Saturday, December 22, 2012

एमाओवादी इन्चार्ज सहित ८२ जनाले पार्टी त्यागेको घोषणा

झापा, पुष ८ । एकीकृत माओवादीको दमक १४ वार्ड कमिटीका इन्चार्ज राजेन्द्र दियाली सहित ८२ जनाले पाटी त्यागेको घोषणा गरेका छन् । शनिवार सेक्रेटरी शंकर चापागाई सहितले बिज्ञप्ती जारी गरेर पाटी परित्याग गरेको जनाएका हुन् । जनताको बलिदानीबाट प्राप्त भएको उपलब्धीलाई एमाओवादीका नेताहरुले निजी स्वार्थमा प्रयोग गरेको, इमान्दार र पुराना कार्यकर्तालाई पाखा पार्दै लगिएकोले पार्टीमा बसिरहनुको कुनै औचित्य नरहेको बिज्ञप्तीमा जनाइएको छ । आफूहरु स्वतन्त्र कम्यूनिष्टको रुपमा रहँदै आफ्नो निजी व्यवसाय गरेर जीवन गुजारा गर्ने विज्ञप्तीमा जनाइएको छ । नेताले कार्यकर्तालाई प्रयोग मात्र गर्ने प्रवृत्ति बढेकोले यस्तो पार्टीमा बसिरहनुको औचित्य नभएकोले पार्टि परित्याग गरेको दियालीले बताउनुभयो ।

No comments:

Post a Comment