Saturday, December 29, 2012

सौराहामा हात्ती सुन्दरी प्रतियोगिता, सुन्दरी हात्तीले गरिन् क्याटवाक


सौराहामा हात्ती सुन्दरी प्रतियोगिता, सुन्दरी हात्तीले गरिन् क्याटवाक
चितवनको सौराहामा शुक्रबार हात्ती सुन्दरी प्रतियोगितामा चितवन हात्ती महोत्सव अन्तर्गत संचालन भएको थियो । युवतीहरु र्‍याम्पमा उत्रँदा जति रौनकता छरिन्थ्यो । त्यो भन्दा बढी रौनकता आज यहाँ भएको हात्ती सुन्दरी प्रतियोगिताको फाइनलमा देखियो। मानिसले झै जनावरले सिकाए सिक्न सक्छ भन्ने प्रमाण हात्ती सुन्दरीहरुले दिलाइदिए। उनीहरुले आफ्ना निखारिएको सुन्दरता मात्र प्रस्तुत गरेनन्। सभ्य मानिसले गर्ने व्यवहारलाई पनि सहजै देखाइदिए। बाघमारा चौरको हरियो दुबोको कार्पेटमा तीन सुन्दरी हात्तीले क्याटवाक गर्दा दर्शकहरुको वाहावाहीले सौराहा नै गुन्जायमान बन्यो। नेपालीमात्र हैन विभिन्न देशबाट सौराहा घुम्न आएका पर्यटकहरुले पनि हात्ती सुन्दरी प्रतिस्पर्धालाई ‘वाउ फेन्टास्टिक’ भनेर प्रशंसा गरे।
<iframe width="560" height="315" src="http://www.youtube.com/embed/Z1EQTtYmhT0" frameborder="0" allowfullscreen></iframe>

No comments:

Post a Comment