Thursday, January 17, 2013

प्रेम विवाह छुटाएपछि युवती वेपत्ता


 बारा, माघ ४ –  बारा जितपुर ३ की एक युवती दुईहप्ता देखि बेपत्ता भएकी छिन् । स्थानीय लालबाबु साहकी १८ वर्षिया छोरी रुपा पुष १८ गते देखि बेपत्ता भएकी हुन् ।
तीन महिनाअघि बारा लोसण्डा ८ का मोहित ठाकुर हजामसंग भागेर प्रेम विवाह गरेकी रुपालाइ अभिभावकले जबरजस्ती छुटाएपछि हराएकी हुन् ।
रुपा र मोहितले अभिभावकको मन्जुरी बिना तीन महिनाअघि झापाको एक मन्दिरमा गएर प्रेम विवाह गरेका थिए । रुपाका बुबा लालबाबु साहले आफ्नी छोरीलाइ मोहितले अपरहण गरेर लगेको भन्दै जिल्ला प्रहरी कार्यालय बाराको महिला तथा वालवालिका सेलमा उजुरी गरेपछि प्रहरीले मंसिर २९ गते दुबैलाई बोलाएर बिबाह गर्ने उमेर नपुगेको भन्दै रुपालाई अभिभावकको जिम्मा लगाएको थियो ।
त्यसको केही दिनपछि नै रुपा माइतीघरबाट बेपत्ता भएकी हुन् । रुपाका अभिभावकले गत पुष १८ गते राती रुपा घरबाट भागेको बताएका छन् । तर केटा पक्षले भने रुपालाई उनकै अभिभावकले बेपत्ता बनाएको आरोप लगाएका छन् ।
मोहित र उनका अभिभावकले रुपालाइ उनकै अभिभावकले बेपत्ता बनाएको भन्दै खोजी गरिदिन प्रहरी र मानवअधिकारकर्मीसंग अनुरोध गरेका अधिकारकर्मी विदुर खड्काले बताउनुभयो  ।
मोहितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिमरा र महिला सेलको टोलीले रुपाको माइतीघरमा बुधबार छापा मारेको थियो ।

No comments:

Post a Comment