Friday, December 14, 2012

पाँच दिनमा पनि सहमति हुँदैन : यादव



पाँच दिनमा पनि सहमति हुँदैन : यादव
२९ मंसिर, विराटनगर । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले दिएको पाँच दिनको समयसीमाभित्र पनि दलहरुवीच सहमति जुट्न नसक्ने दावस् गर्नु भएको छ । उहाँले प्रमुख दलहरुवीच नै सरकार गठनका विषयमा आआफ्नै अडानमा रहेकाले राष्ट्रपति डा रामवरण यादवले चौथो पटक दिएको समयावधिमा सहमति नहुने वताउनु भएको हो ।
शुक्रवार मोरङको विराटनगरमा पत्रकारहरुसंग कुराकानी गर्दै राष्ट्रपतिले दिएको तीन पटक दिएको समयसीमामा पनि सहमति नजुटेकाले पछिल्लो पाँचदिनमा सहमति हुनेमा आशंका व्यक्त गर्नु भयो । यादवले यो समयाधिमा पनि दलहरुवीच सहमति नजुटे राष्ट्रपतिले अब सहमतिका लागि समयसीमा तोक्न नहुने बताउनुभयो ।
यादवले जनआन्दोलन तथा मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई राजनीतिक दलहरुले संस्थागत गर्न छाडेर सत्ता हत्याउने होडबाजीमा लागेको आरोप लगाउनुभयो । यादवले अब राष्ट्रपतिले दलहरुलाई सहमतिमा ल्याउन कडा कदम चाल्नु पर्ने वताउनुभयो ।

No comments:

Post a Comment