Thursday, December 27, 2012

सलमानले ४७ को भएपछि भने : उमेर ढल्केपछि जवान बन्न मेहनत कडा

 सलमानले ४७ को भएपछि भने : उमेर ढल्केपछि जवान बन्न मेहनत कडा
मुम्बई, पुस १२ (एजेन्सी) - आज २७ तारिखबाट बलिउड हिरो सलमान खान थप एक वर्ष बुढो भएका छन्। उमेर ढल्किँदै जाँदा पनि आफ्नो करिअरलाई अब्बल बनाइराखेका उनी लाखौंको मनमा सजिन्छन्। यिनै दभङ्ग हिरो सलमान खानले ढल्कदो उमेरमा आफूलाई फिट राख्‍न बढी मेहनत गर्नुपरेको स्वीकार्छन्। 'मैने प्यार किया फिल्ममा मैले जस्तो काम गरे त्यसको राम्रो तारिफ पाएँ तर अहिले त्यस्तो काम गरेर पुग्दैन,' उनले भने,
'त्यो मेरो सुरुवाती फिल्म थियो। त्यतिखेर ममा निर्दोषपना बढी नै थियो। अब म ४७ वर्षको भएँ। २२ वर्षे उमेरमा मैले गरेको कामभन्दा अब १० गुणा बढी राम्रो काम गर्नुपर्छ।'
उनले उमेर बढेपछि झन तन्नेरी देखिनुपर्ने वाध्यता रहेको स्वीकारे। 'जति उमेर बढ्छ त्यत्तिकै राम्रो देखिनुपर्छ,' उनले सुनाए।

No comments:

Post a Comment