Wednesday, December 26, 2012

सलमानले बिहे नगर्नुको कारण खुल्यो, कटि्रना पत्नी बन्न उत्तम

नायिका कटि्रना कैफ र सलमान खानले विवाह गरेको खण्डमा उनका फ्यानहरु खुशी हुने देखिएको छ । एक सर्वेक्षणका अनुसार कटि्रना सलमानका लागि उपयुक्त जीवनसंगीनी हुने देखिएको हो । करिब २१ हजार मानिसमाझ गरिएको सर्वेक्षणमा ६९.८४ प्रतिशतले कटि्रना र सलमानले बिहे गर्दा राम्रो हुने बताएका छन् । आजसम्म पनि अविवाहित नै रहेका सलमान र कटि्रना केही समय अघिसम्म प्रेमसम्वन्धमा रमाएका थिए कटि्रनासँग  बिहे गर्न उपयुक्त हुने सर्वेक्षण आइरहेको  समयमा सलमानले बिहे नगर्नुको कारण खुलेको छ । केही बर्ष अघि बाटोको  पेटीमा सुतिरहेका ४ व्यक्तिलाई किचेर मारेको आरोपमा सलमानले जयपुर कोर्ट र मुम्बई कोर्टमा मुद्दा खेपिरहेका छन् । सलमान यि दुई कोर्टको फैसला कुरेर बसिरहेका छन् । अदालतको फैसला आउनसाथ बिहे गर्ने सलमान खानको भनाई छ ।

No comments:

Post a Comment