Wednesday, December 26, 2012

हँसियाले हानेर श्रीमतीको हत्या

हँसियाले हानेर श्रीमतीको हत्या
महेन्द्रनगर,  कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले हँसियाले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
भीमदत्त नगरपालिका–१० गड्डाचौकीका ३३ वर्षीय रामे लुहारले २७ वर्षीय श्रीमती विमला लुहारको मंगलवार राति हसिँयाले हानेर हत्या गरेका हुन् ।
रक्सीले मातेका रामेले सामान्य घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेका प्रहरीले जनाएको छ । हत्याका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
रामेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीसामु घट्ना कसरी भयो भन्नेबारे रामेले आफूलाई कुनै जानकारी नभएको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो ।
मृतकको शव पोष्मार्टमका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ ।

No comments:

Post a Comment