Monday, December 31, 2012

खै किन चुलबुले भए अरुणिमा र निता ? (फोटो फिचरसहित)




खै किन चुलबुले भए अरुणिमा र निता ? (फोटो फिचरसहित)
छोरीलाई जन्म दिएको ३ महिनामै सार्वजनिक कार्यक्रममा देखिएकी नायिका अरुणिमा लम्साल पुनः पर्दामा देखिने तयारी गर्दैछिन् । उनले अभिनय गरेको चलचित्र ‘उर्बशी’ को छायांकन सकिएको छ । मनिष पन्थको निर्देशनमा तयार भएको यो सिनेमामा लम्साल आधुनिक युवतीको भुमिकामा देखिदै छिन् ।

यस्तै चलचित्रमा अरुणिमासँगै नायिका निता ढुंगानाको समेत अभिनय हेर्न सकिन्छ । चलचित्रमा निता चुलबुले युवतीको भुमिकामा देखिदैछिन् । चलचित्रमा यि दुइका अलवा किशोर खतिवडा, मुकेश आचार्य लगायतका कलाकारको अभिनय छ । चलचित्रको सम्पादन समेत अन्तिम चरणमा पुगेको जानकारी निर्देशक पन्थले अनलाइनखबरलाई गराएका छन् । मनिष हाल चलचित्र ‘डिभोर्स’को छायांकनमा व्यस्त छन् । चलचित्रको शिर्ष भुमिकामा देखिएकी निता ढुंगाना र नायिका अरुणिमा लम्सालका केही तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।

No comments:

Post a Comment