Sunday, December 30, 2012

एउटालाई समातेपछि अर्कोलाई बिर्सन्छन् आर्यन


एउटालाई समातेपछि अर्कोलाई बिर्सन्छन् आर्यन
नायक आर्यन सिग्देलका बारेमा राम्रा भन्दा नराम्रा टिप्पणी बजारमा धेरै आउने गर्छन् । प्राय एक्लै बस्न रुचाउने आर्यनका साथी पनि सिमित मात्र छन् । सिनेमाको छायांकन भन्दा अन्य समय एक्लै बस्ने र रमाउने आर्यनको बानीका कारण पनि उनका साथीसंगत कम भएका हुन् ।आर्यनलाई नयाँ साथी पाउने बित्तिकै पुरानालाई चटक्कै बिर्सन्छन् भन्ने आरोप समेत लाग्ने गरेको छ । उनको यही बानीका कारण उनका साथीहरु टाढा भएको देखिन्छ । चलचित्र क्षेत्रमा प्रवेश गर्नु अघि निर्देशक सुदर्शन थापा नजिक रहेका आर्यन अहिले नयाँ क्याम्पको हिरो बनेका छन् । सुदर्शन थापालाई उनले चटक्क बिर्सिएको चर्चा बजारमा समेत चल्ने गरेको छ । सिनेमा क्षेत्रमा प्रवेश गर्दा रेखा थापा र छविराज ओझा निकट मानिएका आर्यन अहिले उनीहरुसँग पानी बारबारको अवस्थामा छन् । रेखासँग टाढिएर सुदर्शनको क्याम्पमा प्रवेश गरेका उनी अधिकांश समय उनीसँग नै हुन्थे ।

तर आज सुदर्शन र आर्यन एकअर्काको आइनोसाइनो नै गर्दैनन् । सुदर्शनसँग टाढिएपछि आर्यन निर्माता तथा कलाकार कल्याण घिमिरेको नजिक भएका छन् । कल्याण र आर्यन अहिले अधिकांश समय सगै हुन्छन् । यतिमात्र होइन आर्यन कल्याणको गाडी नै लिएर हिड्ने गर्छन् । थानकोट घर भएपनि महाराजगञ्जमा बस्दै आएका आर्यनको वरपर कल्याण नै घुमिरहेको देख्न सकिन्छ । आर्यनले कल्याण घिमिरेले निर्देशन गरेको चलचित्र ‘महशुश’ मा अभिनय पनि गरिसकेका छन् ।

कल्याण घिमिरेसँग दोस्ती गासेका आर्यनले आफ्नो पुरानो साथी सुदर्शनलाई भने चटक्कै बिर्सिएका छन् । उनको कल्याणसँगको दोस्ती कहिलेसम्म जाने हो अड्कल काट्न गाह्रो छ । तर एउटालाई समातेपछि अर्कालाई छोड्ने आर्यनको बानीले उनलाई सिनेमा क्षेत्रमा लामो रेशसम्म हिड्न गाह्रो हुने धेरैको विश्लेषण छ ।

No comments:

Post a Comment