Thursday, December 27, 2012

मिनी स्कर्ट नलगाउन युवतीहरुलाई राजाको उर्दी

मिनी स्कर्ट नलगाउन युवतीहरुलाई राजाको उर्दी नेपाल र भारतमा अहिले बलात्कार काण्ड खुबै चर्किरहेको छ । बलात्कारीलाई कडा सजायँ गर्नुपर्ने माग उठिरहेको छ । यहीँ बेलामा स्वाजिल्याण्ड भन्ने देशका राजाले भने बलात्कार रोक्न भन्दै अचम्म लाग्दो नयाँ कानून पारित गरेका छन् । उक्त कानून अनुसार अब त्यस देशका महिलाहरुले मिनी स्कर्ट तथा अरु छोटा वस्त्र लगाउन पाउने छैनन् । र यो कानूनको उल्लंघन गर्नेलाई ६ महिनासम्मको जेल सजाय हुनेछ । तरुनीहरुले मिनिस्कर्ट लगायतका छोटा कपडा लगाउँदा बलात्कारका घटना बढेको दाबी त्यहाँका राजाको छ । विडम्बनाको कुरा त के भने आफ्नो दैनिक जिवनमा मिनीस्कर्ट लगाउन युवतीहरुलाई प्रतिबन्ध लागेपनि राजाको लागि देखाइने अर्धनग्न नाचमा भने मज्जाले मिनीस्कर्ट र छोटा कपडा लगाउन पाइनेछ । स्मरण रहोस् स्वाजिल्याण्डमा वर्षेनी राजाको लागि देशभरका युवतीहरुले दरबार अगाडि जम्मा भएर टपलेस नाच देखाउने परम्परा छ । छातिको भाग सबै छोप्ने तल्लो भागमा पिँडौलासम्म ढाकिने कपडा अब युवतीहरुले लगाउनुपर्नेछ । स्मरण रहोस् युवतीहरुलाई मिनीस्कर्ट लगाउन नपाउने कानून बनाउने स्वाजिल्याण्डका राजाले १३ वटी स्वास्नी जम्मा गरेका छन् । स्वाजिल्याण्डका दुइ तिहाइ युवती यौन उत्पिडनको सिकार हुने गरेका बताइएको छ ।

No comments:

Post a Comment