Wednesday, July 17, 2013

सेक्स गर्नु अगाडि यी कुराहरू नखानुस


सेक्स गर्नु अगाडि यी कुराहरू नखानुस



काठमाडौं,  संसारभरनै सेक्स भन्ने बिषय सधैं एक कौतुहलताको विषय बन्दै आएको छ । मानिसहरू सेक्स जीवन सुखमय बनाउने नाममा जानेर वा नजानिकन नै कतिपय ‘गलत’ तरिकाहरू रोज्न पुग्दछन, जसका कारण मानिसको जिवनमा यसले झनै नकारात्मक असर पुर्याउँदछ ।

मानिसहरूको राम्रो यौन जीवनका लागि खाद्य पदार्थले पनि निकै महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । जस्तै कुनै खाद्य पदार्थले मानिसको कामोत्तेजना बढाउँछन् भने केही तत्वहरु छन्, जसले मानिसको कामोत्तेजनालाइ नष्ट समेत गर्ने गर्दछन ।

मानिसहरूले खानामा प्रयोग गर्ने कतिपय खाद्य पदार्थहरूले यौन सम्बन्धको बेला विपरित प्रभाव समेत पुर्याउने गर्दछन ।

ती मध्ये केही खाद्य पदार्थहरूको बारेमा तल चर्चा गरिन्छ ।

अल्कोहलः मानिसहरूलाइ अल्कोहलको सेवनले शरीरको सेक्स हर्मोनमा नोक्सानी पुर्याउने गर्दछ । साथै यसले मानिसको कामोच्छा समेत घटाउँदछ । युनिभर्सिटी अफ वासिंगटनका अनुसन्धानकर्ताहरूले गरेको एक अनुसन्धान अनुसार अल्कोहलको धेरै प्रयोग गर्ने पुरुषमा टेस्टोस्टेरोन कम हुन्छ, जसका कारण मानिसको यौन जीवनमा नकारात्मक असर पुर्याउने गर्दछ ।

इनर्जी ड्रिङ्कः बजारमा पाइने बिभिन्न प्रकारका इनर्जी ड्रिंकले कामोत्तेजना बढाउँछ भन्ने भ्रममा मानिसहरू पर्ने गर्दछन । तर तपाइँ कहिल्यै नपर्नुस् । इनर्जी ड्रिंकको सेवनबाट मानिसले उर्जावान त भएको महशुस गर्छन् तर, यसमा बढी मात्रामा चिनीजन्य पदार्थ भएका कारण यसले मानिसहरूको शरीरमा ‘टेस्टोस्टेरोन’का स्तर घटाउँने गर्दछ । यसको सट्टामा बरू घरमै बनेको चिनीको मात्रा कम हुने फलफूलको जुस सेवन गर्दा उत्तम हुन्छ । जसले मानिसको इनर्जीलाइ कायम राख्न मद्दत पुर्‍याउँने गर्दछ ।

बट्टाबन्द खाद्य पदार्थः मानिसहरलाइ सेक्स अगाडि बट्टाभित्र ‘प्याकिङ’ भएको खाद्यपदार्थ सेवन गर्दा पनि नकारात्मक असर गर्न सक्ने देखिएको छ । यस प्रकारका खाद्यपदार्थमा हुने सोडियमले मानिसहरूको शरीरको पाचन क्षमतालाईनै हानी पुर्याएर यसले सेक्स हर्मोनलाइ समेत ह्रास गर्दछ ।

माउथ फ्रेसनरः त्यसैगरि वास्नादार चुईंगम वा ‘माउथ फ्रेशनर’ले मानिसको स्वासको गन्धलाइ हटाउन मद्दत गर्दछ  सेक्स अगाडि यसको सेवनले हानी पुर्‍याउन सक्ने देखिएको छ । यस प्रकारका चीजहरूले मानिसहरूमा अधिक मात्रामा अम्लियपना (एसिडिटी) बढाउने गर्दछ । बरू मानिसहरूले सेक्स अगाडि स्वासको गन्ध हटाउनका लागी वा कम गर्नका लागी हर्बल जन्य चियाहरू पिउँदा राम्रो हुन्छ ।

यस प्रकारको सावधानीहरू अपनाउन सकिएमा मानिसको सेक्स परर्फमेन्समा राम्रो सहयोग पुर्याउँदछ ।

 –एजेन्सी

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete