Sunday, December 23, 2012

पोखराको थकाली होटलमा बम फेला

पोखरा,पुष ८ । पोखराको लेकसाइडमा रहेको काठमाडौं थकाली भोजन गृहमा आइतबार बिहान बम भेटिएको छ । नचिनेका मान्छेको समूहले भोजन गृहका सञ्चालक मनोज श्रेष्ठलाई फोन गरेर होटलभित्र बम भएको जानकारी गराएका थिए । नेपाली सेनाले होटलमा बम नै भएको पुष्टि गरेको थियो । सेतो प्लाष्टिकभित्र बेरेर राखिएको अवस्थामा घरेलु सामग्रीबाट बनाइएको बम नेपाली सेना र प्रहरीको प्रयासमा निष्क्रिय पारिएको कास्कीका प्रहरीले जनाएको छ । होटलमा बम कसले र किन राखेको हो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment