Wednesday, December 12, 2012

जहाँ बलात्कारपछि मात्र बिहेको बाटो खुल्छ !

जहाँ बलात्कारपछि मात्र बिहेको बाटो खुल्छ ! आफुलाई मन परेको केटीलाई पहिले अपहरण गर्नु र त्यसपछि बलात्कार । सुन्दै आङ जिरिङ हुने यस्तो अपराध कुनै देशमा परम्पराका नाममा कानुनीरुपमा मान्यताप्राप्त छ भन्ने सुन्दा तपाईलाई पत्यार लाग्छ ? तर, किर्गिस्तान नामको मुलुकमा अहिले पनि यस्तो परम्परा कानुनमाथि माथि छ । त्यहाँका सांसदहरु पछिल्ला दिनमा दशकौं पुरानो परम्परसँग जोडिएको मुद्दामा बहस गरिरहेका छन् । तर, अब सरकार यसलाई गम्भीर अपराधको श्रेणीमा राख्ने तयारीमा छ । यस विधेयकमाथि संसददेखि सडकसम्म चर्को बहस र कित्ताकाट भइरहेको छ । केही परम्पराको रुपमा यसलाई जोगाउनु पर्ने पक्षमा देखिएका छन् भने केही यसलाई गम्भीर अपराध मान्छन् । किर्तिस्तानको प्रतिनिधिसभाका अनुसार देशभर हरेक वर्ष करिव ८ हजार युवती अपहरण गरी विवाहका लागि लगिन्छ । तीमध्ये अधिकांश महिलाका लागि पहिलो रात बलात्कारको रात हुन्छ । त्यसपछि उनीहरु बलात्कार गर्ने युवकसँगै विवाह गर्न तयार हुन्छन् । किनकी बलात्कारीसँग विवाह नगर्ने हो भने बलात्कृतको रुपमा उनीहरुमाथि ठूलो कलंक लाग्नेछ । यस्ता युवतीहरुसँग कोही पनि विवाह गर्न मान्दैनन् । पछिल्लो समय महिलाहरुले क्याम्पियन १५५ नामको अभियान नै चलाएका छन् । युवति अपहरण गरी विवाह गर्ने परम्पराको विरोधमा जुटेको स्थानीय महिला सहायता केन्द्र डब्ल्यूएससीका अनुसार विवाहका लागि हरेक वर्ष १२ हजार युवती अपहरणमा पर्छन् । अपहरणमा पर्ने युवतीहरु अधिकांश गरीब परिवार र ग्रामिण भेगका हुन्छन् । यस केन्द्रसँग जोडिएकी जाबिला मेतेवेवाकी बहिनी कोलपोन पनि विवाहका लागि अपहरणमा परिन् । उनको श्रीमानले उनलाई निकै कुटपिट गर्थे । एक दशकसम्म सहिन तर, अति भएपछि उनले छोडपत्र मागिन् । छोडपत्र मागेकै कारण उनको श्रीमानले हत्या गरे । उनी अहिले १९ वर्षको जेल सजाय भोगिरहेका छन् । किर्तिस्तानको विद्यमान कानुन अनुसार इच्छा विपरित जवर्जस्ती विवाह गरे जरिवानाका साथ अधिकतम ३ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । नयाँ प्रस्तावित विधेयकमा यसलाई बढाएर ७ वर्ष राखिएको छ ।

No comments:

Post a Comment