Tuesday, December 11, 2012

नाङगै हिड्नुपर्छ भन्दै हिड्ने विदेशी युवतीसँग हाम्रा राजदुत अंगालो हालेर हिडेपछि

नाङगै हिड्नुपर्छ भन्दै हिड्ने विदेशी युवतीसँग हाम्रा राजदुत अंगालो हालेर हिडेपछि ...... २७ मंसिर, काठमाण्डौँ । सार्बजनिक पदमा रहेका अनि जनताका सेवा गर्न भन्दै हिडेका उच्च पदमा रहेका र देशका जनसेवक भनिनेहरुले आफ्नो सार्बजनिक पदको ख्याल नगर्दा र मर्यादामा नरहदा कहिलेकाहीं विवादको चर्चामा आउने गरेका छन । नेपाली कामदारको लागि अभिभावकको नेतृत्व गर्दै ब ्राजिल पुगेका राजदुत प्रधुम्न विक्रम शाहले आफ्नो राजदुत जस्तो गरिमामय तथा सार्बजनिक पदको खिल्ली उडाएका छन । उनी सरकारी सुविधाको गाडिमा ब्राजिलकी एक वकिलसँग कहिले समुद्र किनार अर्धनग्न पुग्छन भने कहिले उनीसँग रेष्टुरेण्टमा मदिरा पिउन पुग्ने गरेको पनि आजको नयाँ पत्रिकाले लेखेको छ । राजदुत शाह ब्राजिलियन कानुन व्यवशायी लु जारेट्टीसँग लहसिन थालेको एक बर्ष वितेको छ । ती कानुन व्यवशायी युवती नाङगै हिड्नुपर्छ भन्ने अभियानकी अगुवा पनि रहेको बताइएको छ । शाह र ती युवतीको सम्बन्ध फेसबुक मार्फत पनि सार्वजनिक भएको छ । जारेट्टीको प्रोफाईलमा उनी र राजदुत शाह अंगालोमा बेरिएको, सँगै मदिरा पिएको र गल्फ खेलेको बेला खिचिएको कैयौं फोटोहरु उनले आफ्नो फेसबुक प्रोफाईल मार्फत सार्बजनिक गरेकी छन । एक तस्बिरमा कुवेतमा रहेका अर्का राजदुत मधुवन पौडेलले पनि रोचक कमेण्ट गरेका छन । “वाओ ! हाउ इनभियस (बाफ्रे कति इष्या लाग्दो) ?” अहिले राजदुत शाहलाई कारबाही गर्ने या सचेत पार्ने भन्ने बारेमा परराष्ट्रमा कुराकानी भइरहेको पनि बताइएको छ । दुतावास श्रोतका अनुसार राजदुत शाह धेरै समय कार्यालय जादैनन् । “उहाँ कार्यालय पनि ढिला आउनु हुन्छ र छिटो फर्कनु हुन्छ ” स्रोतले भन्यो । राजदुतले दुताबासका कर्मचारीहरुलाई छल्दै युवतीसँग लहसिने गरेको स्रोतले बताएको छ । राजदुतका कुरा बाहिर आयो भने जागिर धरापमा पर्ने डरले उनीहरु केहि बोल्न सक्तैनन् ” मन्त्रालयका एक अधिकारीले बताए । राजदुतकी श्रीमती पुरानी गायिका प्यारु शाह हाल काठमाडौंमै छन । शाह राजदुत भएर गएको ६ महिनापछि उनले एक युवतीलाई कामदार भन्दै ब्राजिल लिएर गएका थिए । यस सम्बन्धमा श्रीमती प्यारुले तत्कालीन परराष्ट्रसचिब एवं हाल जापानमा राजदुत रहेका डा .मदन कुमार भट्टराईलाई लिखित उजुरी नै दिएकी थिईन ।

No comments:

Post a Comment