Wednesday, December 19, 2012

बिग्रिएका कोरियन केटाले मात्र गरिब देशका केटी बिहे गर्छन्

३६ वर्ष अघि लम्जुङमा जन्मिएकी जुनु गुरुङ कोरियामा रहेका नेपाली महिलाहरुको संस्था ”प्रवासी महिलाहरुका लागि महिला” को अध्यÔमा हालै चुनिएकी छिन् । नेपालमा रहूदा पनि महिलासंग सम्बन्धित विभिन्न संस्थामा रहेर काम गरेकी गुरुङ बिगत ६ वर्षदेखि ब्याबसाय गरी रहेकी छिन । बैबाहिक भिसामा कोरिया आएका प्रवासी महिलाहरु चरम घरेलु हिंसामा रहेको उनको अनुभव छ । यसै सिलसिलामा यहा कार्यरत नेपाली महिलाहरुको स्थितिबारे देवेन्द्र सम्बाहाम्फेले गरेको कुराकानी

१.माइग्रेन्ट वोमन फर वोमन(प्रवासी महिलाका लागि महिला)को अध्यक्ष चुनिनु भएको छ कस्तो लागिरहेको छ ?

कोरियामा विभिन्न प्रकारका संस्थाहरु भए पनि नेपाली महिलाहरुका लागि काम गर्ने संस्था यो मात्र हो । बैबाहिक भिसा र कामदार भिसामा यहा आउनु भएका नेपाली दिदीबहिनीहरुको धेरै समस्याहरु रहेका छन् । यस्तो अवस्थामा पाएको यो जिम्मेवारीलाई मैले समाज सेवा गर्ने अवसर र चुनौतिको रुपमा सम्झेको छु ।

२ .यो कस्तो सस्था हो ? र के काम गर्छ ?

कोरियामा रहेका नेपाली महिलाहरुको साझा सामाजिक संस्था हो । यो संस्थाले बैबाहिक भिसामा आएर घरेलु हिंसामा परेका नेपाली महिलाहरुको उद्धारमा सहयोग गर्नका साथै बेरोजगार,दुर्घटना,मृत्यु जस्ता आपत बिपतमा परेका महिलाहरुलाई कानुनी सहयोग र परामर्श दिने काम गर्छ । विपतमा परेका महिलाहरुलाई बस्नको लागि सेल्टरको संचालन पनि गर्दै आएका छौ ।

३ . त्यसरी घरेलु हिंसामा परेका महिलाहरुको उद्धार गर्दा कसको सहयोग बढी लिनुहुन्छ?

घरेलु हिंसामा परेका छन् भनेर हामीलाई खबर गर्ने व्यक्ति वा निकायबाट नै सकेसम्म हामी धेरै सहयोग लिने प्रयास गर्छौ त्यसपछि नेपाली दूताबास र अन्य संस्था तथा बुद्धिजीबिहरुको सहयोग लिने गरेको छौं ।

४ तपाई यहाू के गर्दै हुनुहुन्छ?

म ब्यबसाय गर्छु । बाूकी समयमा अन्य संस्थाहरुसंग हातेमालो र सहकार्य गर्दै विभिन्न कार्यक्रमहरु गरेर आथिर्क रुपमा यो संस्थालाई बलियो बनाउने प्रयास गर्दै छु ।

५ कस्ता कार्यक्रमहरु संचालन गर्नु भएको छ ?

नेपाली चाडपर्व दशैू,तिहार,नारी दिवस तीज जस्ता पर्वहरुमा कार्यक्रम आयोजना गरि आथिर्क संकलन गरेका छौ । यो संस्थालाई आर्थिकरुपमा अझ बलियो बनाउन आगामी दिनमा नेपालबाट राष्ट्रिय स्तरका कलाकारहरु आमन्त्रण्ँ गरेर बृहद सास्कृतिक कार्यक्रम गर्ने योजनामा गरेको छु ।

६. व्यवसाय गर्न कोरिया नै किन आउनुभयो ?

व्यापार ब्यबसाय यहाू नै आउनुपर्छ भन्ने त होइन तर म भने संयोगले यहाू आइपुगे ।

७.कोरियामा नेपाली ब्यापारीहरुको कमाइ कस्तो हुन्छ?

गर्न सक्यो भने यहाू राम्रै हुन्छ ।

८.कोरियामा रहेका नेपाली महिलाहरुको स्थिति समग्रमा कस्तो छ त ?

बैबाहिक भिसामा आएका मध्ये ९० प्रतिशत र इपीएसबाट कामदार भिसामा आएका ७० प्रतिशत दिदीबहिनीहरु दुः खमा छन् । अझ कृÈि भिसामा आएकाहरुको दुख व्यथा भनि साध्य छैन । सुखी भनिएकाहरुको पनि सुख मात्र हो । उनीहरु पनि मानसिक रुपले दुखि नै छन् ।

९. कामदारका रुपमा आएका महिलाहरुले कस्ता कस्ता कठिनाइहरु भोग्नुपर्छ ?

कामदारको रुपमा आएकाहरु मध्ये औद्योगीक उत्पादन Ôेत्रको तुलनामा कृÈि भिसामा आएकाहरुको काम गार्हो छ । त्यसमा पनि भाÈाको समस्या ,१२ घण्टा लगातार काम , कोरियन साहुहरुबाट हुने रुखो ब्यबहार ,समयमै कम्पनीहरुले तलब नदिनु जस्ता समस्याहरु रहेका छन् । यी कारण्ँहरुले गर्दा महिलाको स्थिति नाजुक छ ।

१० .बैबाहिक भिसामा आएका नेपाली महिलाहरुले दुख पाउनुको मुख्य कारण्ँ चाही के हो नि ?

बैबाहिक भिसामा आएका सबैले त नभनौ तर अधिकाश घरेलु हिूसामा रहेका छन् । त्यसको मुख्य कारण्ँ चाहि पहिलो घरबार बिग्रिएका कोरियन केटाहरुले गरिब देशका केटीहरु बिहे गरेका हुछन् । उनीहरु धेरै जाड रक्सी सेवन गर्ने ,झगडालु स्वभावको हुन्छन भने कति चाही दुर्गम Ôेत्रका अपाङग,सुस्त मनस्थितिका र दुब्र्यसन कुलतमा फसेका पनि हुन्छन । आङ्खनो श्रीमान त्यस्तो भएपछि महिलाहरुलाई दुख लाग्नु स्वाभाविक हो । उनिहरुले श्रीमानबाट सुखी ,सम्पन्न र समृद्ध परिवारको अपेÔा गरेका हुछन । सोचे जस्तो नभएपछि समस्या हुन्छ नै । श्रीमानसंग उमेरको धैरै भिन्नता हुनु पनि प्रमुख समस्या भएको छ । यस्ता अनेकौ समस्याका कारण केहि दिनअघिमात्र एक भियतनामी महिलाले अपार्टमेन्टमा १८ तल्लाबाट आफनो छोरा र छोरीसंगै हाम्फालेर आत्माहत्या गरेका थिए । यहाूको भाÈा, सस्कृति, परम्परासंग मेल खान पनि एकदमै गार्हो छ भने बिदेशी नारीहरुको हक हितको आवाज उठाई दिने भरपर्दो संस्था पनि छैनन् । सम्पन्न र राम्रो परिवारको कोरियन पुरुÈले गरिब मुलुकको केटीहरु बिहे गर्दैनन् ।

अर्कोतिर पेपर म्यारिजमा आएका दिदीबहिनीहरुले चाही नेपालबाट आउदै पैसा धेरै तिरेर आएका हुन्छन र यहाू आएपछि अबैधानिक हुन् बाध्य हुन्छन । अबैधानिक भएपछि सोचे जस्तो काम पाउन गार्हो पनि छ । आउूदा लागेको ऋण्ँ नै नतिरी पनि कति पक्राउ पर्ने गरेका छन् । पैसा कमाउने हिसाबले केहि समय कोरियन पुरुÈसंग बस्ने अनि भागेर काम गर्ने उद्धेश्यले आएका दिदीबहिनीले झन दुःख पाएका छन् ।

११. त्यस्ता पीडित नेपाली महिलाहरु अहिले तपाइको सम्पर्क र सेल्टरमा कति छन् ?

संख्याको हिसाबले धेरै छन् । सेल्टरमा दैनिक ५,६ जना आउने जाने क्रम भइरहन्छ ।

१२. सेल्टर संचालनको खर्च कसरि जुटाउनु भएको छ त ?

सेल्टर संचालनका लागि अहिले महिनामा ४ लाख वन(३० हजार µपैयाू) जति खर्च हुन्छ । यस्को ७० प्रतिशत सोलको ”हाना ह्वी” नामक चर्चले सहयोग गर्दै आएको छ । बाूकी ३० प्रतिशत विभिन्न व्यक्ति र संस्थाहरुको सहयोगबाट पूर्ति गर्दै आएका छौं ।

१३. बैबाहिक रुपमा नेपाली महिला कोरिया आउने प्रथालाई कसरि रोक्न सकिन्छ?

यहाू आएर दुःख पाएका नेपाली महिलाहरुको बारे तपाूईहरुले बारम्बार संचार मध्यममा लेखिरहनु भएको छ । यति हुूदाहुूदै पनि दलालहरुको विभिन्न प्रलोभनमा परेर वा सुखी महलमा बस्ने सपना साूचेर नेपाली दिदिबहिनीहरुले हाम्फाल्ने गरेका छन् । यो उहाूहरुको कमजोरीहरु हो । कतिले आमा बुबा परिवारलाईसम्म ढाटेर यहाू आएका पनि पाएको छु । यसमा म्यारिज ब्युरोको भूमिका पनि प्रमुख रहेको छ । यस प्रथालाई रोक्न सरकारले गम्भीर कानुन बनाउनुपर्छ ।

१४.बैबाहिक भिसामा कोरिया आउन चाहने नेपाली महिलाहरुलाई के भन्न चाहनु हुन्छ?

उहाूहरुलाई के भन्न चाहन्छु भने दलालको प्रलोभनमा नपरी यहाूको वास्तविकता इन्टरनेट र पत्रपत्रिका वा यहाू रहेका आफन्तहरु मार्फत बुझेर मात्र निणर््ँय गर्न आग्रह गर्दछु ।

3 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. के गर्नु पैसा भने पक्षि र त्येहि पनि कोरिया भने पक्षि नेपालि केटि र जिबन बलिदान दिन्छन्।।।

    ReplyDelete
  3. के गर्नु पैसा भने पक्षि र त्येहि पनि कोरिया भने पक्षि नेपालि केटि र जिबन बलिदान दिन्छन्।।।

    ReplyDelete