Thursday, July 18, 2013

नायिका कट्रिना कैफ गायब

नायिका कट्रिना कैफ गायब



हरेक वर्ष बलिउड नायिका कट्रिना कैफको लागि सलमान खानले पार्टी दिँदै आएका थिए । यसपटक भने कट्रिनाले रणवीर कपुरसँग जन्मदिन मनाइन् । सलमानसँग भने यति दूरी बढ्यो कि, कट्रिनालाई उनले बवर्थ डे विससमेत गरेनन् ।

मंगलबार २९ औं वर्ष टेकेकी कट्रिना सोमबार साँझदेखि नै रणवीरसँग थिइन् । स्रोतका अनुसार रणवीरले साँझ नौ बजे कट्रिनालाई बान्द्राबाट कारमा लिएर गएका थिए । यसपछि उनीहरू साउथ मुम्बईको एउटा होटलमा देखिए, जहाँ कट्रिनाका केही मिल्ने साथीहरू पनि थिए । बिहानीपख मात्रै रणवीरले कट्रिनालाई घरमा छाडिदिएका थिए । कट्रिनाका प्रवक्ताले भने ‘कुनै ठूलो पार्टीका लागि नभई केही मिल्ने साथीहरूसँग डिनरमा गएको’ खुलाएका छन् ।
कट्रिनाकै बर्थडेको अवसर भन्दै आमिर खानले आफ्नै घरमा आयोजित पार्टीबाट भने कट्रिना एकाएक गायब भएको हल्ला चल्यो । खासमा पार्टीचाहिँ आमिर खानकी पत्नी किरण रावको फिल्म ‘सिप अफ थिसियस’ को विशेष प्रदर्शनको सन्दर्भमा थियो, जहाँ करण जौहर, रानी मुखर्जी, कंगना रानाउत, प्रियंका चोपडा, सिद्धार्थ मल्होत्रा लगायत दर्जनौं सेलिबि्रटी थिए । फिल्म स्त्रिmनिङ सकिनेबित्तिकै यही माहौलमा आमिरले आफ्नो घरमा कटि्रनाको बर्थडे भन्दै ‘ह्याप्पी बर्थडे’ भने ।
सबै जना पार्टीमा झुम्न लागे । सेलिबि्रटीहरू घरभित्रको पार्टीमा थिए, बाहिर टीभी क्यामेरा र सञ्चारकर्मीहरूका लागि भिन्नै माहौल खडा गरिएको थियो । सञ्चारकर्मीहरूले कटि्रनाको खोजी गर्न थाले । तर आमिरले जसको नाममा पार्टी समर्पित भनेका थिए, सोही व्यक्ति एकैछिन पार्टीमा उभिएपछि गायब भइसकेकी थिइन् । कटि्रना पार्टीबाट तत्कालै रणवीरका साथ बाहिरिएकी थिइन् । उनीहरू कता गए ? अनेक अड्कलबाजी भए । केहीले भने पार्टीमा सलमानलाई पनि निम्तो दिइएको कारण कटि्रना-रणवीर फरार भएको अनुमान लगाए । स्रोत ©इकान्तिपुर

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete