Monday, December 24, 2012

मुम्बईमा नेपाली महिला बलात्कृत, दुई पक्राऊ

मुम्बईमा नेपाली महिला बलात्कृत, दुई पक्राऊ १० पुस, काठमाण्डौ । यतिखेर दिल्लीस्थित इण्डिया गेटअघि बलात्कारको विरुद्धमा भारतीयहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीहरुले दिल्ली महिलाका लागि असुरक्षित रहेको बताइहरेका छन् । तर, यहीबेला भारतको अर्को एक प्रशिद्ध शहर मुम्बईमा एक नेपाली महिला सामुहिक बलात्कारको शिकार भएकी छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार नेपालबाट आफ्नो पति भेट्न मुम्बई पुगेकी २० वर्षीया नेपाली युवती एकैदिन तीन जनाबाट बलात्कृत भई वेश्यालयमा बेचिन लागेको अवस्थामा भारतीय प्रहरीले उनलाई उद्धार गरेको छ । बलात्कारी तीनमध्ये दुईलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । नेपालबाट आफ्ना पति खोज्दै मुम्बई पुगेकी २० बर्षीया महिलालाई उनकै श्रीमान्का साथीहरुले श्रीमान्सँग भेट नगराई पालैपालो बलात्कार गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । बिहे गरेर मुम्बईतिर लागेका पतिको खोजी गर्दै गत शुक्रबार मुम्बई पुगेकी अफ्सना (नाम परिवर्तन)लाई उनकै श्रीमानका कम्पनीमा काम गर्नेहरुले पालैपालो बलात्कार गरेको समाचारमा उल्लेख छ । उनीहरुले अफ्सनालाई बेश्यालयमा बेच्ने तयारी गरिरहेको अवस्थामा मुम्बई पुलिसले उद्दार गरेको समाचारमा उल्लेख छ । समाचारमा जनाइएअनुसार नेपाली चेलीलाई बेच्न गेष्ट हाउसमा राखिएको सूचना एक युवाले दिएपछि भारतीय प्रहरी उनको खोजी र उद्दारमा लागेको थियो । प्रहरीको १२ घण्टासम्मको खोजीपछि उनलाई कामाथिपुरास्थित एवन गेष्टहाउसमा बन्दी बनाएको अवस्थामा भेट्टाइएको थियो । प्रहरीले पिडीत नेपाली महिलालाई उद्दार गर्दै बलात्कारमा संलग्न परवेज शेख र जुल्फिकर शेखलाई पक्राउ गरेको छ । कसरी भयो यस्तो ? उद्दारपछि पिडीत चेलीले प्रहरीलाई आफ्नो हृदयविदारक कथा बताएकी थिइन् । नेपालमा विवाह गरेपछि भारत गएका उनका श्रीमान र उनको सम्बन्ध सुमधुर थिएन । श्रीमानले छोडपत्र गर्न चाहे पनि क्षतिपूर्ति दिन चाहिरहेका थिएनन् । श्रीमानसँग कुरा गर्न मुम्बई पुगेकी पिडीत नेपाली चेली बिहान ३ बजेतिर रेल स्टेशनमा उत्रिएई त्यहाँबाट ट्याक्सी लिएर आफ्ना श्रीमान काम गर्ने कम्पनीमा पुगेकी थिइन् । उनका श्रीमान काम गर्ने पर्स बनाउने कम्पनीमा भेटिएनन् । कम्पनीका मालिक जुल्फिकर शेखले उनलाई बास दिने बाहानामा बलात्कार गरेका थिए । त्यसपछि उनले बेबी गार्डेनमा लगेर फिरोज शेखको जिम्मा लगाए । फिरोजले उनका श्रीमान नौसदलाई भेटाइदिने भन्दै लगे पनि अन्ततः बलात्कार गरेर छाडिदिए । पिडीत नेपालीले त्यसपछि आफन्त अफसर शेखलाई पीसीओबाट फोन गरिन् । तिनले रेलको टिकट पनि लिइदिएका थिए । तर, उनले रेल छुटाइन् । अफसरले अफसनालाई एक होटलमा बस्ने व्यवस्था गरिदिन आफ्ना स्टाफ परभेजलाई आग्रह गरे । तर, परभेजले उनलाई कामाथिपुरास्थित एवन लजमा पुर्‍याएर बलात्कार गरे र त्यहीँबाट वेश्यालयमा बेच्ने योजना बनाए । पुलिसले अहिले फिरोजलाई खोजी गरिरहेका छन् । तीनैजना बिरुद्ध बलात्कारको मुद्दा दायर भएको र दोषीलाई कारवाही हुने मुम्बई प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यममा जनाइएको छ ।

No comments:

Post a Comment