Thursday, July 11, 2013

महिलाले कपाल नकाट्दा हमाललाई किन चिन्ता ?

महिलाले कपाल नकाट्दा हमाललाई किन चिन्ता ?


नायक राजेश हमाल र लामो कपाल पर्याबाची जस्तै छन् । राजेश हमाल भन्ने बित्तिकै लामो कपाल पनि जोडिएर आउछ । यसैले पनि होला हमाल आफ्नो कपाललाई निक्कै माया गर्छन् । सिने नगरीमा प्रवेश गरेदेखि नै हमालको कपालको चर्चा हुने गरेको छ । लामो कपाल पाल्ने जो कोही पनि राजेश हमालको जस्तो भनेर चर्चा गर्छन् । यसैले पनि चलचित्रमा प्रहरीको भूमिकामा देखिदा पनि हमालले कपाल काटेनन् ।तर छायांकनमा जान लागेको चलचित्र ‘हँसिया’का लागि कपाल काट्नु परेपछि हमाल खुशी थिएनन् । प्रहरी अधिकृतको भूमिकामा देखिन लागेका हमाल कपाल काट्दा भर्खरैको त देखिएका थिए तर पनि उनको मनमा कता कता पिडा महशुश भएको प्रष्ट झल्किन्थ्यो ।

चलचित्रमा राजेशसँगै काम गर्न लागेकी तेक्वान्दो खेलाडी हेमा श्रेष्ठको लामो कपाल देखेर हमालले भने, ‘हैन प्रहरी अधिकृतकै भूमिकामा देखिने महिलाले कपाल काट्नु नपर्ने पुरुषले चै किन काट्नु पर्ने होला ?’ हमालको यो प्रश्नले हेमा हाँसिन् मात्र केही भनिन् । तर पनि प्रहरीको भूमिकामा देखिन लागेका हमालले आफूले कपाल काट्नु परेको पिडा महिला सहकर्मीलाई पोखेका थिए । प्रहरी अधिकृतमा पुरुषले कपाल काटुन् पर्ने महिलाले नपर्ने प्रश्नको जवाफ नायक राजेश हमालले खोजिरहेका छन् ।

No comments:

Post a Comment