Tuesday, December 11, 2012

आगोमा मोटरसाइकल चलाएर कीर्तिमान राख्न खोज्दा २ युवा जले

२६ मंसिर, तनहुँ । आगोसँग नखेल्नु भन्ने नेपाली उक्ति नै छ । तर, विश्व कीर्तिमान राख्ने नाममा आगोले बल्दै गरेको बाँसको टनेलमा मोटरसाइकल चलाउने तनहुँमा २ जना युवा आगोमा जलेर गम्भीर घाइते भएका छन् ।
नेपाल प्रहरीका पुर्व हवल्दार ३६ बर्षीय शम्सेरवहादुर लम्साललाई कीर्तिमान राख्न सहयोग गर्ने क्रममा बाँसले बनाईएको १ सय ५० मिटर लामो टनेलभित्र २ जना युवा जलेका हुन् ।
जलेर घाइते हुनेमा व्यास–१ भादगाउँका २८ बर्षीय सुरेश पन्थ र पर्वत घर भई हाल व्यास ११ दमौली बस्दै आएका २९ बर्षीय सुमित थापा रहेका छन् । दमौली अस्पतालमा प्राथमिक उपचार पछि घाइते दुवैलाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ ।

No comments:

Post a Comment