ ।कम्पनीका अनुसार यसमा ब्याट्री क्यामेरा वा प्रोजेक्टर केहीको प्रयोग हुँदैन् । कपडा हलुका र लगाउन सजिलो पनि छ । कम्पनीले यी कपडाको सार्वजनिक प्रर्दशनीसमेत नगर्ने बताएको छ । उसले मात्र केही भिडियो फुटेज र डमी तस्वीरहरु उपलब्ध गराएको छ ।अमेरिकी र क्यानेडेली सेनाका लागि बेच्ने गरि कम्पनीले कपडा बनाइरहेको छ । अफगानिस्तान लगायतका मुलुकमा युद्धमा रहेका अमेरिकी सेनाले यस्तो कपडाको प्रयोग गर्ने बताइएको छ । अमेरिकी र क्यानेडेली सेना तथा अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले कपडा निर्माण गर्ने बस्तु र तरिकाबारे जानकारी लिएका छन भने उनीहरुकै निगरानीमा सैनिकका लागि अदृश्य पोशाक तयार गरिँदै छ ।।

No comments:

Post a Comment