Monday, December 31, 2012

जोन मेयरसंग विवाह गर्न सक्छिन केटी पेरी

जोन मेयरसंग विवाह गर्न सक्छिन केटी पेरी
जोन मेयरसंग विवाह गर्न सक्छिन केटी पेरी
लण्डन, पुस १७, हलिउडकी प्रसिद्ध गायिका केटी पेरी एक पटक फेरी छिट्टैनै बिबाहको बन्धनमा बाँधिन सक्छिन् । बताइए अनुसार उनले छिटैनै आफ्ना ब्याइफ्रेन्ड जोन मेयरका साथमा बिबाह गर्नेछिन् ।

शोबिज स्पाई को एक समाचारमा सूत्रहरूलाइ उद्धृत गर्दै बताइए अनुसार, हालै मात्र ब्रिटेनका हास्य कलाकार रसेल ब्राण्डसंग सम्बन्ध विच्छेद गरेकी पेरीलाइ मेयरले बिबाहका लागी प्रस्ताव राख्नेछन, किनभने उनी घर बसाउनका लागी निकै उत्सुक रहेका छन् ।

सूत्रहरूले बताए अनुसार अहिले जोन पूर्ण रूपमा केटी प्रति लट्टु भएका छन् । उनीहरू दुबै एक अर्कालाइ मन पराउँदछन् । एक अर्काप्रति उनीहरू दुबै उपयुक्त पनि छन् । उनीहरू विवाहपछि संगीत, लेखन र यात्राका बारेमा पनि कुरा गर्न सक्दछन् ।

एक सूत्रले बताए अनुसार जोनलाइ केटीको स्वभाव निकै मन पर्दछ ।

No comments:

Post a Comment