Sunday, December 30, 2012

माछा ब्यापारीको गीत अर्को ‘गङनम स्टाइल’ बन्दै

माछा ब्यापारीको गीत अर्को ‘गङनम स्टाइल’ बन्दै
=========================

कोरियाली गायक साईको गङनम स्टाइलले युट्युवमा रेकर्ड ब्रेक गरेलगत्तै एक पाकिस्तानी माछा ब्यापारीको गीतले युट्युवमा तहल्का मच्चाएको छ ।
पाकिस्तानबाट रोजीरोटीको खोजीमा लण्डन पुगेका साहिद नजिरले माछा बेच्न गाएको गीतले अहिले युट्युवमा ९४ लाखले हेरिसकेका छन् । भिडियो डिसेम्बर १० तारिखमा अपलोड गरिएको हो ।
‘कम अ लेडिज, कम लेडिज वान पाउण्ड फिस’ भन्दै पसलमा ग्राहक बोलाउने गीतको ओर्जिनल भर्सन सुन्दा हाम्रो रत्नमपार्कमा लौ आयो सस्तो सस्तो २० रुपैयाँ मोजा, सय रुपैयाँमा पाइन्छ भनेजस्तै सुनिन्छ । उनले माछा सस्तो र राम्रो भएको बखान गर्दै एकपटक हेर्न महिला ग्राहकहरुलाई आग्रह गर्छन् ।
एकदिन यसैगरि गीत गाएर ग्राहक बोलाइरहेका बेला कोलिन मिलरले यो गीत रेकर्ड गर्छन र युट्युवमा अपलोड गर्छन् । यो गीतले चर्चा पाएसँगै उनका दिन पनि फेरिन थाल्छन् । चार सन्तान र एक श्रीमतीको भबिष्य खोज्दै लण्डनमा संर्घष गरिरहेका यी सामान्य मानिस एकाएक सेलिब्रीटी हुन्छन् । उनले यही गीत गाउँदै रियालीटी सो एक्स फ्याक्टरमा पनि अडिसन दिन्छन् । तर खासै माथि उक्लिन सक्दैनन् ।

सेलिब्रिटी बनेका साहिदलाई हालै पाकिस्तानमा स्वागत गरिँदै
तर युट्युवको लोकप्रियताबाट हौसियाका साहिदले यो गीतलाई पुन रेकर्ड गर्दै नयाँ आर्कषक भिडियो बनाउँछन् । नयाँ भिडियो युट्युवमा अपलोड गरेपछि भने उनी साँच्चै सेलिबि्रटी भएका छन् । धेरैले यो गीतलाई गङनम स्टाइलसँग तुलना गरेका छन् । युट्युवले निकै छिटो यो भिडियो टप २० पर्ने प्रक्षेपण गरेको छ ।

No comments:

Post a Comment